काठमाडौं- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमालेका शीर्ष नेताहरुसँग छलफल गरेर विवादित विषयमा सहमति जुटाउने प्रयास गर्ने बताएका छन्।राजनीतिक समितिको संयोजकको हैसियतले विभिन्न नेताहरुसँग आज दिनभर अनौपचारिक छलफल गरेर सहमति जुटाउने प्रयास गर्ने दाहलले जानकारी दिए।
मंगलबार मात्रै लाजिम्पाटस्थित आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहलले कांग्रेसले प्रस्ताव गरेको ६ वा ७ प्रदेश अस्वीकार्य हुने भन्दै प्रदेशको संख्या कम्तीमा १० हुनुपर्ने बताएका थिए। उनले मंगलबार नै तीन दिनभित्र विवादित विषयमा सहमति हुने सम्भावना कम भएको समेत जानकारी गराएका थिए।
सहमतिको सम्भावना घट्दै गएका बेला उनले कांग्रेस नेता शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग सिंहदरबारमै छलफल गरेका हुन्।
तीन दलका शीर्ष नेताहरुको बैठक आज अपरान्ह बस्दैछ। त्यस्तै, अन्य नेताहरु पनि अनौपचारिक छलफलमा जुटेका छन्।