जंगे पिलर छेउमै उभिएर केन्द्रीय सदस्य घोषणा
१० मंसिर २०७८
•
१ मिनेट पाठ
जंगे पिलर छेउमै उभिएर केन्द्रीय सदस्य घोषणा
कांग्रेसका नव निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेपाल विद्यार्थी संघका पूर्व कार्यवाहक केन्द्रीय अध्यक्ष क्षितिज भण्डारीले नेपाल–भारत सीमा क्षेत्रको जंगे पिलर छेउमा उभिएर केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा गरेका छन्।




नेता भण्डारीले शुक्रबार नेपाल–भारत सीमा क्षेत्र रहेको गौरीफन्टा नाका नजिकैको जंगे पिलरलाई साक्षी राखेर आफूले राष्ट्र र राष्ट्रियताका पक्षमा सदैव उभिने भन्दै सीमा क्षेत्रबाटै केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका हुन्।

नेपाल–भारत सीमा छुट्याउने जंगे पिलरमै पत्रकार सम्मेलन गरेर उनले भने, ‘मलाई कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिले अमूल्य मत दिएर महाधिवेशन प्रतिनिधिमा विजयी गराएका छन्, उनीहरुको विश्वासलाई टुट्न नदिन मैले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको छु।’

आफूले केन्द्रीय सदस्यमा निर्वाचित भएपछि भिजन सहितको मिसन बोकेर पार्टीलाई ‘स्मार्ट कांग्रेस’ बनाउन नेतृत्वको अभियान चाल्ने उनले बताए। सीमामै गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेता भण्डारीले भने, ‘मैले सीमामै उभिएर केन्द्रीय सदस्य उम्मेदवारीको घोषणा गर्नुको कारण प्रवास जानेहरुको पीडा बुझेको र कोरोनाका बेला सीमामा नेपालीहरुले पाएको दुःख देखेका कारण यहीँ क्षेत्र रोजेको हुँ।’

सीमाबाटै केन्द्रीय सदस्यको घोषणा गरेर नेता भण्डारी कञ्चनपुर हुँदै देश दौडाहामा निस्केका छन्।
अर्को समाचार
कांग्रेस महाधिवेशन: खुला केन्द्रीय सदस्यमा कोइरालाको अग्रता कायमै
०४ पौष २०७८
•
१ मिनेट पाठ
कांग्रेस महाधिवेशन: खुला केन्द्रीय सदस्यमा कोइरालाको अग्रता कायमै
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना जारी छ। पछिल्लो परिणामअनुसार पूर्वमहामन्त्री डा.शशाङ्क कोइरालाले सर्वाधिक मतका साथ अग्रता लिइरहेको छ।




पछिल्लो परिणामअनुसार तीन हजार ५९५ मत गणना गरिँदा कोइरालाले दुई हजार ९४० मत प्राप्त गर्नुभएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। दोस्रो स्थानमा रहेका नारायणप्रकाश साउदले दुई हजार २६१, तेस्रो स्थानमा रहेका बालकृष्ण खाँणले दुई हजार २०७, चौथोमा रहेका उदयशम्शेर राणाले दुई हजार १६७ तथा पाँचौँ स्थानमा रहेका रामहरि खतिवडाले दुई हजार १४७ मत प्राप्त गरेका छन्।

यस्तै रमेश लेखकले दुई हजार १३१, ज्ञानेन्द्रबहादुर कार्कीले दुई हजार १२७, शङ्कर भण्डारीले दुई हजार ११२, जीपछिरिङ लामाले दुई हजार ३५, अर्जुननरसिंह केसी दुई हजार ३०, गोपालमान श्रेष्ठले एक हजार ९५२, जीतजङ्ग बस्नेतले एक हजार ९३९, नैनसिंह महर एक हजार ८८३, सुनिलबहादुर थापाले एक हजार ८८१ र डा रामशरण महतले एक हजार ८७५ मत प्राप्त गरेका छन्। उनीहरु क्रमशः छैटौँ, सातौँ, आठौँ, नवौँ, दशौँ, एघारौँ, बाह्रौँ, तेह्रौँ, चौथौँ र पन्ध्रौँ स्थानमा रहेका छन्।

यसैगरी मत परिणामअनुसार ३५औँ स्थानसम्म क्रमशः दिलेन्द्रप्रसाद बडू, मोहनबहादुर बस्नेत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दिपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल, राजिव ढुङ्गाना, सञ्जयकुमार गौतम, प्रा.डा.गोविन्दराज पोखरेल, दिनेश कोइराला, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, उमेशजङ्ग रायमाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, डा गोपाल दहित र  इन्जिनियर मोहन आचार्य रहेको समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए। खुला केन्द्रीय सदस्यमा कांग्रेसको विधानअनुसार ३५ जना सदस्यमा निर्वाचित हुने व्यवस्था छ।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
यो पनि पढौँ
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस