माघ ८ नसारी कार्यतालिका फेरिने
३० असोज २०७१
•
८ मिनेट पाठ
माघ ८ नसारी कार्यतालिका फेरिने
काठमाडौं-प्रमुख तीन दलका शीर्ष नेता संविधान जारी गर्ने म्याद (माघ ८, २०७१) नसार्ने गरी संविधान निर्माण कार्यतालिका परिवर्तन गर्न राजी देखिएका छन्।बिहीबार बेलुकी गोकर्ण रिसोर्टमा बसेको प्रमुख तीन दल शीर्ष नेता बैठकमा माघ ८ को डेडलाइन नचलाई आवश्यक परे कार्यतालिका परिवर्तन गरेर सहमतिमै संविधान जारी गर्ने निष्कर्षमा पुगेका हुन्। 
‘संविधान बनाउनु मुख्य कुरा हो,' संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले नागरिकसँग भने, ‘माघ ८ गतेको समयतालिका नचलाई आवश्यक पर्योक भने नियमावली परिवर्तन गर्ने विषयमा छलफल भयो, शुक्रबार बिहान थप छलफल गरेर सहमतिमा पुग्छौं।'
यसअघिको कार्यतालिका अनुसार असोज ३१ (शुक्रबार) सम्म संविधानको मस्यौदा तयार पारी कात्तिक १ गतेदेखि संविधानको मस्यौदा छलफलका लागि जनताकहाँ लैजानुपर्छ।
असोजभर सहमति कायम भए १/२ दिन तलमाथि परे पनि कार्यतालिका परिवर्तन गर्नु नपर्ने अडानमा रहेका नेताहरु असोज मसान्तसम्म पनि विवादित विषयमा सहमतिमा पुग्न नसकेपछि तालिका परिवर्तन गर्ने विकल्पनजिक पुगेका हुन्।
सबै विषयमा सहमति भए पनि कम्तीमा ३ साता मस्यौदा निर्माणका लागि समय चाहिने भएकाले कार्यतालिका परिवर्तन गर्नुपर्ने निर्णयमा प्रमुख दलका नेताहरु पुगेका हुन्। तर तीनवटै दलका नेताहरु माघ ८ लाई परिवर्तन गर्नुहुँदैन भन्ने पक्षमा देखिएको समिति सभापति भट्टराईले जनाए। 
त्यस विषयमा छलफल गर्न शुक्रबार बिहान ९ बजे प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेता बैठक बस्नेछ।
संविधानसभा सचिवालय सिँहदरबारमा बस्ने तीन दलको बैठकले संविधानसभा नियमावली परिवर्तन गर्ने विषयमा छलफल गर्ने भएको छ।
बिहान १० बजे अन्य दलका नेता र ११ बजे संवाद समितिको बैठकमा पनि यस विषयमा छलफल हुने भएको छ।
यसअघि बुधबार बिहान एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमालेका शीर्ष नेताहरुसँग गरेको छलफलमा पनि संविधानका अन्तर्वस्तुमा सहमति कायम हुन नसके कार्यतालिका परिवर्तन गर्ने विषयमा छलफल भएको थियो। 
कार्यतालिका परिवर्तन गर्नुपरे संविधानसभाको पूर्ण बैठकले नै निर्णय गर्नुपर्नेछ। संविधानसभाको बैठक आइतबारका लागि बोलाइएको छ। संवाद समितिले गर्ने निर्णयअनुसार नै प्रतिवेदन बुझाइने भएको छ।
त्यसमा कांग्रेस र एमालेका शीर्ष नेता समयतालिका परिवर्तन गर्न पनि तयार भएको स्रोतले जानकारी दियो। 
संविधानसभाले दोस्रोपटक दिएको समयसीमा सकिनै लाग्दा पनि संविधानका मुख्य विवादित विषयमा सहमति कायम हुन नसकेपछि के गर्ने भन्ने विषयमा छलफल गर्न संवाद समितिका सभापति भट्टराईले तीन दलका शीर्ष नेताको बैठक बोलाएका थिए।
संविधानसभाले राज्यको पुनःसंरचना र राज्य शक्तिको बाँडफाँड, शासकीय स्वरुप र न्याय प्रणालीको प्रतिवेदनमा देखिएको विवाद समाधान गर्न निर्देशन दिएको थियो। 
संविधानसभाले संवाद समितिलाई असोज ३० गतेसम्म संविधानका विवादित विषयमा सहमति कायम गर्न र सहमति कायम हुन नसके ३१ गते विवादित विषयमा प्रश्नावली बनाएर संविधानसभामा पेस गर्न भनेको थियो।
तर बिहीबारसम्म विवादित कुनै पनि विषयमा सहमति कायम हुन सकेको छैन। राज्यको पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीका विषयमा छलफल भए पनि कुनै विषयमा ठोस सहमति कायम हुन नसकेको भट्टराईले जानकारी दिए।
‘प्रश्नावली तयार पार्ने पनि जटिल काम हो,' भट्टराईले नागरिकसँग भने, ‘त्यसका लागि पनि दलहरुबीच धेरै निकटता र सहजताको माग गर्छ। त्यो बिन्दुमा अझै पुगेकै छैन। छलफल नै पुगेन।'
गोकर्ण रिसोर्टमा भएको छलफलमा संविधानका अन्तर्वस्तुसँगै एकअर्काबीचका आशंकाबारे पनि छलफल भएको थियो। त्यहाँ एमाओवादीले गरेको मोर्चाबन्दी, आन्दोलनका कार्यक्रम घोषणा र कांग्रेस–एमाले शीर्ष नेताका अभिव्यक्तिबारे छलफल भएको स्रोतले जनायो।
कांग्रेस–एमालेका नेताले एमाओवादीलाई संविधान निर्माणका बेला आन्दोलनका कार्यक्रम घोषणा गरेर सहमतिको वातावरण बिगारेको धारणा राखेको स्रोतको दाबी छ। ‘बैठकमा कुनै विषयमा सहमति कायम नभए पनि एकअर्काको मनोविज्ञान बुझ्न मद्दत गर्योन,' भट्टराईले भने।
बिहीबारको बैठकमा सहभागीले संघीयताबारे दलगत धारणा राखेका थिए। ‘विवादित विषयमा एकअर्काको अन्तिम धारणा बुझ्ने काम पनि भयो,' भट्टराईले भने, ‘शुक्रबार बिहानको छलफलपछि केही निकास निस्केला।'
संविधानसभा सचिवालय, सिंहदरबारमा बेलुकासम्म तीन दलका शीर्ष नेता बैठक बस्ने बताइए पनि बेलुकीपख उनीहरु गोकर्ण रिसोर्ट पुगेका थिए।
रातभर बैठक बसेर भए पनि सहमति कायम गर्ने प्रयासमा रहेका नेताहरुले पार्टीमा आन्तरिक छलफल गरी शुक्रबार बिहान बैठक गर्ने निष्कर्ष निकालेका हुन्। कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री कृष्ण सिटौला, एमालेका नेता अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधव कुमार नेपाल र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता भट्टराईलगायत नेता रिसोर्ट पुगेका थिए।
कांग्रेसमा संविधानका विवादित विषय मिलाउने जिम्मा नेता देउवा, उपसभापति रामचन्द्र पौडेल र महामन्त्री सिटौलालाई दिइएको छ। उपसभापति पौडेल भने एक कार्यक्रममा सहभागी हुन मकाउ पुगेका छन्।


अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस