झापा- थारु ल्याणकारिणी सभाको २१ औं महाधिवेशनले झापा विर्तामोडबाट २१ बुँदे घोषणा पत्र जारी गरेको छ। महाधिवेशनले २१ बुँदे घोषणा पत्र सर्वसम्मतले पारित गरेको छ। थारु कल्याणकारिणी सभाका पूर्वमहानमन्त्री एवं केन्द्रीय सचिवालय सदस्य राजकुमार लेखीलाई केन्द्रीय समितिले घोषणा पत्र तयारी समिति बनाएर जिम्मेवारि दिएको थियो।
आज बिहान ८ बजे सुरु भएको दोस्रो दिनको बन्द सत्रमा लेखीले २१ बुँदे घोषणा पत्र बन्द सत्रमा प्रस्तुत गरेका थिए।
घोषणा पत्र प्रस्तुतीपछि प्रतिनिधि/पर्यवेक्षकहरुले आ-आफ्ना सुझाव प्रस्तुत गरेका थिए। घोषणा पत्र पारित भएपछि अध्यक्ष चन्द्रकुमार चौधरीले केन्द्रीय कार्यमसति विघटन भएको घोषणा गर्दै नयाँ नेतृत्वका लागि निर्वाचन सम्बन्धि कार्यक्रम अगाडि बढाउन निर्वाचन अधिकृत बलदेव चौधरीलाई जिम्मा दिइएको छ।
घोषणा पत्रमा तराईमा बहुप्रदेश बन्नुपर्ने उल्लेख छ। पहाडजतिकै जनसंख्या तराईमा भएकाले पहाडजतिकै प्रदेश बन्नुपर्ने घोषणा पत्रमा लेखिएको छ। त्यस्तै थारु आन्दोलनमा भएका सहमति/सम्झौता कार्यन्वयन र सहादत प्राप्त गरेका परिवारलाई राहत उपलब्धन गराउन सरकारसँग माग गरिएको छ।
त्यस्तै थारु भाषाको शिक्षा, छात्रवृत्ति, कमलरी प्रथालगायतका मुद्दामा सरकार गम्भिर भएर लाग्न महाधिवेशनले माग गरेको घोषणा पत्रमा उल्लेख छ।