मलाई गुटले जिताएको होइन: सभापति खड्का
१२ मंसिर २०७८
•
२ मिनेट पाठ
मलाई गुटले जिताएको होइन: सभापति खड्का
नेपाली कांग्रेसका नवनिर्वाचित जिल्ला सभापति डम्बरबहादुर खड्काले पार्टीको कुनै गुटको सहयोगले नभई आफू मतदाताको रोजाइमा परेर निर्वाचित भएको बताएका छन्। उनले बाहिर चर्चा भएजस्तो संस्थापनइतर समूह र संस्थापनकै पनि अर्काे गुटले आफूलाई सहयोग नगरेको बताए।




‘बाहिर चर्चामा आएजस्तो मलाई अरू गुटले होइन, मतदाता (क्षेत्रीय प्रतिनिधि)ले चाहिँ सहयोग गरेका हुन्,’ उनले आइतबार पत्रकार सम्मेलन आयोजना गरी भने, ‘चर्चा भएअनुसार अरू गुटले सहयोग गरेको भए म ४ सयभन्दा बढी मतान्तरले जित्ने थिएँ, त्यसैले मलाई कसैको गुटले होइन, प्रतिनिधिले जिताएका हुन्।’

जिल्ला अधिवेशनको अघिल्लो दिनसम्म संस्थापनइतरका निवर्तमान सभापति हिमालय कर्माचार्य र भेषराज आचार्य तथा संस्थापनबाट पूर्वसभापति केशव थापा र खड्काले जिल्ला सभापतिमा उम्मेदवारी दिने चर्चा थियो। चारैजनाले वडा, पालिका, प्रदेश क्षेत्र र प्रतिनिधिसभा क्षेत्रमा आ–आफ्ना प्यानल बनाउँदै निर्वाचन लडाएका थिए।

तर, स्थानीय तहदेखि प्रतिनिधिसभा निर्वाचन क्षेत्रसम्मको अधिवेशनमा आफ्नो प्यानलको नतिजा अपेक्षाअनुसार नआएपछि कर्माचार्य र थापाले जिल्ला सभापतिमा उम्मेदवारी नै दिएनन्। सभापतिमा आचार्य र खड्कामात्रै प्रतिस्पर्धी भए। अधिवेशनको दिन बिहान सभापति कर्माचार्य र पूर्वसभापति थापाले खड्कालाई समर्थन गरे। र, आफ्नो प्यानलका अन्य पदाधिकारीका आकांक्षीलाई संस्थापनका खड्काकै प्यानलबाट उम्मेदवार बनाए।

यसो गर्दा आ–आफ्नै प्यानल रहेका सभापतिका ३ आकांक्षी एकापट्टि र संस्थापनइतर भेषराज आचार्य एक्लै अर्कापट्टि भए।

शुक्रबार सम्पन्न निर्वाचनमा तिनै सभापतिका आकांक्षीको प्यानलबाट खड्काले आचार्यलाई १ सय ६० मतान्तरले पराजित गरे। खड्काले ९ सय ३५ र आचार्यले ७ सय ७५ मत ल्याए। तर, दुुवै उपसभापति (खगेन्द्र देवान र विष्णु दाहाल) आचार्यकै प्यानलबाट विजयी भए। एक सचिव (पूर्ण गौतम) आचार्यकै प्यालनबाट विजयी भए भने अर्का सचिव (निरोज खड्गी) खड्काको प्यानलबाट विजयी बने। तर, खड्गी संस्थापनइतर हुन्।

सहसचिवमा खड्का प्यानलबाट डालाकुमारी कार्की र आचार्य प्यानलबाट देवेन्द्र सुुवेदी विजयी भए। सुवेदी पनि संस्थापनइतर हुन्।

सभापति खड्काले भने अब जिल्लामा पार्टीभित्र ४ गुट नभएको दाबी गरे। ‘मैले चुनाव जित्दैगर्दा ४ गुट २ मा झरेका छन्,’ उनले पत्रकार सम्मेलनमा भने, ‘बाँकी गुटलाई पनि एक बनाएर पार्टी बलियो बनाउने जिम्मा अब हाम्रो काँधमा आएको छ।’

उनले आफूू र पूर्वसभापति थापा चाहिँ फरक नभएको बताए। ‘म भन्नुु र केशव थापा भन्नु चाहिँ एउटै हो,’ उनले भने, ‘अब कसैलाई भेदभाव नगरी पार्टीलाई सशक्त र संगठित बनाएर लैजाने प्रतिबद्धता गर्छु।’

त्यसैक्रममा खड्काले इलाम सदरमुकाममा रहेको आफ्नो ५ आना जग्गा पार्टीको जिल्ला कार्यालयलाई प्रदान गरेको घोषणा गरे।खड्काले आफू जिल्ला सभापतिमा निर्वाचित भए कार्यालय भवन बनाउनेलगायतका प्रतिबद्धता उम्मेदवारी घोषणाकै दिन गरेका थिए।
अर्को समाचार
मलाई गुटले जिताएको होइनः सभापति खड्का
१४ मंसिर २०७८
•
२ मिनेट पाठ
मलाई गुटले जिताएको होइनः सभापति खड्का
नेपाली कांग्रेसका नवजिल्ला सभापति डम्बरबहादुर खड्काले पार्टीको कुनै गुटको सहयोगले नभई आफू मतदाताको रोजाइमा परेर निर्वाचित भएको बताएका छन्। उनले बाहिर चर्चा भएजस्तो संस्थापनइतर समूह र संस्थापनकै पनि अर्काे गुटले आफूलाई सहयोग नगरेको बताए।




‘बाहिर चर्चामा आएजस्तो मलाई अरू गुटले होइन, मतदाता (क्षेत्रीय प्रतिनिधि)ले चाहिँ सहयोग गरेका हुन्,’उनले आइतबार पत्रकार सम्मेलन आयोजना गरी भने, ‘चर्चा भएअनुसार अरू गुटले सहयोग गरेको भए म चार सयभन्दा बढी मतान्तरले जित्ने थिएँ,त्यसैले मलाई कसैको गुटले होइन, प्रतिनिधिले जिताएका हुन्।’

जिल्ला अधिवेशनको अघिल्लो दिनसम्म संस्थापनइतरका निवर्तमान सभापति हिमालय कर्माचार्य र भेषराज आचार्य तथा संस्थापनबाट पूर्वसभापति केशव थापा र खड्काले जिल्ला सभापतिमा उम्मेदवारी दिने चर्चा थियो। चारैजनाले वडा, पालिका, प्रदेश क्षेत्र र प्रतिनिधिसभा क्षेत्रमा आ–आफ्ना प्यानल बनाउँदै निर्वाचन लडाएका थिए।

तर, स्थानीय तहदेखि प्रतिनिधिसभा निर्वाचन क्षेत्रसम्मको अधिवेशनमा आफ्नो प्यानलको नतिजा अपेक्षाअनुसार नआएपछि कर्माचार्य र थापाले जिल्ला सभापतिमा उम्मेदवारी नै दिएनन्। सभापतिमा आचार्य र खड्कामात्रै प्रतिस्पर्धी भए।

अधिवेशनको दिन बिहान सभापति कर्माचार्य र पूर्वसभापति थापाले खड्कालाई समर्थन गरे। र,आफ्नो प्यानलका अन्य पदाधिकारीका आकांक्षीलाई संस्थापनका खड्काकै प्यानलबाट उम्मेदवार बनाए। यसो गर्दा आ–आफ्नै प्यानल रहेका सभापतिका तीन आकांक्षी एकापट्टि र संस्थापनइतर भेषराज आचार्य एक्लै अर्कापट्टि भए।

शुक्रबार सम्पन्न निर्वाचनमा तिनै सभापतिका आकांक्षीको प्यानलबाट खड्काले आचार्यलाई एक सय ६० मतान्तरले पराजित गरे। खड्काले नौ सय ३५ र आचार्यले ७ सय ७५ मत ल्याए। तर, दुुवै उपसभापति (खगेन्द्र देवान र विष्णु दाहाल)आचार्यकै प्यानलबाट विजयी भए। एक सचिव (पूर्ण गौतम) आचार्यकै प्यालनबाट विजयी भए भने अर्का सचिव (निरोज खड्गी) खड्काको प्यानलबाट विजयी बने। तर, खड्गी संस्थापनइतर हुन्। सहसचिवमा खड्का प्यानलबाट डालाकुमारी कार्की र आचार्य प्यानलबाट देवेन्द्र सुुवेदी विजयी भए। सुवेदी पनि संस्थापनइतर हुन्।

सभापति खड्काले भने अब जिल्लामा पार्टीभित्र चार गुट नभएको दाबी गरे। ‘मैले चुनाव जित्दैगर्दा चार गुट दुई मा झरेका छन्,’ उनले पत्रकार सम्मेलनमा भने, ‘बाँकी गुटलाई पनि एक बनाएर पार्टी बलियो बनाउने जिम्मा अब हाम्रो काँधमा आएको छ।’ उनले आफूू र पूर्वसभापति थापा चाहिँ फरक नभएको बताए। ‘म भन्नुु र केशव थापा भन्नु चाहिँ एउटै हो,’ उनले भने, ‘अब कसैलाई भेदभाव नगरी पार्टीलाई सशक्त र संगठित बनाएर लैजाने प्रतिबद्धता गर्छु।’

त्यसैक्रममा खड्काले इलाम सदरमुकाममा रहेको आफ्नो पाँच आना जग्गा पार्टीको जिल्ला कार्यालयलाई प्रदान गरेको घोषणा गरे। ‘अहिले यो जमिनको मूल्य करिब ९० लाख रूपैयाँ पर्छ,’ उनले भने, ‘थप केही रकम म सहयोग गर्छु,अरू दाताले पनि केही सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ, सहयोग संकलन गरी कार्यालय भवन निर्माण सुरु गरिनेछ।’ खड्काले आफू जिल्ला सभापतिमा निर्वाचित भए कार्यालय भवन बनाउनेलगायतका प्रतिबद्धता उम्मेदवारी घोषणाकै दिन गरेका थिए।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५२ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस