अमेरिकामा अवैध प्रवेश : वर्षदिनमा ४४८ नेपाली पक्राउ
०२ कार्तिक २०७१
•
७ मिनेट पाठ
अमेरिकामा अवैध प्रवेश : वर्षदिनमा ४४८ नेपाली पक्राउ
काठमाडौं- गैरकानुनी तरिकाले अमेरिका प्रवेश गरेको अभियोगमा पक्राउ पर्ने नेपालीको संख्या ह्वात्तै बढेको छ। युएस डिपार्टमेन्ट फर होमल्यान्ड सेक्युरिटीले सार्वजनिक गरेको अमेरिकी आर्थिक वर्ष (सन् २०१३ अक्टोबर १ देखि २०१४ सेप्टेम्बर ३० सम्म) को प्रतिवेदनअनुसार गैरकानुनी प्रवेश गर्दा पक्राउ पर्ने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा दोब्बर देखिएको छ।

'इमिग्रेसन् इन्फोर्समेन्ट एक्सन्स : २०१३' प्रतिवेदनअनुसार गएको एक वर्षमा अमेरिकामा ४ सय ४८ जना नेपाली पक्राउ परेका छन्, जबकि अघिल्लो वर्षमा यो संख्या मात्र २ सय ४८ रहेको थियो। अमेरिकामा यति ठूलो संख्यामा नेपाली यसअघि पक्राउ परेका थिएनन्। 
मानव तस्करहरूको प्रलोभनमा परी दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, मध्यपूर्व, ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका प्रवेश गर्ने क्रममा तथा गरिसकेपछि नेपालीहरू पक्राउ परेका हुन्। उनीहरूमध्ये अधिकांशलाई अमेरिकी सीमा सुरक्षा बलले पक्राउ गरेको हो। यसरी पक्राउ पर्नेमा सानो संख्या छोटो अवधिको भिसा लिई अमेरिकामा ओभर स्टे गर्ने पनि छन्। 
प्रतिवेदनअनुसार सन् २०१३ अक्टोबर १ देखि २०१४ सेप्टेम्बर ३० सम्म अमेरिकामा ६ लाख ६२ हजार ४ सय ८३ विदेशी पक्राउ परेका थिए। तीमध्ये सीमा सुरक्षा बलले मात्र ४ लाख २० हजार ७ सय ८९ जनालाई पक्राउ गरेको थियो। 
विदेशीमध्ये ९० प्रतिशत मेक्सिकोसँग जोडिएको अमेरिकाको दक्षिण–पश्चिम सीमाबाट पक्राउ परेका थिए जहाँबाट मानव तस्करहरूले नेपालीलाई पनि अवैध तरिकाले अमेरिका छिराउने गर्छन्। 
मानव तस्करले नेपालीसँग प्रतिव्यक्ति ४० देखि ४५ लाख रुपैयाँ लिई काठमाडौंबाट भारत (नयाँ दिल्ली), त्यहाँबाट थाइल्यान्ड (बैंकक), कम्बोडिया, भियतनाम, दुबई, ब्राजिल, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मोक्सिको हुँदै अमेरिका छिराउने गर्छन्। 
अमेरिकी सीमा सुरक्षा बलले सबैभन्दा बढी रियो ग्रान्डी भ्याली, टक्सन, लारेडो, स्यान डियागो र डेल रियोबाट अवैध तरिकाले प्रवेश गर्ने विदेशीलाई पक्राउ गरेको हो। सबैभन्दा बढी विदेशी पक्राउ परेका यी पाँच नाका दक्षिण–पश्चिम अमेरिकाको सीमा (मेक्सिकोसँग जोडिने) मा रहेका छन्। प्रतिवेदनअनुसार सन् २००४, २००५, २००६, २००७, २००८, २००९, २०१० र २०११ मा क्रमशः ६०, ३३, ४८, ४४, १ सय २, १ सय ४८, २ सय ३० र १ सय ८० नेपाली अमेरिकामा पक्राउ परेका थिए। 
प्रतिवेदनअनुसार अमेरिकाले सन् २०१३ मा ७७ जना नेपालीलाई सीमा नाकाबाटै फिर्ता गरेको थियो। अघिल्लो वर्ष अवैध तरिकाले अमेरिका प्रवेश गर्न खोज्नेमध्ये ६७ जना नेपालीलाई आफ्नो भूमिमा प्रवेश गर्न नदिई अमेरिकाले फिर्ता पठाएको थियो। 
सन् २०१३ मा अमेरिकाले आफ्नो भूमिमा प्रवेश नदिई स्वदेश फिर्ता गरेका २ लाख ४ हजार १ सय ८ विदेशीमध्ये ५० दशमलव ७ प्रतिशत स्थल र २५ दशमलव ३ प्रतिशत जल मार्ग हुँदै अमेरिकी सीमा पुगेका थिए। स्थल र जल मार्ग हुँदै अमेरिकी सीमा पुग्ने अधिकांश विदेशीलाई मानव तस्करले मेक्सिको हुँदै त्यहाँ पुर्यागउने गरेका हुन्। अमेरिकाले सन् २००८ मा १ सय २२, २००९ मा ६६, २०१० मा ६३ र २०११ मा १ सय ४ जना नेपालीलाई मेक्सिको सीमाबाट प्रवेशमा रोक लगाई स्वदेश फिर्ता पठाएको थियो। 
प्रतिवेदनमा अनुसार सन् २०१३ मा कुनै कानुनी आदेशबिनै २५ जना नेपालीलाई नेपाल फिर्ता पठाइएको थियो। अमेरिकाबाट डिपोर्ट (फिर्ता पठाइने) नेपालीको संख्या भने बिस्तारै घट्ने क्रममा रहेको देखिएको छ। त्यसरी फिर्ता पठाइएका नेपाली सन् २००९, २०१०, २०११ र २०१२ मा क्रमशः ५२, ४३, ६३ र ३६ जना थिए। 
सन् २०१३ मा कानुनी आदेशअनुसार अमेरिकाबाट डिपोर्ट गरिएका नेपालीको संख्या ३९ छ। तीमध्ये १२ जनामाथि आपराधिक क्रियाकलापमा संलग्न भएको आरोप छ। अघिल्लो वर्ष ३८ नेपालीलाई अमेरिकाले कानुनी आदेशका आधारमा नेपाल डिपोर्ट गरेको थियो। 
अमेरिकी होमल्यान्ड सेक्युरिटीको शरणार्थीसम्बन्धी वार्षिक प्रतिवेदनअनुसार सन् २०१३ मा अमेरिकामा शरणार्थीको 'स्टाटस' पाउने चौथो ठूलो राष्ट्र नेपाल भएको छ। सन् २०१३ मा ८ सय ५४ नेपालीलाई अमेरिकाले शरणार्थीको स्टाटस दिएको छ। यस्ता नेपाली सन् २०१२ मा ९ सय ७५, २०११ मा ७ सय ४० र २०१० मा ७ सय ५५ थिए। अवैध तरिकाले अमेरिका प्रवेश गर्नेहरू त्यहाँ छिर्नेबित्तिकै शरणार्थीको पहिचान माग्ने गर्छन्।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस