कांग्रेस कपिलवस्तुको जिल्ला सभापतिमा पौडेल पक्षका अब्दुल कलाम निर्वाचित भएका छन्। उनले संस्थापन पक्षका राजेश आचार्यालई १ सय ९ मतको फराकिलो अन्तरले पराजित गर्दै जिल्ला सभापति बनेका हुन्। कलामले ९ सय २८ र आचार्यले ८ सय १९ मत पाएका छन्।
जिल्ला कार्य समितिको निर्वाचन मंसिर १२ गते संपन्न भई सोमवार बिहान नतिजा आएको हो। कार्य समितिको ७ जना पदाधिकारी मध्ये ६ जना कलाम कै प्यानबाट चुनाव जितेका छन्। उप सभापतिहरुमा हुमाकान्त खनाल र रजत आचार्य, सचिवमा खोम बहादुर सिंह ठकुरी शक्ति सिंह र प्रेम बहादुर रायमाझी तथा सह सचिवमा बिरेन्द्र शुक्ला र मोहोम्द ओजी अर्सद बिजयी भएका छन्।ओजी आचार्य प्यानलका हुन्।
उता पालिकाबाट निर्वाचित हुने २६ सदस्यहरुमा २० कलाम र ६ आचार्य तथा समावेशीतर्फ १८ सदस्य मध्ये १५ कलाम र ३ आचार्य पक्षबाट निर्वाचित भएका छन्। आचार्यलाई संस्थापन पक्षका नेताहरु अभिषेक प्रताप शाह, बिरेन्द्र कनौडिया, दीर्घ नारायण पाण्डेय, दीप कुमार उपाध्यायसहित सुधाकर पाण्डेयले साथ दिएका थिए।
कलामलाई पार्टी सभापति सुरेन्द्र आचार्य, पार्टीको कन्द्रीय सदस्य अतहर कमाल मुसलमान, वैकल्पीक कन्द्रिय सदस्य राजेश सिंहको साथ थियो। जिल्लामा कुल १ हजार ८१६ मतदाता मध्ये १७ सय ६३ मत खसेको केन्द्रीय प्रतिनिधि घनश्याम पन्तले बताए।
तत्कालीन सिसवा गाबिसको अध्यक्ष हुँदै कलाम पार्टी उपसभापति २ पटक बनेका थिए। यस्तै कांग्रेसबाट उनी महाराजगन्ज नगरपालिकाको मेयरमा समेत निर्वाचित भएका हुन्। नव निर्वाचित जिल्ला सभापति कलामले सन्चारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिँदै जिल्लामा कायम रहेको गुटउपगुटलाई अन्त्य गर्ने बताए। उनले जिल्लामा कांग्रेसलाई अझ मजबुत गर्न पुराना नेताहरुलाई समेटेर अघि बढ्ने र हाईटेक कांग्रेस बनाउन आफू लागी पर्ने प्रतिबद्धता व्यक्त गरे।