मोरङ सभापतिमा दोस्रो चरणको निर्वाचन सुरू
१४ मंसिर २०७८
•
२ मिनेट पाठ
मोरङ सभापतिमा दोस्रो चरणको निर्वाचन सुरू
नेपाली कांग्रेस मोरङ सभापतिका उम्मेदवारलाई मतदान गर्न लाइन लागेका मतदाताहरू। तस्बिरः विनोद/नागरिक
नेपाली कांग्रेस मोरङ जिल्ला सभापतिको निर्वाचन सुरू भएको छ। मंगलबार १२ बजेदेखि जिल्ला सभापतिको निर्वाचन सुरू भएको हो।




निर्वाचनमा पहिलो चरणमा प्रथम र दोस्रो स्थान हासिल गर्ने डिगबहादुर लिम्बु र दिलीपकुमार गच्छदार चुनावी प्रतिश्पर्धामा उत्रिएका छन्। पहिलो चरणमा डिगबहादुर लिम्बु, दिलीपकुमार गच्छदार र यदु विष्ट चुनावी मैदानमा उत्रिएका थिए। पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन गरिएको हो। जसमध्ये यदुकुमार विष्ट सभापतिको दौडबाट बाहिरीसकेका छन्।

सभापतिको दौडबाट बाहिरिएपछि विष्टले सभापतिका उम्मेदवार दिलीपकुमार गच्छदारलाई सभापतिको निर्वाचनमा सघाउने घोषणा गरेका छन्। यदुकुमार विष्ट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन्।

यस्तै गच्छदारलाई सिटौला पक्षका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र प्रकाशमान सिंह पक्षका नेता राजु मास्केको पनि साथ रहेको छ।  केन्द्रीय सभापतिका दाबेदार डा शेखर कोइरालाको उमेदवार डिगबहादुर लिम्बुको विरुद्ध कोइरालाकै गृह जिल्लामा पौडेल, सिटौला र प्रकाशमान सिंह पक्षले घेराबन्दी गरेको छ। तर, पहिलो चरणको निर्वाचनमा दिलीप गच्छदारलाई धेरै मत अन्तरले पछि पारेका कारण लिम्बुले नै चुनाव जित्ने कोइराला पक्षका नेताहरू दाबी गर्दै आएका छन्।

अर्कोतर्फ एक कार्यकाल नेपाली कांग्रेस मोरङको सभापति चलाइसकेका लिम्बुले पार्टीलाई गति दिन नसकेको आरोप लगाउँदै संस्थापन पक्षका नेताहरू भने मोरङ सभापतिमा नयाँ अनुहारले प्रथमिकता पाउने र पहिलो चरणको निर्वाचनमा तेस्रो स्थान प्रप्त गरेका विष्टको पनि समर्थन रहेका कारण विष्टले पाएको मत पनि गच्छदारले पाउने भएकाले गच्छदारले नै चुनाव जित्ने दाबी गर्दै आएका छन्।

नेपाली कांग्रेसको केन्द्रीय सभापतिको दाबेदार रहेका डा शेखर कोइरालाका उम्मेदवार लिम्बुका विरुद्ध  देउवा, पौडेल, सिटौला र प्रकाशमान पक्षले चुनावी मोर्चा बनाएको छ। मोरङ सभापतिका दाबेदार कोइरालाको गृहजिल्ला हो। उनको गृह जिल्लामै संस्थापन पक्षका उम्मेदवारलाई सभापति जिताएर आगामी महाअधिवेशनमा डा शेखर कोइरालालाई कमजोर पार्ने  योजना अन्य नेताहरूले बनाएको विश्लेषण हुन थालेको छ।

पहिलो चरणको निर्वाचनमा कुल ३ हजार ४ सय १४ मत खसेकोमा सभापतिका लागि ३ हजार ३ सय ६० मत परेको थियो। सभापतिमा लिम्बूले १ हजार ५ सय ४४, गच्छदारले १ हजार १ सय ६६ र विष्टले ५ सय ६३ मत पाएका थिए। जिल्लामा कुल मतदाता संख्या ३ हजार ५ सय १७ भएपनि आइतबार सम्पन्न निर्वाचनमा १ सय मत कम खसेको थियो। १ सय ४७ मत बदर भएको थियो।

मोरङमा कुल ३ हजार ५ सय ८५ जना मतदाता रहेका छन्। साँझ ५ बजे मतदान सम्पन्न हुने र मंगलबार नै मतगणना गर्ने तयारी गरिएको निर्वाचन  समितिले जनाएको छ।
अर्को समाचार
भारतमा आज दोस्रो चरणको निर्वाचन, यी दिग्गज नेता मैदानमा
१४ वैशाख २०८१
•
१ मिनेट पाठ
भारतमा आज दोस्रो चरणको निर्वाचन, यी दिग्गज नेता मैदानमा
भारतमा आज दोस्रो चरणको लोकसभा निर्वाचनका लागि मतदान हुँदैछ। दोस्रो चरणको निर्वाचन अन्तर्गत १३ राज्यका ८८ सिटमा मतदान भइरहेको छ।




बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ६ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ।

दोस्रो चरणमा केरलाका सबै २०, कर्नाटकको १४ लोकसभा सिटका लागि मतदान भइरहेको छ। यस्तै राजस्थानको १३, मध्य प्रदेशको ६ र असामको ५ सिटका लागि मतदान जारी छ। त्यसैगरी पश्चिम बङ्गाल र छत्तीसगढको ३–३, मणिपुर, त्रिपुरा र केन्द्र शासित प्रदेश जम्मू कश्मीरको एक–एक सिटका लागि मतदान भइरहेको छ।

दोस्रो चरणको निर्वाचनमा कांग्रेसका पूर्व अध्यक्ष राहुल गांधी केरलाको वायनाड सिटबाट चुनावी मैदानमा छन् भने राजस्थानको कोटा सिटका लागि ओम बिडला चुनावी मैदानमा छन्।

केरलाको तिरुवनंतपुरम सिटबाट कांग्रेस नेता शशि थरूर चुनावी मैदानमा छन् भने  बीजेपीले केन्द्रीय मन्त्री राजीव चन्द्रशेखर उनका प्रतिस्पर्धी बनेका छन्।

उत्तर प्रदेशको मेरठ सीटमा धारावाहीक सिरियल रामायणमा रामको भूमिका निर्वाह गरेका अरुण गोविल मैदानमा छन् भने बिहारको पूर्णिया सिटका लागि पप्पू यादव निर्दलीय उम्मेदवार बनेका छन्।

दोस्रो चरणको निर्वाचन अन्तर्गत १६ करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन्। जसका लागि १ लाख ६७ हजार मतदान केन्द्र तोकिएको छ।

लोकसभा चुनाव २०२४ का लागि ७ चरणमा मतदान हुँदैछ। प्हिलो चरणमा १९ अप्रिलमा १०२ सिटमा मतदान भइसकेको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस