गोकर्ण बैठक : फेरि अल्झिए दल
०५ कार्तिक २०७१
•
७ मिनेट पाठ
गोकर्ण बैठक : फेरि अल्झिए दल
काठमाडौं- संविधान निर्माणको गतिरोध अन्त्य गर्न गोकर्ण रिसोर्टमा बसेको प्रमुख तीन दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ। संविधानका विवादित विषयमा दलहरू टसमस नभएपछि कात्तिक ९ र १० गते छलफल गर्ने गरी बैठक टुंगिएको हो।
मंगलबार र बुधबार प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा एमाओवादीका शीर्ष नेताहरूबीच छुट्टाछुट्टै र संयुक्त छलफल भएको थियो। पटक–पटक भएका छलफलमा राज्य पुनःसंरचनाका सम्बन्धमा विभिन्न विकल्पमा छलफल भए पनि निष्कर्ष भने ननिस्किएको सहभागी नेताहरूले जनाएका छन्।

बैठकमा एमाओवादीले राज्य पुनःसंरचना गर्दा १० प्रदेश बनाउनुपर्ने अडान कायमै राख्यो भने कांग्रेस/एमालेले बढीमा ६ प्रदेशसम्म जान सकिने अडान लिएका थिए। कांग्रेस–एमालेले आफूहरू चारवटा प्रदेशसम्म बनाउन तयार रहेको बताएका थिए। तर, सहमतिबाट जाने भए ६ वटासम्म बनाउन सकिने उनीहरूको अडान थियो।

प्रदेशको संख्या र नाममा नै प्रमुख विवाद देखिएको बैठकमा सहभागी एक नेताले बताए। ती नेताका अनुसार संघीयताको मुद्दामा पार्टीहरूले आफ्नो अडान त्याग्न सकेनन्। त्यति मात्र होइन, विगत बैठकहरूमा देखाएको जति लचकता देखाउन पनि उनीहरू तयार भएनन्। एमाओवादीले प्रदेशको संख्या घटाउनुपर्ने भए सरोकारवाला समूहसँग सहमति कायम गरिनुपर्ने अडान राखेको थियो भने कांग्रेस/एमालेले जनप्रतिनिधिले सहमतिका साथ निर्णय गर्न सक्ने तर्क गरेका थिए।

शासकीय स्वरूपमा पनि कांग्रेस/एमाले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न नहुने पक्षमा देखिए भने एमाओवादीले प्रत्यक्ष कार्यकारी राष्ट्रपति नै हुनुपर्ने अडान राखेको स्रोतले जनायो। निर्वाचन प्रणालीमा पनि कांग्रेस/एमालेले प्रतिनिधिसभा प्रत्यक्ष र राष्ट्रियसभा समानुपातिक हुनुपर्ने अडान लिए। एमाओवादीले प्रतिनिधिसभा पनि समानुपातिक र समावेशी नै हुनुपर्ने अडान राखेको थियो। सबैको अडान आएपछि प्याकेजमा सहमति गर्न तीनवटै दल तयार देखिएका छन्।

संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले गोकर्ण बैठकले आशंका हटाउने र संवेदनशीलता बुझ्ने काम गरेको बताए। 'हामीले पहिले नै विवादित विषयमा दुई/तीन राउन्डको छलफल आवश्यक छ भनेका थियौं,' उनले भने, 'औपचारिक र अनौपचारिक गरी पटक–पटक छलफल भए। अहिले परिणाम नै देखाउन नसकिए पनि सहमतिको आधार तयार भएको छ। अन्तरकुन्तर बुझ्ने र समानता/असमानता मापन गर्ने काम पनि भयो।'

तिहारको बीचमा दलहरूबीच अनौपचारिक छलफल गरी ९ गते फेरि बैठक गरेर विवादित विषयमा निष्कर्ष निकाल्ने उनको दाबी छ। 'मैले वार्ताको सुरुआत राम्रै ठानेको छु,' भट्टराईले भने, 'वार्ताको शैली पनि यसअघिका भन्दा फरक थियो। १२ बुँदेदेखिका सहयात्री कांग्रेस, एमाले र एमाओवादी जसरी पनि मिल्नुपर्छ। यसको विकल्प छैन। यी तीन पार्टी नमिलेसम्म संविधान बन्नै सक्दैन। बने पनि शान्ति र स्थायित्व दिन सकिँदैन। त्यसपछि मधेसवादी र जनजातिबीच सहमति गर्नुपर्छ। सहमतिको प्रयत्न जारी छ। कात्तिक १५ गतेसम्म विवादित विषय जसरी पनि टुंगो लाग्छ।'

भट्टराईले पहिले तीनवटै दल मिलाउन लागिपरेको बताए। 'तीनवटै दल मिल्न र मिलाउन सकिएन भने एकातिर हिन्दु अतिवादी आउने खतरा बढ्छ भने अर्कोतिर जातिवाद र क्षेत्रीयतावादी हाबी हुन सक्छन्। यसलाई पनि अहिले नै ध्यान दिनुपर्छ,' उनले भने। भट्टराईले संघीयता, शासन प्रणाली र निर्वाचन प्रणाली प्याकेजमा टुंगो लगाउन तीनवटै दल तयार भएको बताए।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि ९ र १० गते फेरि छलफल गरेर विवादित विषयमा टुंगो लगाउने गरी बैठक विनानिष्कर्ष सकिएको बताए। '९ र १० गते फेरि सल्लाह गर्छौ। विवादित विषयमा सहमति कायम भएन भने प्रक्रियामा जाने हो,' पौडेलले नागरिकसँग भने, 'प्रक्रियामा जान सबै दल तयार हुनुपर्छ। हलो अड्काएर संविधान बन्न सक्दैन।'

पौडेलले जुन समुदायसँग भेट भयो त्यही समुदायलाई प्रदेश बनाइदिऊँला भनेर सहमति कायम हुन नसक्ने धारणा राखे। 'मुलुकको हित र भोलि के गर्दा धोका हुँदैन भन्ने गरी काम गर्नुपर्छ,' पौडेलले भने, '२ दिन सम्झौता गरेर सन्चो मानेर हुँदैन। भोलि बेहोर्न सक्ने र देशले धान्न सक्ने प्रदेश बनाउनुपर्छ।'

देश र जनताको समस्या समाधान कसरी गर्ने भन्ने दृष्टिकोणमै फरक देखिएको उनको भनाइ थियो। 'शोषण, दमन र अत्याचारको समाधान कसरी गर्ने भन्ने दृष्टिकोण नै फरक भयो,' उनले भने, 'त्यसको समाधान राज्य बनाइदिएर हुन्छ भन्ने एउटा पक्ष तथा यसरी राज्य बनाइदिएर हुँदैन, चरित्र बदल्नुपर्छ, विकास र रोजगारीबाट मुक्ति दिनुपर्छ भन्ने अर्को पक्षबीचमै विवाद छ। राज्य न्यायकारी हुनुपर्‍यो।'

प्रदेशको नाम र संख्यामा नै सबैको अडान कायम रहेको पौडेलको भनाइ थियो। उनले ६/७ प्रदेशभन्दा बढी हुन नहुनेमा आफूहरू दृढ रहेको बताए।



अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस