काठमाडौं— संविधान निर्माणको गतिरोध अन्त्य गर्न गोकर्ण रिसोर्टमा बसेको प्रमुख तीन दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ । संविधानका विवादित विषयमा दलहरू टसमस नभएपछि कात्तिक ९ र १० गते छलफल गर्ने गरी बैठक टुंगिएको हो।मंगलबार र बुधबार प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा एमाओवादीका शीर्ष नेताहरूबीच छुट्टाछुट्टै र संयुक्त छलफल भएको थियो । पटक–पटक भएका छलफलमा राज्य पुनःसंरचनाका सम्बन्धमा विभिन्न विकल्पमा छलफल भए पनि निष्कर्ष भने ननिस्किएको सहभागी नेताहरूले जनाएका छन् ।
बैठकमा एमाओवादीले राज्य पुनःसंरचना गर्दा १० प्रदेश बनाउनुपर्ने अडान कायमै राख्यो भने कांग्रेस÷एमालेले बढीमा ६ प्रदेशसम्म जान सकिने अडान लिएका थिए । कांग्रेस–एमालेले आफूहरू चारवटा प्रदेशसम्म बनाउन तयार रहेको बताएका थिए । तर, सहमतिबाट जाने भए ६ वटासम्म बनाउन सकिने उनीहरूको अडान थियो ।
प्रदेशको संख्या र नाममा नै प्रमुख विवाद देखिएको बैठकमा सहभागी एक नेताले बताए । ती नेताका अनुसार संघीयताको मुद्दामा पार्टीहरूले आफ्नो अडान त्याग्न सकेनन् । त्यति मात्र होइन, विगत बैठकहरूमा देखाएको जति लचकता देखाउन पनि उनीहरू तयार भएनन् । एमाओवादीले प्रदेशको संख्या घटाउनुपर्ने भए सरोकारवाला समूहसँग सहमति कायम गरिनुपर्ने अडान राखेको थियो भने कांग्रेस÷एमालेले जनप्रतिनिधिले सहमतिका साथ निर्णय गर्न सक्ने तर्क गरेका थिए ।
शासकीय स्वरूपमा पनि कांग्रेस÷एमाले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न नहुने पक्षमा देखिए भने एमाओवादीले प्रत्यक्ष कार्यकारी राष्ट्रपति नै हुनुपर्ने अडान राखेको स्रोतले जनायो । निर्वाचन प्रणालीमा पनि कांग्रेस÷एमालेले प्रतिनिधिसभा प्रत्यक्ष र राष्ट्रियसभा समानुपातिक हुनुपर्ने अडान लिए । एमाओवादीले प्रतिनिधिसभा पनि समानुपातिक र समावेशी नै हुनुपर्ने अडान राखेको थियो । सबैको अडान आएपछि प्याकेजमा सहमति गर्न तीनवटै दल तयार देखिएका छन् ।
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले गोकर्ण बैठकले आशंका हटाउने र संवेदनशीलता बुझ्ने काम गरेको बताए । 'हामीले पहिले नै विवादित विषयमा दुई÷तीन राउन्डको छलफल आवश्यक छ भनेका थियौं,' उनले भने, 'औपचारिक र अनौपचारिक गरी पटक–पटक छलफल भए । अहिले परिणाम नै देखाउन नसकिए पनि सहमतिको आधार तयार भएको छ । अन्तरकुन्तर बुझ्ने र समानता÷असमानता मापन गर्ने काम पनि भयो ।'
तिहारको बीचमा दलहरूबीच अनौपचारिक छलफल गरी ९ गते फेरि बैठक गरेर विवादित विषयमा निष्कर्ष निकाल्ने उनको दाबी छ । 'मैले वार्ताको सुरुआत राम्रै ठानेको छु,' भट्टराईले भने, 'वार्ताको शैली पनि यसअघिका भन्दा फरक थियो । १२ बुँदेदेखिका सहयात्री कांग्रेस, एमाले र एमाओवादी जसरी पनि मिल्नुपर्छ । यसको विकल्प छैन । यी तीन पार्टी नमिलेसम्म संविधान बन्नै सक्दैन । बने पनि शान्ति र स्थायित्व दिन सकिँदैन । त्यसपछि मधेसवादी र जनजातिबीच सहमति गर्नुपर्छ । सहमतिको प्रयत्न जारी छ । कात्तिक १५ गतेसम्म विवादित विषय जसरी पनि टुंगो लाग्छ ।'
भट्टराईले पहिले तीनवटै दल मिलाउन लागिपरेको बताए । 'तीनवटै दल मिल्न र मिलाउन सकिएन भने एकातिर हिन्दु अतिवादी आउने खतरा बढ्छ भने अर्कोतिर जातिवाद र क्षेत्रीयतावादी हाबी हुन सक्छन् । यसलाई पनि अहिले नै ध्यान दिनुपर्छ,' उनले भने । भट्टराईले संघीयता, शासन प्रणाली र निर्वाचन प्रणाली प्याकेजमा टुंगो लगाउन तीनवटै दल तयार भएको बताए ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि ९ र १० गते फेरि छलफल गरेर विवादित विषयमा टुंगो लगाउने गरी बैठक विनानिष्कर्ष सकिएको बताए । '९ र १० गते फेरि सल्लाह गर्छौं । विवादित विषयमा सहमति कायम भएन भने प्रक्रियामा जाने हो,' पौडेलले नागरिकसँग भने, 'प्रक्रियामा जान सबै दल तयार हुनुपर्छ । हलो अड्काएर संविधान बन्न सक्दैन ।'
पौडेलले जुन समुदायसँग भेट भयो त्यही समुदायलाई प्रदेश बनाइदिऊँला भनेर सहमति कायम हुन नसक्ने धारणा राखे । 'मुलुकको हित र भोलि के गर्दा धोका हुँदैन भन्ने गरी काम गर्नुपर्छ,' पौडेलले भने, '२ दिन सम्झौता गरेर सन्चो मानेर हुँदैन । भोलि बेहोर्न सक्ने र देशले धान्न सक्ने प्रदेश बनाउनुपर्छ ।'
देश र जनताको समस्या समाधान कसरी गर्ने भन्ने दृष्टिकोणमै फरक देखिएको उनको भनाइ थियो । 'शोषण, दमन र अत्याचारको समाधान कसरी गर्ने भन्ने दृष्टिकोण नै फरक भयो,' उनले भने, 'त्यसको समाधान राज्य बनाइदिएर हुन्छ भन्ने एउटा पक्ष तथा यसरी राज्य बनाइदिएर हुँदैन, चरित्र बदल्नुपर्छ, विकास र रोजगारीबाट मुक्ति दिनुपर्छ भन्ने अर्को पक्षबीचमै विवाद छ । राज्य न्यायकारी हुनुपर्यो।'
प्रदेशको नाम र संख्यामा नै सबैको अडान कायम रहेको पौडेलको भनाइ थियो । उनले ६÷७ प्रदेशभन्दा बढी हुन नहुनेमा आफूहरू दृढ रहेको बताए ।