संविधानमा सहमति प्रयास, निर्णायक बैठक नै विषयान्तर
१० कार्तिक २०७१
•
८ मिनेट पाठ
संविधानमा सहमति प्रयास, निर्णायक बैठक नै विषयान्तर
काठमाडौं-आउँदो माघ ८ मै संविधान जारी गर्न विवादित विषय दुई दिनभित्र छिनोफानो गर्ने भन्दै पटक–पटक वार्तामा बसेका प्रमुख दलका शीर्ष नेताको ध्यान फेरि कुर्सीको भागबन्डातिर मोडिएको छ।वार्तामा सहभागी शीर्ष नेता संविधान जारी भएपछि राज्यसञ्चालनका प्रमुख पाँच पद राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख कुन–कुन दलमा, कसरी भागबन्डा गर्ने भन्नेतिर अल्भि्कएपछि मुख्य विषय संविधानका विवादित मुद्दामा सहमति जुटाउने प्रयास नै ओझेलमा परेको छ।
संविधान जारी भएपछि यी पाँचै पदको नयाँ निर्वाचन गर्नुपर्ने र त्यतिबेला आफ्नो भाग खोसिने चिन्ताले नेताहरूलाई सताएको स्रोतको दाबी छ। अनौपचारिक छलफलमा यही विषय प्राथमिक बन्दा विवादित विषयमा सहमति जुट्न नसकेको स्रोतले जनायो।
गत माघ २६ मा कांग्रेस र एमालेबीच सत्तागठबन्धनअघि संविधानको मस्यौदा प्रमाणीकरण भएपछि नै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र संविधानसभा अध्यक्षको नयाँ निर्वाचन गर्ने सहमति भएको थियो। अनौपचारिक छलफलमा उक्त सहमतिबमोजिम नै प्रधानमन्त्री एमालेले लिने भए राष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने अडान एमाओवादीले राखेको स्रोतले जनाएको छ।
उक्त सहमतिमा ‘संविधानसभाबाट पारित संविधान सार्वजनिक भएपछि र उक्त संविधान प्रारम्भ हुनुअघि संविधानसभा/व्यवस्थापिका–संसदबाट राष्ट्रपति, उपराष्ट्रपति, संविधानसभाका अध्यक्ष एवं उपाध्यक्ष र प्रधानमन्त्रीको निर्वाचन गर्ने र सोसम्बन्धी व्यवस्था गर्न नेपालको अन्तरिम संविधान, २०६३ मा आवश्यक संशोधन गर्ने' उल्लेख छ। कांग्रेस सभापति सुशील कोइरालालाई प्रधानमन्त्री चयन गर्न भएको सातबुँदे सहमतिमा एमाओवादीको सहभागिता थिएन।
पछिल्ला औपचारिक बैठकमा दलहरूका अडान सार्वजनिक हुने गरे पनि अनौपचारिक छलफलमा भने पद बाँडफाँटकै विषयमा केन्द्रित हुने गरेको छ। आउँदो माघ ८ पछि आफ्नो दलको हैसियतलाई नेताहरूले गम्भीर चासोको विषय बनाएका छन्। ‘संविधान जारी भएपछि अहिलेको गठबन्धन नरहन सक्छ,' स्रोतले भन्यो, ‘कांग्रेससँग एमाले र एमालेसँग कांग्रेस डराएको अवस्था छ। पाँचवटा पदमा नयाँ निर्वाचन गर्नुपर्ने भएकाले पनि अर्को गठबन्धन बन्दा अहिलेका पद जान सक्ने भएकाले उनीहरूले अहिले नै आफ्नो अस्तित्व खोजिरहेका छन्।'
एमालेले सरकारको नेतृत्व गरे राष्ट्रपति आफूले पाउनुपर्ने अडान एमाओवादीले राखेको स्रोतले जनाएको छ। यस विषयमा कांग्रेस भने छलफल गर्न तयार छैन। ‘राजनीतिक दलका नेताहरूबीच औपचारिक बैठकमा कुरा गर्दा पार्टीको अडानमा कुरा हुन्छ, तर अनौपचारिक छलफलमा यस्ता थुप्रै विषयमा कुराकानी हुन्छन्,' संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले सिंहदरबारमा पत्रकारसँग भने, ‘त्यस्ता विषय समाधान नभएसम्म संविधानका विवादित विषयको गाँठो फुक्दैन। विभिन्न पार्टी र नेताको चाहना, सरोकार र इच्छा छन्। तिनलाई पनि सम्बोधन गर्ने ढंगले नगएसम्म गाँठो नफुक्ने हो कि जस्तो देखिएको छ।' त्यसका लागि पनि अझै अनौपचारिक छलफल आवश्यक रहेको उनको भनाइ थियो।
भट्टराई राजनीतिक दलहरूबीच हुने यस्ता विषयलाई स्वाभाविक ठान्छन्। ‘रिडिङ बिटि्वइन द लाइन भनेजस्तै विभिन्न नेताका इच्छा–आकांक्षाले पनि काम गरिराखेको छ,' भट्टराईले भने, ‘इशारा एकापट्टि निगाह अर्कोपट्टि छ। राजनीतिमा यसलाई म अन्यथा मान्दिनँ।'
उच्च स्रोतका अनुसार संविधानका विवादित विषय मिल्न नसक्नुको कारण पद बाँडफाँट नै देखिएको छ। ‘४ वर्ष ९ महिना छलफल भइसक्यो,' स्रोतले भन्यो, ‘दलका नेताहरूसँग कुरा गर्दा पहिले दुई दिन भन्नुभयो। पछि एक दिन र त्यसपछि एक घन्टामै कुरा मिल्छ भन्नुभएको हो। एक घन्टामा मिल्ने विषय अहिलेसम्म किन अल्झाइएको हो, बुझ्न सकिएन।'
कांग्रेसका एक नेताले पनि माघ ८ पछिको राजनीतिक असुरक्षाका भावनाले संविधान निर्माणमा बाधा उत्पन्न भएको बताए। ‘माघ ८ पछिको सत्ता समीकरण कसरी जान्छ भन्ने कुरा महत्वपूर्ण देखिएको छ,' ती नेताले नागरिकसँग भने, ‘अहिले राजनीतिक असुरक्षाको असर संविधान निर्माणमा देखियो।'
संवाद समितिका सभापति भट्टराईले दलका नेताहरूभित्र रहेका अन्तरकुन्तर खोतल्न अझै एक/दुई दिन प्रयत्न गर्ने पनि बताए। सोमबार बिहानका लागि बोलाइएको तीन दलका शीर्ष नेताको बैठक भने एमाले नेताहरू अनुपस्थित भएकाले बस्न सकेन। कांग्रेस र एमाओवादीका शीर्ष नेताबीच भएको अनौपचारिक छलफलमा पनि संघीयताका विषयमा को कति लचक हुने भन्ने विषयमा छलफल भएको स्रोतले जनायो।
कात्तिक १५ गतेसम्म विवादित विषयमा सहमति जुटाउने अन्तिम म्याद पाएको संवाद समितिले त्यसपछि के गर्ने भन्ने विषयमा मंगलबार बिहान छलफल गर्दैछ। कथंकदाचित सहमति हुनै सकेन भने के गर्ने भन्ने विषयमा संवाद समितिको बैठकमा आउँदा सोचेर आउन पनि आफूले दलका नेताहरूलाई भनेको सभापति भट्टराईले जानकारी दिए। ‘सहमति हुन सके सहमति गरेर पठाउने र सहमति नभए पनि अब सकिँदैन, अर्को प्रक्रिया के गर्ने हो संविधानसभाले गरोस् भनेर पठाउने पक्षमा छु,' उनले भने।
यसैबीच, कांग्रेस र एमालेबीच सोमबार भएको द्विपक्षीय छलफलमा संविधानका अन्तर्वस्तुमा १२ गतेसम्म साझा धारणा बनाउन सहमत भएका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा साँझको बैठकमा सकेसम्म थोरै प्रदेशमा जानेबारे छलफल भएको थियो। बैठकमा सहभागी कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले थोरै प्रदेश बनाउने र साझा धारणा बनाउने विषयमा छलफल भएको जानकारी दिए।


अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस