कांग्रेसको प्रदेश अधिवेशन प्रारम्भ हुँदैः सभापति देउवाद्वारा भर्चुअल माध्यमबाट उद्घाटन
१६ मंसिर २०७८
•
१ मिनेट पाठ
कांग्रेसको प्रदेश अधिवेशन प्रारम्भ हुँदैः सभापति देउवाद्वारा भर्चुअल माध्यमबाट उद्घाटन
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आजदेखि सातै प्रदेश अधिवेशन प्रारम्भ हुँदैछ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सातै प्रदेशको प्रदेश अधिवेशन भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गर्ने जनाइएको छ।




प्रदेश नं १ को अधिवेशन विराटनगरमा, प्रदेश नं २ को अधिवेशन जनकपुरमा, बागमती प्रदेशको अधिवेशन हेटौँडामा,गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको अधिवेशन भैरहवामा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा हुने पार्टी कार्यालयले जनाएको छ।

कांग्रेसले पहिलो पटक प्रदेश अधिवेशन गर्न लागेको हो। प्रदेश अधिवेशनले सातवटै प्रदेशमा प्रदेश समिति चयन गर्नेछ।

यस्तो छ प्रदेश अधिवेशन कार्यतालिका

आजदेखि प्रदेश कार्यसमितिको निर्वाचन कार्यतालिका सुरु हुँदैछ। मङ्सिर १६ गते बिहान १० बजे मतदाता नामावली प्रकाशित गर्ने,मङ्सिर १७ गते बिहान ८ देखि ११ बजेसम्म उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने, सोही दिन दिउँसो ११ देखि १ बजेसम्म मनोनयन पत्रमाथि पर्ने दाबी विरोध दर्ता गर्ने,जाँचबुझ गर्ने र मङ्सिर १७ गते २ बजे सोउपर निर्णय गर्ने प्रदेश निर्वाचन कार्यतालिका रहेको छ।

मङ्सिर १७ दिउँसो २ देखि साँझ ५ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रम (देवनागरी लिपी) पहिलो नाम प्रकाशित गर्ने,सोही दिन साँझ ६ः३० मनोनयन फिर्ता लिने,साँझ ७ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र मङ्सिर १८ गते विहान८ बजेदेखि प्रदेश कार्यसमितिका लागि मतदान सुरु हुने केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए। कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ। (रासस)
अर्को समाचार
एमसिसी अनुमोदन गर्ने रणनीतिमा सरकार: लोसपा पक्षमा उभिने
१२ फागुन २०७८
•
४ मिनेट पाठ
एमसिसी अनुमोदन गर्ने रणनीतिमा सरकार: लोसपा पक्षमा उभिने
एमसिसी सम्झौता संघीय संसद्बाट अनुमोदन गर्ने तयारीमा सरकार जुटेको छ। प्रतिनिधिसभाको बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा त्यसमाथि छलफल सुरु हुनेछ। बैठकका कार्यसूची तय गर्न बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ। समितिले एमसिसी सम्झौता अनुमोदन र छलफलको कार्यतालिका निर्धारण गर्नेछ।




सरकारको नेतृत्व गरेका कांग्रेस सभापति शेरबहादुर देउवा शुक्रबारसम्म एमसिसी सम्झौता संसद्बाट अनुमोदन गराउने रणनीतिमा जुटेका छन्। अन्य राजनीतिक दल र सभामुख अग्निप्रसाद सापकोटा तयार भए कांग्रेस बिहीबार नै एमसिसी सम्झौतालाई संसद्मा निर्णयार्थ प्रस्तुत गर्ने पक्षमा रहेको निकट स्रोतले जनाएको छ। ‘अहिलेको अवस्था हेर्दा एमसिसी धेरैमा एकदुई दिन छलफलमा जाला तर जति चाँडो निर्णय दियो त्यति सहज हुने अवस्था भएकाले बिहीबार नै अनुमोदनमा लैजान पनि सकिन्छ,’ कांग्रेसका एक नेताले भने, ‘सभामुखको भूमिका कस्तो हुन्छ त्यसमै भर पर्छ। हामी बिहीबार नै एमसिसी सदनमा निर्णयार्थ प्रस्तुतका लागि तयार छौं।’

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुखले एमसिसीमा सैद्धान्तिक छलफलका लागि कति समय दिने भन्ने विषयमा दलीय सहमति खोज्नेछन्। सैद्धान्तिक छलफल सकिएपछि संशोधनको समय नहुने हुँदा बिहीबार नै अर्को बैठक बसेर दफाबार छलफल गराउन सरकारले प्रस्ताव गर्ने सम्भावना छ। दफाबार छलफलमा पनि निश्चित सांसदलाई मात्र बोल्न दिएर बिहीबार नै एमसिसी अनुमोदनका लागि प्रस्ताव गर्ने सम्भावना पनि छ।

सरकार सदनबाट एमसिसी अनुमोदन भए पनि नभए पनि निर्णयार्थ पेस गर्ने तयारीमा छ। सभामुख सापकोटाको मनसाय भने पर्याप्त छलफल गरेर मात्रै एमसिसी अघि बढाउन पाए हुन्थ्यो भन्ने छ। एमसिसीमाथिको सैद्धान्तिक छलफलमा अनुमोदन गर्नुपर्ने वा नपर्ने कुरामा सीमित रही सांसदले धारणा राख्नुपर्ने हुन्छ।

दफाबार छलफलमा भने सांसदले आफ्नो असहमति रहेका दफामा केन्द्रित भएर छलफलमा भाग लिन सक्छन्। छलफल सकिएपछि सांसदले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन्। सम्भावित कार्यसूचीमा एमसिसीमाथि सैद्धान्तिक छलफल गर्ने विषयमात्र राखिएको भए पनि कार्यव्यवस्था परामर्श समितिको निर्णयपछि मात्र औपचारिक कार्यसूची बन्नेछ।

एमसिसीमा सत्ता साझेदार दलबीच नै एकमत छैन। सरकारको नेतृत्व गरेको कांग्रेस एमसिसीको पक्षमा दृढतापूर्वक उभिएको छ। सत्ता साझोदार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले यसको विपक्षमा मतदान गर्ने भएका छन्। अहिलेसम्म सरकारको नेतृत्व गरेको कांग्रेस र सरकारबाहिर रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मात्र एमसिसीको पक्षमा मतदान गर्ने निश्चित भएको छ। सत्ता साझेदार जसपाले आधिकारिक निर्णय गरेको छैन। जसपाभित्रको डा. बाबुराम भट्टराई खेमाले भने पक्षमा मतदान गर्ने देखिएको छ।

सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चा एमसिसी खारेज हुनुपर्ने पक्षमा छ। सत्ताबाहिर रहेका नेमकिपा र र राप्रपा एमसिसीको विपक्षमा उभिने भएका छन्। प्रमुख प्रतिपक्षी दल एमालेले एमसिसी अनुमोदनमा सहयोग गर्न आफ्ना माग पूरा गरी संसद् चल्ने अवस्था सिर्जना गर्न प्रधानमन्त्रीसमक्ष माग गरेको छ। एमालेले भदौदेखि संसद् बैठक सञ्चालनमा अवरोध गर्दै आएको छ।

नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुने आफ्ना सांसदलाई ह्विप जारी गरेको छ। एमसिसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले आफ्ना सांसदलाई ह्विप भने लगाएको छैन। जसबाट नेकपा एकीकृत समाजवादीका मन्त्रीलाई एमसिसीको पक्षमा मतदान गर्ने बाटो खुला भएको छ। विपक्षमा मतदान गर्ने निर्णय गरेको अर्को सत्ता साझेदार माओवादी केन्द्रले भने बैठकमा आफ्नो धारणा राखेर एमसिसी निर्णयार्थ प्रस्तुत हुने बेलामा बाहिर निस्कने रणनीति बनाएको छ। माओवादीका मन्त्री भने निर्णयका बेला अनुपस्थित हुने सम्भावना छ।

प्रमुख प्रतिपक्षी एमालेले के गर्ने भन्ने निर्णय बुधबारसम्म लिएको छैन। प्रधानमन्त्री देउवासँग अध्यक्ष केपी ओलीले गरेको छलफलका आधारमा एमाले प्रस्तुत हुने अनुमान छ। कांग्रेसका एक नेताले भने, ‘एमसिसी अनुमोदन हुन पनि सक्छ, नहुन पनि सक्छ। यसै भन्न सकिने अवस्था छैन।’ संसद् भवन अन्तर्राष्ट्रिय सम्मेलन परिसर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ। पर्खालवरिपरि प्रहरीले काँडेतार लगाएको छ।

लोसपा एमसिसी पक्षमा

यसैबीच लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को पक्षमा उभिने निर्णय गरेको छ। एमसिसी अनुमोदनका लागि संसद्मा निर्णयार्थ प्रस्तुत भएमा पक्षमा भोट दिने निर्णय गरेको लोसपा कार्यकारिणी समिति सदस्य तथा सांसद विमल श्रीवास्तवले बताए। एमसिसीको विषयमा संस्थागत निर्णय गर्न लोसपाले बुधबार संसदीय दलको बैठक बोलाएको थियो। बैठकमा लोसपाका १२ सांसद उपस्थित थिए। उमाशंकर अगरगरैया भने काठमाडौंबाहिर भएकाले बैठकमा सहभागी हुन नसकेको बताइएको छ।

प्रतिनिधिसभामा लोसपाका १३ सांसद छन्। लोसपाका कार्यकारिणी समिति सदस्य केशव झाले एमसिसीको पक्षमा लोसपा सुरुदेखि नै सकारात्मक भएको बताए। ‘औपचारिक निर्णय गर्न  बुधबार बैठक बोलाइएको हो,’ उनले भने।

अर्को तराई मधेसकेन्द्रित जनता समाजवादी पार्टीले भने एमसिसीको विषयमा औपचारिक निर्णय गरेको छैन। जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र उनी निकट सांसद एमसिसीको पक्षमा उभिएका छन भने कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव र उनी निकट सांसद मौन बसेका छन्।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४३ सेकेन्ड अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस