काठमाडौं- उपराष्ट्रपति परमानन्द झाले आयोजना गरेको चियापान कार्यक्रममा शीर्ष नेता सहभागी भएनन्। उपराष्ट्रपति झाले मंगलवार छठ पर्वको अवसर आफ्नै कार्यकक्ष बहादुर भवन कान्तिपथपमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा राष्ट्रपति रामवरण यादव, केही मन्त्री, सुरक्षा निकायका प्रमुख र नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रमुखको उपस्थिति भएपनि शीर्ष नेता भने आएनन्।
चियापानमा मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव लगायत केही मधेसी नेतामात्र सहभागी भएका थिए। प्रधानमन्त्री, सुशील कोइरालासमेत अनुपस्थित थिए। संचारमन्त्री मिनेन्द्र रिजाल, वाणिज्य तथा आपुर्ति मन्त्री सुनील थापा, अर्थमन्त्री रामशरण महत र उद्योगमन्त्री महेश बस्नेत सहभागी भएका थिए।
कांग्रेस, एमाले र एमाओवादीबाट भने कोही पनि शीर्ष नेता चियापनामा सहभागी भएनन्। सोमवार २२ दलीय गठबन्धनले आयोजना गरेको चियापानमा एमाले अध्यक्ष केपी ओली अनुपस्थित भएको चर्चा सेलाउन नपाउँदै उपराष्ट्रपतिको चियापानमा शीर्ष नेता अनुपस्थित भएका हुन्। प्रमुख दलका शीर्ष नेता आज दिनभरजसो आन्तरिक तथा द्विपक्षीय छलफलमा व्यस्त रहे।