‘संघीयता थाती राखेर पहिलो मस्यौदा'
११ कार्तिक २०७१
•
८ मिनेट पाठ
‘संघीयता थाती राखेर पहिलो मस्यौदा'
काठमाडौं-नयाँ संविधानको मूल विवाद संघीयतामा कात्तिक १५ भित्र सहमति जुट्न नसक्ने देखिएपछि प्रमुख राजनीतिक दलका शीर्ष नेता यो विवाद थाती राख्दै पहिलो मस्यौदा तयार गर्ने नयाँ विकल्पबारे छलफलमा जुटेका छन्।उनीहरूले ‘संघीयता विवादलाई अनुसूची खण्डमा राखेर संविधानको पहिलो मस्यौदा तयार गर्ने' विकल्पमा मंगलबारबाट छलफल थालेका हुन्।
प्रदेशको नाम र संख्यामा दलहरूबीच विवाद चर्किएपछि संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिलाई संविधानसभाले दिएको अन्तिम समयसीमा (कात्तिक १५) मा पनि सहमति जुट्ने सम्भावना न्यून देखिएकाले विकल्प खोजिएको हो।
संवाद समितिको बैठकमा मंगलबार आमन्त्रित कांग्रेस युवा नेता गगन थापाले यस्तो प्रस्ताव ल्याएका हुन्। समितिका सदस्य लक्ष्मणलाल कर्णले त्यसमा तत्कालै समर्थन जनाएपछि समितिमा यसमाथि छलफल सुरु भएको हो।
‘हाम्रा बीचमा जति विषय मिल्न सक्छ, मिलाउँ,' थापाले समितिको बैठकमा प्रस्ताव गर्दै भनेका थिए, ‘शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा रहेका विवाद मिलाउन सकिन्छ। प्रदेश निर्माणका सन्दर्भमा पनि तीन तहको अधिकारसहितका विषय मिलाउँ। प्रदेशको नाम र संख्या संविधानको पहिलो मस्यौदाको अनुसूचीमा राखेर जनताकहाँ जाउँ।' 
सभासद थापाले अनुसूचीमा राखेपछि त्यसलाई मतदान आवश्यक नपर्ने, त्यस अवधिमा छलफल गरेर पनि सहमति कायम गर्न सकिने र जनताको सुझावका आधारमा निर्णय गर्न पनि सहज हुने उपाय सुझाएका थिए।
उनका अनुसार सबै दलका फरक धारणा र अडान अनुसूचीमा समावेश गरेर जनताकहाँ लैजाँदा थप सुझाव प्राप्त हुने हुँदा निर्णय गर्न सहज हुन्छ। ‘प्रत्येक दलको फरक–फरक धारणा अनुसूचीमा समेटेर जनताकहाँ लैजाउँ्क,' थापाले भने, ‘परामर्श गर्न पनि समय रहन्छ। प्रतिक्रियाले पनि सहमति गर्न दबाब दिन्छ।' 
संवाद समितिबाट फेरि पनि प्रश्नावली बन्न नसक्ने जिकिर गर्दै सभासद थापाले भनेका थिए, ‘प्रश्नावली बनाउने–नबनाउनेमै समितिमा विवाद छ भने कसरी बन्न सक्छ? समयमा संविधान निर्माण गर्ने हो भने यो विकल्प उचित हुन सक्छ।'
सद्भावना पार्टीका नेता कर्णले पनि आफूहरुले अघि सारेको प्रस्ताव सहमतिका लागि उत्तम हुने बताए। ‘संविधानसभाले संवाद समितिलाई अन्तिम समय दिएको छ,' उनले भने, ‘सहमतिका लागि प्रयास गरौं भन्ने पनि कुरा आयो। अब सहमति हुँदैन प्रश्नावली बनाउँ्क भन्ने पनि आएको छ। पहिलो मस्यौदा बनाउँदा असहमति राखेर जनताकहाँ लैजाउँ्क भन्ने प्रस्ताव पनि आएको छ।' उनले पहिलो मस्यौदामा असहमति राखेर जनताकहाँ जाने प्रस्ताव उत्तम रहेको बताए। 
‘पहिलो मस्यौदा जनताकहाँ लैजाँदा जनताको पनि प्रतिक्रिया आउँछ। संविधानसभामा विधेयक लैजाने बेलासम्म छलफल गरेर सहमति कायम गर्न सकिन्छ भनेर हामीले प्रस्ताव गरेका हौं,' थापाको प्रस्ताव समर्थन गर्दै कर्णले भने।
अन्तरिम संविधानले पनि अन्तिम समयसम्म सहमतिको प्रावधानलाई समेटेकाले सबैको धारणा पहिलो मस्यौदामा समावेश गरेर जनताकहाँ जान सकिने उनले बताए। ‘अहिले नै प्रक्रियामा जाँदा सहमतिको प्रयास पनि बिथोलिन्छ,' कर्णले भने, ‘त्यसैले अहिले सबैका धारणा समेटेर जनताकहाँ जाउँ। जनमत संकलनमा लैजाउँ्क। सबैका धारणाका बारेमा सुझाव पनि आउँछ। सहमतिको प्रयास पनि जारी राखौं भन्ने हाम्रो प्रस्ताव हो।'
संवाद समितिका सभापति बाबुराम भट्टराईले पनि समितिभन्दा बाहिरका सदस्यको सुझावले पनि विधि र प्रक्रियामा जान थप सहज भएको बताए। यस्ता सुझाव मध्यनजर गर्दै सकेसम्म सहमतिमै पुग्न पूरै कोशिस गरिने उनले दोहोर्या ए।
आठ प्रदेशको विकल्प
संघीयताका विभिन्न विकल्पमा छलफल गरेर सहमतिको प्रयासमा प्रमुख दलका दोस्रो तहका नेता पनि सक्रिय देखिन्छन्। एमाले नेता सुरेन्द्र पाण्डेको नेतृत्वमा कांग्रेस, एमाओवादी, मधेसवादी दलका केही नेताले यस विकल्पमा मंगलबार छलफल गरेका थिए। 
संवाद समितिका सभापति भट्टराईको कार्यकक्षमा भएको छलफलमा नेता पाण्डेले प्रदेशको नाम प्रदेश सभालाई नै राख्न दिने गरी आठ प्रदेशको विकल्प अघि सारेका थिए।

पर्सादेखि सप्तरीसम्म एउटा प्रदेश, नवलपरासीको बर्दघाटदेखि कर्णाली, दूधकोसीदेखि मेचीसम्म, दूधकोसीदेखि बूढीगण्डकीसम्म, चितवन, मकवानपुरलाई समेटेर राजधानी प्रदेश, सेती–महाकाली र सुनसरी–मोरङ–झापा अर्को प्रदेश बनाएर जान सकिने विषयमा अनौपचारिक छलफल भएको एमाले नेता पाण्डेले नागरिकलाई बताए।
उनले विभिन्न विकल्पमा छलफल नगरेसम्म एउटा टुंगोमा पुग्न समस्या देखिएकाले पनि आफूहरुले यस्तो विकल्पमा छलफल थालेको बताए। त्यसरी जाँदा कुनै जातिका नाममा प्रदेश नामकरण गर्नु नपर्ने धारणा उनले राखे। बहुमत समुदायलाई आधार मानेर कामकाजको भाषा तय गर्ने अधिकार प्रदेशलाई नै दिनेगरी सहमति गर्न सकिने पनि उनले जनाए।
संवाद समितिका सभापति भट्टराईको कार्यकक्षमा भएको यस सम्बन्धी छलफलमा कांग्रेस सह–महामन्त्री पूर्णबहादुर खड्का, मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत थिए।
अर्को समाचार
‘संघीयता थाती राखेर प्रक्रियामा'
२५ चैत्र २०७१
•
९ मिनेट पाठ
‘संघीयता थाती राखेर प्रक्रियामा'
काठमाडौं-प्रमुख राजनीतिक दलहरू संघीयतासम्बन्धी विवादलाई ‘नयाँ ढंगमा समाधान खोज्ने' गरी थाती राख्दै संविधानका अन्तर्वस्तुमध्ये सहमति भएका विषयलाई मस्यौदा समितिमा पठाउन सकारात्मक देखिएका छन्।प्रदेश निर्माणमा अघि सारिएका प्रस्तावलाई प्रमुख दलहरूले प्रतिष्ठाको विषय बनाएपछि नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीसहितका दलले सहमतिको निम्ति बीचको बाटो रोजेका हुन्।
सत्तारुढ तथा प्रतिपक्षी दुवै दलहरूले प्रदेश निर्माणको आ–आफ्नो प्रस्तावलाई एकै ठाउँमा राखेर नयाँ ढंगमा छलफल अघि बढाउने र संघीय नक्सांकनलाई पुनर्ढांचा दिने गरी अघि बढ्ने सम्भावना बढेको स्रोत बताउँछ।
‘आ–आफ्ना प्रस्ताव र अडान अहिले नै छाड्ने अवस्थामा दलहरू छैनन्,' कांग्रेसका एक पदाधिकारीले बुधबार नागरिकसँग भने, ‘प्रदेश निर्माणका प्रस्तावलाई पुनर्ढांचा गरेर अघि बढ्ने सम्भावना भने बढेको छ।'
झापा, मोरङ, सुनसरीका साथै कैलाली र कञ्चनपुरलाई कुन प्रदेशमा राख्ने विषयमा दलीय अडान छाड्न कांग्रेस, एमाले र एकीकृत माओवादी नेतृत्वको मोर्चा तयार नभएपछि नयाँ ढंगबाट समाधान खोज्ने गरी छलफल अघि बढेको ती नेताले बताए।
स्रोतका अनुसार तीनदलीय कार्यदल मोटामोटी सहमति जुटेका विषयलाई मसिनो गरी टुंगो लगाउन र मिल्न बाँकी संघीयताको विषयमा विभिन्न विकल्पमा छलफलमा छन्। यही क्रममा एकीकृत माओवादी नेताहरूले बुधबार प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति सुशील कोइरालासहित कांग्रेस कार्यदलसँग छलफल गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको छलफलमा एमाओवादी नेताले दलीय सहमतिका लागि नेतृत्व लिन प्रधानमन्त्री कोइरालालाई आग्रह गरेका थिए।
महासचिव कृष्णबहादुर महरा नेतृत्वको टोलीले शान्ति प्रक्रिया र संविधान निर्माणको बाँकी विषयलाई दलीय सहमतिमा छिनोफानो गर्न आफूहरू तयार रहको सुनाउँदै विवादित विषयलाई छिटो टुंगोमा पुर्या उन आग्रह गरेको थियो। सहमतिका लागि प्रधानमन्त्रीले सकारात्मक पहल गरेकै कारण आमहडताल छोट्याएको सुनाउँदै महराले भनेका थिए, ‘सहमतिका लागि तपाईंको पहल विशेष हुनुपर्योम।'
माओवादी महासचिव महराले चैत ३० गतेको संविधानसभा बैठक अघि नै सहमति होस् भन्ने मनसायले वार्ता प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीलाई आग्रह गरेको बताए।
जबाफमा प्रधानमन्त्री कोइरालाले आफू सहमतिबाटै संविधान निर्माण गर्ने पक्षमा रहेको बताउँदै आशंका छाड्न आग्रह गरेका थिए। ‘विश्वासका साथ आउनुहोस्,' कोइरालालाई उद्धृत गर्दै कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले बुधबार नागरिकसँग भने, ‘सहमतिका साथ अघि बढ्न हामी तयार छौं।'
आपसी वार्ता र सहमतिबाटै संविधान निर्माण होस् भन्ने उद्देश्यले वार्ता थालिएको र निष्कर्ष पनि त्यही रहेको दाबी गर्दै बडूले भने, ‘आन्दोलनले प्राप्त उपलब्धिलाई संस्थागत गर्ने संविधान निर्माणका लागि दुवै पक्ष सहमत भयौं।' कांग्रेसले बिहीबार बिहान सत्ता साझेदार एमालेसँग छलफल गर्दैछ।
कांग्रेस प्रवक्ता बडूले सहमतिबाटै संविधान निर्माण गर्न कांग्रेस सकारात्मक रहेको जनाउँदै विवाद समाधानका लागि विभिन्न विकल्पमा छलफल भइरहेको जानकारी दिएका छन्। ‘जे हुन्छ सहमतिमै गरौं भन्नेमा छांै,' बडूले भने, ‘संघीयताको विषयमा केही समय थप छलफल गरी टुंगो लगाएर अन्य विषयलाई मस्यौदामा पठाउन वा सबै टुंगो लगाएर अघि बढ्न हामी सकारात्मक छांै।'
मधेसले पनि चुरेबाट छुट्टिन नखोजेको र पहाड पनि मधेससँग अलग्गिन नचाहेको भन्दै त्यसको समाधान नयाँ ढंगबाट गर्न दलहरू सकारात्मक देखिएका हुन्। ‘मधेसले उदयपुर, सिन्धुली र मकवानपुरसँग अलग हुन चाहेको छैन, पाल्पा र अर्घाखाँची पनि गोरुसिंगेसँगै जोडिन चाहेका छन्,' ती नेताले भने। त्यसका लागि सैद्धान्तिक सहमति गरेर अघि बढ्न तयार रहेको बताउँदै ती नेताले भने, ‘कांग्रेस, एमालेले अघि सारेको नौबुँदे प्रस्ताव फेरबदल हुने सम्भावना छ।'
एमाले उपाध्यक्ष भीम रावलले अहिलेको विवाद ५ जिल्लामा मात्र नभएको स्पष्ट पारे। ‘पहाड र मधेसलाई अलग गर्नुहुँदैन भन्ने हाम्रो अवधारणा हो,' पछिल्लो समय एमाले तर्फबाट वार्तामा सहभागी हुँदै आएका उपाध्यक्ष रावलले नागरिकसँग भने, ‘सामाजिक सद्भाव नखल्बल्याउने गरी प्रदेश निर्माण गरिनुपर्छ भन्ने हाम्रो धारणा हो।'
रावलले अहिले नयाँ विकल्पबारे कुनै गृहकार्य नभएको दाबी गरे। ‘छलछामका धेरै विषय हुने गरेका छन्,' रावलले भने, ‘सबै कुरा स्पष्टसँग नआई केही बताउन सकिँदैन।'
दलहरूले अघि सारेको प्रस्तावअनुसार नै प्रदेश निर्माण गरेर अघि बढ्दा जनताको असन्तुष्टि बढ्ने नेताहरूको बुझाइ छ।  सहमति गरे पनि सात प्रदेशमा जाने विषयमा कांग्रेस–एमालेभित्र ठूलो असहमति छ। ‘पहाड र मधेसलाई नछुट्याउने अवधारणा हो। तर, अहिले सप्तरीदेखि पर्सासम्म र नवलपरासीदेखि बर्दियासम्म गरिएको प्रदेश विभाजनले त्यो कुरा कसरी समेट्छ,' एमालेका एक नेताले भने, ‘कांग्रेस र एमालेभित्र अहिले प्रस्तावलाई जस्ताको त्यस्तै लैजानु हुँदैन भन्ने पक्षमा धेरै छन्।'
कांग्रेस–एमालेले अघि सारेको अहिलेको प्रस्ताव एकीकृत माओवादीको जस्तो छ। तर, उनीहरूले मानेका छैनन्। ‘संघीयतालाई थाती राखेर अघि बढ्नु नै विवाद समाधान गर्ने मिलनविन्दु हो,' ती नेताले भने, ‘संघीयताको विषयलाई केही समय अझै तन्काउँदा वातावरण अनुकूल हुन्छ भन्नेमा एकीकृत माओवादीको पनि बुझाइ छ।'
प्रमुख दलबीच अनौपचारिक सहमति बनेका शासकीय स्वरूप, निर्वाचन र न्याय प्रणालीलाई मसिनो गरी टुंगो लगाउन तीनदलीय कार्यदल सक्रिय भएको छ। कांग्रेस, एमालेसहित सत्तारूढ दल सहमति जुटेका विषयलाई मस्यौदामा पठाउने पक्षमा पुगेका छन्। माओवादीले ‘रिजर्भेसन' सहित सुधारिएको संसदीय व्यवस्थामा सहमति जनाइसकेको छ। कांग्रेस र एमाले मिश्रित निर्वाचन प्रणाली र निश्चित समयका लागि संवैधानिक अदालत गठन गरेर पछि सर्वोच्च अदालतमै संवैधानिक डेक्समा परिणत गर्न तयार छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस