दुई दिनमा सहमति नभए संविधानसभालाई ‘धर्मसंकट'
१२ कार्तिक २०७१
•
७ मिनेट पाठ
दुई दिनमा सहमति नभए संविधानसभालाई ‘धर्मसंकट'
काठमाडौं-संविधानसभाले अन्तिमपटक भनेर संवैधानिक–राजनीतिक संवाद तथा सहमतिलाई उपलब्ध गराएको समय कात्तिक १५ भित्र संविधानका विवादित विषयमा सहमति हुने सम्भावना न्यून देखिएको छ। संवाद समिति प्रश्नावलीसमेत बनाउन नसक्ने अवस्थामा पुगेको छ।प्रमुख राजनीतिक दलका नेताहरूले बाँकी दुई दिनभित्र विवादित विषय राज्य पुनःसंरचना, शासकीय स्वरूप, न्याय प्रणाली र निर्वाचन प्रणालीमा सहमति गर्न नसके संविधानसभालाई थप अप्ठेरो पर्नेछ। फेरि संवाद समितिमै विवादित विषय पठाउने कि प्रक्रियामा लैजाने भन्ने अप्ठेरो संविधानसभालाई आइपर्नेछ।
संविधानसभामा यसअघि संवाद समितिको प्रतिवेदनमाथि छलफलमा भाग लिने सभासदहरूले कुनै पनि हालतमा थप समय दिन नहुने धारणा राख्दै आएका थिए। सोहीअनुसार संविधानसभाले संवाद समितिलाई सहमति जुटाउने, नभए प्रश्नावली बनाउन भन्दै अन्तिमपटक भनेर समय उपलब्ध गराएको थियो।
पछिल्लोपटक थपिएको समयमा संवाद समितिको औपचारिक बैठक एकपटक मात्र बसेको छ। तर, समिति सभापति बाबुराम भट्टराईले अनौपचारिक छलफललाई तीव्रता दिएका छन्। तर, सहमतिको सम्भावना कम देखिएको छ।
प्रक्रियामा जान प्रश्नावली आवश्यक पर्ने भएकाले संविधानसभाले सहमति नभए प्रश्नावली भनेर समय उपलब्ध गराएको हो। प्रश्नावली बनाउन पनि सहमति आवश्यक पर्ने भन्दै प्रमुख विवादित विषय सहमतिबाटै टुंगो लगाउनुपर्ने संवाद समितिका सभापति बाबुराम भट्टराईले अडान राख्दै आएका छन्। ‘केही नेता संवाद समितिबाट विषयहरू बाहिर ल्याउन चाहन्छन्,' संवाद समिति स्रोतले भन्यो, ‘त्यसैले प्रश्नावली बनाउन छुट्टै समिति भन्दै आएका छन्। यसले झनै जटिलता ल्याउँछ।'
संवाद समितिमा रहेका सदस्यहरूले प्रश्नावली बनाउने छुट्टै समितिको विरोध गरे त्यसले पनि प्रश्नावली बनाउन सक्दैन। त्यसैले अहिले बाँकी दुई दिनमा सहमति वा ‘संघीयताको विवाद अनुसूचीमा उल्लेख गरेर मस्यौदा बनाउने' भनेर समितिमा आएको विकल्पमा जानु उत्तम हुने स्रोतको भनाइ छ।
संविधानसभालाई पनि अप्ठेरो नपर्ने र सहमति कायम गर्न सहज हुने देखेर नै आफूहरूले संघीयताको विवाद अनुसूचीमा राखेर बाँकी विषयमा मस्यौदा गरी जनताकहाँ जाने विकल्प अघि सारेको सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले बताए। ‘संवाद समितिलाई समय नदिने हो भने विवादित विषय टुंगो लगाउन प्रक्रियामा संविधानसभा नै प्रवेश गर्नुपर्ने हुन्छ,' कर्णले नागरिकसँग भने, ‘त्यो पनि अहिले सहज देखिँदैन।'
त्यसैले बीचको बाटोमार्फत निकास निकाल्नुको विकल्प नदेखिने कर्ण बताउँछन्। संवाद समितिको मंगलबार बसेको बैठकमा नेता कर्ण र कांग्रेसका युवा नेता गगन थापाले विवादित विषय संविधानको पहिलो मस्यौदामा जस्ताको त्यस्तै राखेर जनताकहाँ जाने र त्यो बीचमा सहमति निकाल्ने विकल्प सुझाएका थिए। ‘यसरी अघि बढ्यौं भने जनताको राय पनि बुझ्न पाइन्छ,' कर्णले नागरिकसँग भने।
संवाद समितिका सभापति भट्टराईले विभिन्न विकल्पबारे कांग्रेस र एमालेका नेतासँग निरन्तर छलफल जारी राखे पनि निकास निस्कन सकेको छैन। छलफलमा सहभागी एक नेताका अनुसार भट्टराईले संविधानसभाले समितिलाई छायामा पारेर जबर्जस्ती निर्णय गर्न खोजे समितिको नेतृत्वबाट राजीनामा दिने चेतावनीसमेत दिएका छन्।
‘संवाद समितिले प्रश्नावली बनाउन सकेन भनेर अर्को संयन्त्रलाई जिम्मा लगाउने हो भने संवाद समितिको नेतृत्वमा बस्नुको औचित्य रहन्न,' भट्टराईले आफूनिकटका नेतासँग भनेका छन्। त्यसपछि परिस्थिति अर्कै मोडमा जाने उनको तर्क छ।
संविधानसभाले संवाद समितिलाई अन्तिम पटक भन्दै कात्तिक ४ गते १५ गते सम्मको थप समय उपलब्ध गराएको थियो। प्रमुख दलका शीर्ष नेता सहभागी बैठकले नै संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग एक दिनको छलफलमा सकिने भएकाले अब अन्तिम पटक संवाद समितिलाई समय उपलब्ध गराइदिन आग्रह गरेको थियो। सोहीअनुसार संविधानसभाले कात्तिक १५ गतेसम्म विवादित विषयमा सहमति गर्न र सहमति नभए प्रश्नावलीसहित १६ गते एकीकृत प्रतिवेदन पेस गर्न समय उपलब्ध गराएको हो।
संवाद समितिको बैठकमा विकल्पबारे छलफल भएपछि संविधानसभा अध्यक्ष नेम्वाङले बुधबार कांग्रेस र एमालेका केही नेतासँग आफ्नै कार्यकक्षमा छलफल गरेका थिए। उनले कात्तिक १५ गतेसम्म विवादित विषयमा सहमति कायम गर्नुको विकल्प नभएको बताएका थिए।
‘संविधान निर्माणपछिको राजनीतिले संविधान लेखनमा समस्या पारेको छ,' कांग्रेस युवा नेता थापा भन्छन्, ‘यसले संविधानसभालाई नै अप्ठेरो पार्ने देखिएको छ। संवाद समितिा बाहिर गएर प्रश्नावली बनाउन सम्भव छैन। संवाद समितिलाई यसअघि नै अन्तिम पटक भनेर समय दिइयो। त्यसैले बीचको बाटोबाट अघि बढ्दा राम्रो हुन्छ।' प्रश्नावली नबनाई प्रक्रियामा जान्छु भन्दा झनै जटिलता निम्तिने थापाको भनाइ छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस