काठमाडौं– संविधान सभाका विवादित विषयमा सहमति जुटाउन सक्रिय मुख्य तीन दलका शीर्ष तीन नेताहरुले गोप्य बैठक गर्ने भएका छन्। आज अपरान्हका बबरमहल स्थित शान्ति कोषको सचिवालयमा तोकिएको बैठक विषय प्रवेश नै नगरी अन्त्य भएपछि आजै ४ बजेका लागि शीर्ष नेता मात्र बस्ने गरी गोप्य बैठक तय गरिएको हो।
प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला अनुपस्थित भएपछि बैठक विषय प्रवेश नगरी अन्त्य भएको थियो।
मुख्य तीन दलहरु नेपाली कांग्रेस, एमाले र एमाओवादीका शीर्ष तीन नेता मात्र बस्नेगरी प्रधानमन्त्री निवास बालुवाटारमा बैठक गर्ने तयारी भएको छ।
बालुवाटार बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल मात्र सहभागी हुनेछन्। तीन नेताहरुको बैठक अन्त्यपछि फेरि अन्य नेताहरु समेत बसेर छलफल गरिने स्रोतले जनाएको छ। बालुवाटार बैठक ४ बजे सुरु हुँदैछ।