संवैधानिक- राजनीतिक संवाद तथा सहमति समितिको बैठक विना निष्कर्ष टुंगिएको छ। बैठकमा एमालेका शीर्ष नेता भने उपस्थित थिएनन्।
समितिको बैठकमा सभासदहरुले सकेसम्म सहमति गरेरै जानु पर्नेमा जोड दिएका छन्। यदी त्यसो हुन नसकेमा सहमतिको नाममा म्याद थप्न नहुने सभासदको धारणा रहेको छ। सहमति कायम नभए विवादीत विषयको प्रश्नावली बनाएर संविधानसभामा पेश गर्नु पर्नेमा सभासदले जोड दिएका छन्।
सहमतिमा जाने कि प्रक्रियामा जाने भन्नेबारे सभासदहरु दुई ध्रुवमा बाँडिएको बैठक पछि समितिका सभापति बाबुराम भट्टराईले बताए। ४ बजे बस्ने तीन दलको बैठकको निर्णय अनुसार भोली फेरी २ बजे संवाद समितिको बैठक बस्ने जानकारी भट्टराईले दिए।
एमाओवादी सभासदहरु र मधेसी सभासदहरुले सहमतिमा जानु पर्ने बताएका थिए भने सत्तारुढ दलका सभासदले सहमति नभए प्रक्रियामा जानुपर्ने बताएका थिए।
संवाद समितिले सहमति जुटाउन लामो प्रयास गरे पनि सहमति जुट्न सकेको छैन। तिहार अघि शीर्ष नेताहरु गोकर्णमा आवासिय वैठक समेत वसेका थिए।