एमालेको ‘कुम्भमेला’ पञ्चर्‍यालीजस्तोः प्रचण्ड
१८ मंसिर २०७८
•
३ मिनेट पाठ
एमालेको ‘कुम्भमेला’ पञ्चर्‍यालीजस्तोः प्रचण्ड
प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमालेको ‘कुम्भमेला’लाई पञ्चर्‍यालीको संज्ञा दिएका छन्।




चितवनको भरतपुरमा शनिबार शुरु भएको प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रलाई शनिबार सम्बोधन गर्दै उनले नेकपा एमालेको दशौं महाधिवेशनलाई कुम्भमेला भनिएपनि यो कुम्भमेला नभई पञ्चायतकालको अन्त्य तिर पञ्चहरुले निकालेको ‘पञ्चर्‍याली’जस्तो भएको बताएका हुन्। यो भेला गुटबन्दीलाई बलियो बनाउँदै प्रतिक्रान्तिलाई सशक्त बनाउनका लागि भएको उनको आरोप छ।

प्रतिगमनको आरोप खेपेका केपी ओलीको नेतृत्वमा चितवनको नारायणी किनारमा सम्पन्न एमालेको महाधिवेशनमा लाखौं कार्यकर्ता उतारेको थियो। सो भेलालाई एमालेले ‘कुम्भमेला’ भनेको थियो। तर प्रचण्डले भने त्यसलाई ‘पञ्चर्‍याली’ को संज्ञा दिए। ‘पञ्चायतको अन्त्यतिर २०४५ सालमा पञ्चहरुको ठूलाठूला र्‍याली निकाल्थे, उनीहरु पञ्चायतबाहेक अन्ततिर जनता लागेकै छैनन् झैं देखाउन खोज्थे, चितवनमा भएको कुम्भमेलाले त्यसैको झल्को दिएको छ’, उनले भने।

उनले पैसा दिएर, धाकधम्की देखाएर गरिएको अहिलेको कुम्भ मेलाको कुनै राजनीति अर्थ नहुने उनले टिप्पणी गरे। बरु उनले त्यसलाई मण्डलेकरणको संज्ञासमेत दिए।

अध्यक्ष प्रचण्डले प्रतिगमनको खतरा पूरै टरिनसकेको बताए। अहिलेपनि प्रतिगमनको प्रयास भइरहेको उनले बताए। देशमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान, धर्मनिरपेक्षता, संघीयता, समावेशी, समानुपातिक लोकतन्त्रलाई सुदृढ गर्दै समाजवादमा जाने पक्ष र त्यसलाई रोकेर प्रतिगमनतर्फ जाने भन्ने दुई उद्देश्यबीच संघर्ष चलिरहेको बताए।

‘जेजति उपलब्धि छन् त्यसलाई उल्टाउने र सुदृढ पार्दै समाजवादमा जाने भन्ने दुई उद्देश्य देखिएको छ, त्यसैले प्रतिगमन रोक्नका लागि प्रेस सेन्टर नेपालले भूमिका खेल्नुपर्छ’, उनले भने। उनले प्रतिगमनकारीहरुले गठबन्धनलाई प्रयोग गर्न सकिन्छ कि भनेर बेलाबेला प्रयास गरिरहेको बताए।

अध्यक्ष प्रचण्डले मंसिर २८ गतेबाट बोलाइएको प्रतिनिधि सभाको अधिवेशन नियमित अधिवेशन मात्र भएको बताए। अधिवेशन आह्वान भएलगत्तै केही मानिसहरुले एमसिसी पास गर्न हो कि? प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन हो कि भनेर आशंका गरिरहेको भन्दै उनले भने,‘यो नियमति अधिवेशन हो, यो कुनै प्रयोजनका लागि बोलाइएको अधिवेशन होइन।’ उनले एमसिसी पास गर्दा होस् वा प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने विषय होस् दुबै विषय दलहरुबीचमा राष्ट्रिय सहमति जुटाएर मात्र हुने बताए। ‘महाअभियोग लगाउने कुरा वा नलगाउने कुरा दलहरुबीचको सहमतिमै हुन्छ, यो जबरजस्ती हुने कुरा होइन’, उनले भने।

अध्यक्ष प्रचण्डले पहिले केपी ओलीलाई दिनदिनै भेटेको भन्दा अहिले आफू शक्तिशाली भएको बताए। उनले चितवन अहिले सबैको आकर्षणको केन्द्र बनेको भन्दै यसमा तीन कारण रहेको बताए। उनले भने,‘पहिलो यो देशकै केन्द्र भागमा छ, सस्तो र राम्रो पनि छ, दोश्रो चितवन अहिले विकासको नया मोडलमा गएको छ र तेश्रो चितवनमा प्रचण्ड छ, त्यसैले यो आकर्षणको केन्द्र भएको छ।’

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले प्रेस स्वतन्त्रताको पक्षमा सबै मिलेर आवाज उठाउनुपर्ने बताए।

बरिष्ठ पत्रकार ओम शर्माले प्रतिगमनलाई परास्त गर्ने हतियार प्रेस सेन्टर भएको बताए। उनले समाजवाद नआएसम्म लडिरहने बताए।

अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले माओवादी र त्यसका अध्यक्ष प्रचण्ड आगो भएको बताउँदै आगोसँग नखेल्न प्रतिगमनकारीलाई चेतावनी दिईन्। उनले अब पार्टीलाई रुपान्तरण गर्न, पुनर्जिवित गर्न पार्टीको नीति अनुसारको थिति बसाल्नुपर्ने बताईन्।

अनेमसंघ क्रान्तिकारीकी अध्यक्ष अम्रिता थापा मगरले प्रतिगमनकारीहरुले भ्रमको खेती गरिरहेको बताउँदै त्यसलाई चिर्न चेतनाको सम्वाहक प्रेस सेन्टर बन्नुपर्ने बताईन्।

महाधिवेशनमा देशभरबाट ८ सय जना पत्रकार सहभागी छन्। आइतबारसम्म सञ्चालन हुने महाधिवेशनले नया नेतृत्व चयन गर्ने ।
अर्को समाचार
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
१ घण्टा अघि
•
१ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।




शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।

उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।

चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।

सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।

यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।

प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।

भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।

औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।

चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।

देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।

शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
यो पनि पढौँ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस