फरक अडान संविधानसभामै
१५ कार्तिक २०७१
•
१२ मिनेट पाठ
फरक अडान संविधानसभामै
काठमाडौं- संविधानका मुख्य विवादित विषयमा सहमति हुन नसकेपछि संवैधानिक– राजनीतिक संवाद तथा सहमति समितिले संविधानसभामा रहेका सबै दलको फरक–फरक लिखित धारणासहितको प्रतिवेदन संविधानसभा पठाउने भएको छ।

समितिभित्रको छलफलमा मात्र नभएर प्रमुख दलको शीर्ष नेताको बैठकमा समेत विवादित विषयमा सहमति जुट्न नसकेपछि संवाद समितिले सबै दलको अडानलाई लिपिबद्ध गर्दै संविधानसभा नै फिर्ता पठाउन लागेको हो। 
राज्य पुनःसंरचना, शासकीय स्वरूप, न्याय प्रणाली र निर्वाचन प्रणालीका विषयमा प्रमुख दलहरूबीच विवाद कायमै छ। यी विषयमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादी आ–आफ्नै अडानमा रहेपछि सहमति जुट्न नसकेको हो। 
कांग्रेस र एमालेले पछिल्लो समय यी विषयमा समान धारणा बनाए पनि एमाओवादीले अडान छाडेन। त्यसो त यी विषयमा संविधानसभामा रहेका ३१ वटै दलका फरक–फरक धारणा छन्। 
आइतबार बस्ने संवाद समितिको बैठकअघिसम्म पनि विवादित विषयमा सहमति गर्न नसके ३१ वटै दललाई लिखित धारणा पेस गर्न समितिले निर्देशन दिने र त्यही धारणा लिपिबद्ध गर्दै संविधानसभा पठाउने संवाद समितिको तयारी छ। यसरी पठाएको प्रतिवेदन संविधानसभा बैठकमा पेस भएपछि विवादित विषयलाई सहमतिबाट वा प्रक्रियाबाट सल्ट्याउने भन्ने निर्णय संविधानसभाको पूर्ण बैठकले नै गर्नेछ।
संवाद समितिले पाएको अन्तिम समयसम्म सहमति नभएपछि शनिबार भएको कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेता, संविधानसभा अध्यक्ष र संवाद समिति सभापतिबीच छलफल भएको थियो। उक्त छलफलमा विवादित विषयमा सबै दलको धारणा लिखित रूपमा समावेश गरेर संविधानसभामा पठाउने सहमति भएको हो।
बैठकमा कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ र संवाद समितिका सभापति बाबुराम भट्टराई मात्र सहभागी थिए। 
शीर्ष तहको बैठकले नै विवादलाई संविधानसभा फिर्ता गरिदिने निर्णय गरेकाले पनि संवाद समितिले त्यसैअनुसारको तयारी थालेको हो। तर, संवाद समिति सभापति भट्टराईले विवादित विषयजति संविधानसभा पठाउँदा संविधान नबन्ने खतरा बढ्ने बताए। 
'विवादित विषय जस्ताको त्यस्तै संविधानसभामा पठाउँदा यसले समाधान दिँदैन,' भट्टराईले भने, 'अन्ततः संविधानसभाले अर्को निर्णय गर्नुपर्छ। प्रमुख दलका शीर्ष नेताहरू यहीँ हुनुहुन्छ। उहा“हरूले नै अन्तर्वस्तु र प्रक्रिया दुवैमा सहमति गर्न नसक्ने हो भने ६ सय १ मा गएर कसरी सहमति बन्छ?'
उनले सबै विषयमा सबै दलमा सहमति कायम नभए पनि मुख्य विषयमा कांग्रेस, एमाले र एमाओवादीबीच सहमति हुनैपर्ने धारणा राखे। 'हामीले सहमति नै खोज्नुपर्छ,' भट्टराईले भने, 'कथंकदाचित सहमति भएन र हामी विभाजित भएर गयौं भने यो देशमा संविधान नबन्ने, संविधानसभा असफल हुने र प्राप्त उपलब्धि सबै गुम्ने खतरा हुन्छ। यो मैले आवेगात्मक रूपमा भनेको होइन। मैले नापेर/तौलेर भनेको हुँ। अन्तिममा तीनवटा पक्षबीचमा सहमति गर्नैपर्छ। यसको विकल्प छैन।'
एमाओवादी अध्यक्ष दाहालले भने अन्तिम समयसम्म पनि सहमतिकै प्रयास गर्ने बताए। 'अन्तिममा पनि सहमतिको कोसिस गर्छौं,' एमाओवादी अध्यक्ष दाहालले भने, 'सहमति नभए पार्टीहरूले आ–आफ्ना अडान राखेर फुल हाउसमा जाने भन्ने सहमति भएको छ। अब संविधानसभाले नै निर्णय गर्छ।'
शनिबार दिउँसो बसेको संवाद समितिको बैठकमा दाहालले बिहान भएको छलफलबारे जानकारी गराउँदै सहमतिको सम्भावना न्यून हुँदै गएको बताएका थिए। 'अब विवादित विषयहरू संवाद समितिमा अल्झाएर नराखौं। फुल हाउसमै पठाइदिऊँ। त्यहीँ निर्णय हुन्छ,' उनले भने। 
दाहालले कांग्रेस र एमाले आफ्ना अडानबाट झनै पछि हटेको दाबी गरे। 'तीन दलका शीर्ष नेता मात्रै बसेको बैठकमा एमाले अध्यक्ष ओलीजी म संघीयताको पक्षधर नै होइन, तर, पनि चार प्रदेशमा गएको छु, यहाँभन्दा जान्नँ भन्नुहुन्छ। यहाँ (संवाद समिति) माधवजी हामी सात प्रदेशभन्दा माथि जान सकिन्न भन्नुहुन्छ। अब एमालेको धारणा कुन हो मैले बुझ्नै सकिनँ,' दाहालले भने, 'कांग्रेसका रामचन्द्र पौडेलले पनि यहाँ निर्वाचन प्रणालीका विषयमा तल्लो सदन पूर्ण प्रत्यक्ष हुनुपर्ने बताउनुभयो। यो त बाघसँग बाख्राको लडाइँजस्तो हुन्छ। यसरी कसरी सहमति कायम गर्न सकिन्छ?'
संवाद समितिको बैठकमा एमाले नेता माधवकुमार नेपालले सात प्रदेशका पक्षमा आफ्नो पार्टी रहेको र जातीय आधारमा कुनै पनि हालतमा प्रदेश नामकरण गर्न नसकिने बताएका थिए। संवाद समितिको बैठकपछि कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधान जारी गर्ने समय माघ ८ आउन तीन महिना बाँकी रहेकाले त्यो बीचमा सहमति कायम गर्न सकिने धारणा राखे।
'सहमति भनेको अहिले र भोलि नै हुने होइन,' देउवाले भने, 'माघ ८ भन्दा दुई दिनअघि पनि सहमति हुन सक्छ। सहमतिका लागि लागिरहनुपर्छ। प्रक्रियामा जाँदै गर्दा पनि सहमति गर्न सकिन्छ। बाहिर सहमति गरेर पनि संविधानसभामा आउन सकिन्छ। सहमतिका लागि अझै ३ महिना बाँकी छ। अहिले नै भएन भन्न मिल्दैन।'
संवाद समितिका सभापति भट्टराईले पनि संवाद समिति सहमतिभन्दा बाहिर जान नसक्ने भएकाले विवादित विषयमा रहेका सबैका धारणा जस्ताको त्यस्तै पठाउने तयारी भएको बताए। 
'संवाद समिति सहमतिभन्दा बाहिर जान सक्दैन,' भट्टराईले आफ्नै कार्यकक्षमा पत्रकारसँग भने, 'त्यसैले विवादित विषमया सबै पार्टीका अडान, भनाइ तथा प्रस्ताव संविधानसभामा पठाइदिने नै विकल्प हुन्छ।'
सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले पनि विवादित विषय सबै संविधानसभा पठाउँदा प्रक्रियामा जान पनि नसक्ने र सहमति पनि नहुने बताए। 'अघिल्लोपटक पनि २५ वटा बुँदामा विवाद थियो,' कर्णले स्मरण गर्दै भने, 'तर, भोटिङमा जाउँ कि भन्दा ९८ पुग्यो। अब अहिले पनि भएजति सबै विवाद संविधानसभामा पठाउँदा निकास नै गाह्रो हुन्छ।'
भट्टराईका विकल्प
संवाद समितिका सभापति भट्टराईले तीन दलका शीर्ष नेता मिल्न सक्ने विकल्पसमेत अघि सारेका छन्। उनले प्रदेशको नाम राख्ने जिम्मा प्रदेशसभालाई नै दिने र ८ प्रदेशमा सहमति गर्ने प्रस्ताव अघि सारेका छन्। 
'राज्य पुनःसंरचनामा मुख्य विवाद हो,' उनले भने, 'त्यसमा नामकरणमा नै मुख्य विवाद हो। पहिचान भनेको जाति मात्रै हो भन्ने एकथरी छन् भने अर्कोथरी जातिको गन्धै आउनु हुँदैन भन्ने छन्। त्यसमा देखिएको विवाद निरूपण गर्ने जिम्मा प्रदेश सभालाई नै दिन सकिन्छ।'
भट्टराईले प्रदेशको संख्यामा पनि १० र ६ भन्नेहरूका बीचमा ८ प्रदेशमा जान सकिने बताए। 'एक प्रतिशतभन्दा बढी भाषा र जातका आधारमा प्रदेश दिन सकिने भनेर १० प्रदेशको कुरा आयोगले ल्याएको हो,' भट्टराईले भने, 'त्यसैलाई एमाओवादी र अन्य दलले भनेका हुन्। कांग्रेस र एमालेले धेरै धान्न सकिँदैन भन्नुभएको छ। सघन बसोबासको क्षेत्रलाई विभाजन नगरी मिलाएर उहाँहरूले ६ या ७ भन्नुभएको छ। त्यसैले अब सिद्धान्तमा त्यति फरक भएन।' 
१० भन्दा माओवादीले जित्यो भनेजस्तो लाग्ने र ७ भन्दा कांग्रेस/एमालेले जिते भनेजस्तो हुने भएकाले विवाद देखिएको बताउँदै भट्टराईले भने, 'त्यसैले दुवैले जित्ने ८ या ९ हुन सक्छ। सात मान्नेले ८ र दश मान्नेले पनि ८ मान्न किन हुँदैन?'
शासकीय स्वरूपमा पनि कांग्रेस र एमाओवादी मिल्दा आफूहरू जस्तोसुकै प्रस्ताव पनि मान्न तयार भएको एमालेको धारणा आएकाले कांग्रेसलाई अलि लचिलो हुन आफूहरूले आग्रह गरेको बताए। यता निर्वाचन प्रणालीमा भने कांग्रेसले तल्लो सदन कुनै पनि हालतमा पूर्ण प्रत्यक्ष हुनुपर्ने अडान राखेको छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस