काठमाडौं- संविधानका विवादित विषयमा निर्धारित समयसीमाभित्र सहमति जुटाउन असफल भएपछि संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले आइतबारको अन्तिम बैठकलाई निरन्तरता दिँदै घुमाउरो पाराले मिति लम्ब्याएको छ।संवाद समितिले आइतबारसम्ममा संविधानका विवादित विषयमा सहमति गर्न नसके प्रश्नावली बनाउनुपर्ने थियो। तर, प्रश्नावली नबनाई सहमतिका नाममा अन्त्यहीन वार्ताको बाटो अपनाउने रणनीति समितिले लिएको छ।
समितिको बैठकअघि भएको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकले नै सहमतिका नाममा यस्तो मध्यमार्गी बाटो लिने निर्णय गरेको थियो जसलाई समितिको बैठकले सहमति नभइन्जेल बैठकलाई निरन्तरता दिने निर्णय गरेर अनुमोदन गरेको हो।
संविधानसभाले संवाद समितिलाई दिएको अन्तिम समय आइतबारसम्म पनि दलहरूबीच सहमति नभएपछि संवाद समिति निर्णयविहीनताको अवस्थामा छ।
संवाद समितिको बैठक आइतबार २ बजे सुरु हुने बताइए पनि ४ बजेसम्मका लागि स्थगित गरिएको थियो। ४ बजे बोलाइएको बैठक बेलुका साढे ६ बजेसम्म पनि सुरु हुन नसकेपछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको नेतृत्वमा साना दलका सभासदहरू तीन दलको बैठकमा प्रवेश गरेका थिए। उनीहरूले 'संवाद समितिको बैठक सुरु गर्न या स्थगित भएको घोषणा गर्न' दबाब दिएपछि समितिको बैठकमा शीर्ष नेताको बैठकले गरेको निर्णयलाई अनुमोदन गराउँदै २ मिनेटमै बैठक टुंग्याइयो।
बैठकको सुरुमै समितिका सभापति भट्टराईले सहमतिको प्रयास जारी रहेकाले सोमबार बिहान ९ बजेसम्म बैठक स्थगित गरिएको र त्यो बैठक आइतबारकै निरन्तरता हुने जानकारी गराए। 'विवादित विषयमा सहमति गर्न समय–समयमा गृहकार्य गर्यौंब,' भट्टराईले भने, 'अन्ततः सहमतिबाटै टुंगो लगाउनुपर्छ। संविधानका अन्तर्वस्तुमा सहमति गर्ने र सोहीअनुरुपको प्रतिवेदन संविधानसभामा पेस गर्ने कार्यादेश प्राप्त छ। सहमति हुन नसके प्रतिवेदन पेस गर्नेबारे पनि भोलि नै छलफल गर्छौं। प्रतिवेदन पनि सहमतिमै पठाउनुपर्छ।'
भट्टराईले प्रमुख राजनीतिक शक्तिहरूका बीचमा संविधानका मुख्य विषयमा सहमति नभए स्थिति अहिलेकै राजनीतिक शक्तिहरूको नियन्त्रणमा नरहने चेतावनी दिए। 'यी मुख्य विषयमा प्रमुख शक्तिहरू मिलेर अगाडि नबढी विवाद र बहस सुरु भयो भने दिगो शान्ति, स्थायित्व स्थापना हुन सक्दैन,' सभापति भट्टराईले भने, 'विभिन्न ढंगले आन्दोलन र विग्रह सिर्जना भयो भने सधैं अहिलेकै राजनीतिक शक्तिकै हातमा स्थितिको नियन्त्रण रहिरहन्छ भन्ने कुनै ग्यारेन्टी हु“दैन। त्यसो भयो भने विभिन्न शक्ति अगाडि आउन सक्छन् र अहिलेको उपलब्धि केही पनि नरहन सक्छ।'
बैठक निरन्तर रहने भएकाले सोमबार बिहान फेरि छलफल गरिने संवाद समितिका सभापति बाबुराम भट्टराईले जानकारी दिए। 'संविधानसभाको नियमावलीअनुसार संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले सबै कुरा सहमतिद्वारा नै टुंग्याउनुपर्छ,' भट्टराईले पत्रकारसँग भने, 'प्रतिवेदन प्रस्तुत गर्दा पनि सहमतिद्वारा नै निर्माण गर्नुपर्छ। अन्तर्वस्तु र प्रतिवेदनमा टुंगो नलागेसम्म बैठक निरन्तर जारी रहन्छ।'
एकीकृत नेकपा माओवादी तथा उसको नेतृत्वको मोर्चाले प्रक्रियामा जान इन्कार गर्दै आएको छ भने कांग्रेस–एमालेले निर्धारित मितिमा सहमति नभए प्रक्रियामा जानुपर्ने जिकिर गर्दै आएका छन्। यसकै परिणामस्वरूप संवाद समितिको समयसीमा तीनपटकसम्म थप भइसकेको छ। अन्तिमपटक भन्दै थप गरिएको समयसीमाअनुसार आइतबारभित्र संवाद समितिले सहमति गर्नुपर्थ्याे भने सहमति नभएको अवस्थामा विवादित विषयको प्रश्नावली तयार गर्नुपर्थ्याे।
कुनै पनि विषयमा सहमति गर्न नसकेपछि संवाद समितिमा शनिबार सबै दलका आ–आफ्ना अडान लिएर संविधानसभामा जाने सहमति भएको थियो। तर, आइतबार बसेको २२ दलीय मोर्चाले कुनै पनि हालतमा प्रक्रियामा जान नहुने बताउँदै कांग्रेस र एमालेले ल्याएको साझा प्रस्ताव दर्ता नगर्न संवाद समितिसँग आग्रह गरेका थिए। त्यपछि अन्त्यहीन छलफलको बाटो रोजिएको हो।