संवाद समितिमा सत्तारुढ दलहरूको साझा अवधारणा, अन्य दलको विरोध
१७ कार्तिक २०७१
•
५ मिनेट पाठ
संवाद समितिमा सत्तारुढ दलहरूको साझा अवधारणा, अन्य दलको विरोध
काठमाडौं– संविधानका विवादित विषयमा सहमति जुटाइसक्न कात्तिक १५ गतेसम्मको समयसीमा पाएको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले सोमबार पनि आफ्नो राय दिन सकेन।
सत्तारुढ दलहरूले आफ्नो साझा अवधारणा समितिको बैठकमा पेस गरे। तर प्रमुख प्रतिपक्ष एमाओवादीलगायत दलले त्यसको विरोध गरेपछि अन्यौल बढेको छ। सत्तारुढ दलले संविधानका विवादित विषयसहित संविधान निर्माणमा साझा अबधारणा सार्वजनिक गर्दै सोही प्रस्तावमा अन्य दललाई सहमत हुन आग्रह गरेका थिए। तर, एमाओवादीसहितका दलहरूले उक्त प्रस्तावमाथि समितिमा छलफल नै गर्न नहुने अडान राखेका छन्।

सोमबार बिहान ९ बजे बोलाइएको बैठक दिनको २ बजे सुरु भएको थियो। बैठक सुरु हुनासाथ प्रधानमन्त्री सुशील कोइरालाले सत्तारुढ दलले तयार पारेको प्रस्ताव जानकारी गराएका थिए। त्यसपछि एमाले अध्यक्ष केपी ओलीले सो प्रस्ताव पेस गरेका थिए।

सात प्रदेशको अवधारणासहित ओलीले पेस गरेको प्रस्तावमा शासकीय स्वरूप, निर्वाचन प्रणाली तथा न्यायप्रणालिका विषयमा उल्लेख छ। संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र संवैधानिक राष्ट्रपति, १६५ सदस्यीय प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गतको प्रतिनिधिसभा, ७५ सदस्यीय पूर्ण समानुपातिक सिद्धान्तअन्तर्गत गठित राष्ट्रियसभाको प्रस्ताव गरिएको छ। यसैगरी केन्द्रमा सर्वोच्च अदालतसहितको न्यायप्रणालीको प्रस्ताव गरिएको छ।

प्रतिपक्षी दलहरूले भने उक्त प्रस्ताव १२ बुँदे सहमति, विस्तृत शान्ति सम्झौता, मधेस आन्दोलनलगायत उपलब्धिलाई बेवास्ता गर्दै ल्याइएको आरोप लगाएका छन्। ‘यसबारे प्रस्तावका रूपमा छलफल हुन सक्दैन,' एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भने, ‘यो सन्दर्भ सामग्रीका रूपमा रहे पनि संवाद समितिमा यसमाथि छलफल हुँदैन।'

सत्तारुढ दलले प्रस्तुत गरेको प्रस्तावले दलहरूबीच झन् दुरी बढाउने काम गरेको दाहालले आरोप लगाए। दुई बजे बसेको बैठकमा दलहरूबीच सहमति नबन्ने संकेत देखा परेपछि समितिको बैठक स्थगित गरेर शीर्ष नेताहरूको अलग्गै बैठक बसेको थियो। शीर्ष नेता सम्मिलित बैठकमा सहमति बन्न नसकेपछि पुनः समितिको बैठक बस्यो। तर सहमति जुटेन।

कांग्रेस एमालेलगायत दलहरूले भने आफूहरूले पेश गरेको प्रस्ताव समितिले प्रश्नावली बनाएर संविधानसभामा पेस गर्नुपर्ने बताएका छन् भने एमाओवादीलगायत दलले भने प्रश्नावली बनाउन नहुने भन्दै सहमतिको प्रयास जारी राख्नुपर्ने बताएका छन्।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले सहमति गर्ने वा प्रक्रियामा जाने भन्नेबारे निर्णय नभएसम्म बैठक निरन्तर चल्ने बताए।

बैठकमा एमाओवादी अध्यक्ष दाहालले माघ ८ मा संविधान जारी गर्ने मूल कार्यतालिकालाई प्रभावित नगर्ने गरी सहमतिको प्रयास जारी राख्नुपर्ने बताएका थिए।

कांग्रेस–एमालेको प्रस्ताव पञ्चायती शासन संरचनामा फर्काउने किसिमको भएको उनको आरोप थियो। ‘पाँच विकास क्षेत्रलाई सात विकास क्षेत्र बनाएजस्तो वा १४ अञ्चललाई सात अञ्चल बनाएजस्तो गरी प्रस्ताव आयो,' दाहालले भने, ‘यो प्रस्तावमा संघीयताको कुनै गन्ध नै आएन।'

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संवाद समितिको म्याद तीनपटकसम्म थप गर्दा सहमति नभएको र अहिलेकै अवस्थामा सहमति सम्भावना नरहेकाले संवाद समितिले आफूहरूले पेस गरेको प्रस्ताव संविधानसभामा प्रश्नावली बनाएर लैजानुपर्ने बताए।

विधि र प्रक्रियाबिनै प्रस्ताव पेश गरेको भन्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रस्तावको विरोध गरेका थिए।



अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस