काठमाडौं- नेपाली कांग्रेस र नेकपा (एमाले) सहित सत्तारुढ राजनीतिक दलले सोमबार संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा पेस गरेको संविधान सम्बन्धी साझा प्रस्तावमा विपक्षी दलले विमति जनाएका छन्। उनीहरुले उक्त प्रस्तावमाथि समितिमा छलफलै हुन नसक्ने दाबीसमेत गरेका छन्।
संविधानसभामा दुई तिहाइ बहुमत रहेका कांग्रेस, एमाले, राप्रपा, बहुजन शक्ति पार्टी र दुई स्वतन्त्र सभासदले संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीबारे साझा प्रस्ताव तयार गरी सोमबार संवाद समितिमा प्रस्तुत गरेका हुन्।
विपक्षी दलका नेता एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले दुई दलको प्रस्तावमाथि कुनै हालतमा छलफल गर्न नसकिने बताए। 'कांग्रेस/एमालेले ल्याएको यो अवधारणालाई प्रस्तावका रुपमा संवाद समितिमा छलफल हुन सक्दैन,' दाहालले पत्रकारसँग भने, 'यो केही पार्टीका नेताहरुको धारणा मात्र हो, त्यसैले एउटा सन्दर्भ–सामग्री मात्रै हुन सक्छ, संवाद समितिबाट अघि जान सक्दैन।'
कांग्रेस–एमाले प्रस्तावले शान्ति–सम्झौता, १२ बुँदे सहमति, विभिन्न समुदायसँग गरेको सम्झौतामाथि विश्वासघात गरेको उनको आरोप छ। 'सबै सहमति छाडेर उहाँहरु पुरानै अवस्थामा फर्किनुभएको छ,' संवाद समितिको बैठकमा दाहालले भने, 'सहमतिहरु निर्मतापूर्वक उल्ट्याइएको छ, उहाँहरुले ल्याएको प्रस्तावमा संघीयताको गन्ध पनि छैन। पाँच विकास क्षेत्रलाई ७ बनाएको या १४ अञ्चललाई ७ बनाएको भन्दा फरक पर्दैन। पञ्चायतकालीन ७५ जिल्ला पनि कायम गरिएको छ। यसले सहमति हुनै सक्दैन।'
दाहालले शान्ति प्रक्रिया र लोकतान्त्रिक मूल्य–मान्यताबाट आफूहरु पछि नहट्ने दाबीसमेत गरे। विगतका सम्झौताबाट हट्दा इतिहासले क्षमा नदिने दाहालको चेतावनी थियो।
संवाद समितिको सोमबारको बैठकमा कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलका प्रस्तावबारे जानकारी गराएका थिए। प्रस्तावमा कांग्रेसका २०६, एमालेका १८२, राप्रपाका १३, बहुजन शक्ति पार्टीका १ र २ स्वतन्त्र सभासद गरी दुई तिहाइ बहुमत छ।
सत्तारुढ दलले भने सहमति कायम हुन नसकेकैले आफूहरुले प्रस्ताव ल्याएको भन्दै समितिले उक्त प्रस्ताव संविधानसभामा पठाउनुपर्ने जिकिर गरेका छन्। कांग्रेस उपसभापति रामचन्द्र पौडेलले नियमावलीबमोजिम संवाद समितिले नयाँ प्रस्ताव लैजान सक्दिनँ भन्नै नमिल्ने बताए। 'संवाद समितिको काम के हो?,' पौडेलको प्रश्न छ, 'सहमति भए सहमतिको विचार र असहमति भए असहमतिको विचार संविधानसभामा लैजानुपर्छ।'
संवाद समितिका सभापति बाबुराम भट्टराईको काम प्रस्ताव ल्याउने नभएको बताउँदै पौडेलले भने, 'उहाँ समितिको सभापति हो, यसकारण समितिको सभापति एउटा पक्षमा लाग्ने होइन, यो प्रस्ताव संविधानसभामा लैजानुपर्छ। त्यहीँबाट निर्णय हुन्छ।'
समितिले प्रश्नावली बनाउन नसकेकैले आफूहरुले प्रश्नावलीकै रुपमा प्रस्ताव अघि सारेको उनले दाबी गरे। 'प्रश्नावली बनाउने आधार बनाइदियौं,' पौडेलले भने, 'एउटा प्रश्न यही भयो, चारवटा विषयमा हामीले प्रश्न बनायौं। यो हुनुपर्छ भनेर प्रस्ताव ल्यायौं। त्यो हुँदैन भन्नेहरुले पनि प्रस्ताव ल्याउन सक्नुहुन्छ।'
भट्टराईले प्रश्नावली बनाउन नजानेको पौडेलले आरोप लगाए। 'हाम्रो प्रस्ताव संविधानसभामा पुगेपछि सदस्यहरुले त्यहीँ छलफल गर्न सक्छन्, सहमति भएन भनेर यहाँ रोकेर हुँदैन,' पौडेलले भने।
सोमबारको बैठकमा मधेसवादी दलका नेताले पनि सत्तारुढ दलले ल्याएको प्रस्तावको विरोध जनाएका थिए। सद्भावना पार्टीका लक्ष्मणलाल कर्ण, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलगायतले पनि यसले सहमतिको वातावरण बिगारेको बताएका थिए।
यता, संवाद समितिका सभापति बाबुराम भट्टराईले विवादित विषयमा विभिन्न दलका नेताहरुले धारणा राख्ने क्रम जारी रहेकाले सत्तारुढ दलले ल्याएको प्रस्तावमा पनि छलफल हुने बताए। 'संविधानका अन्तर्वस्तुमा सहमति कायम हुन बाँकी विषयमा आज (सोमबार) पनि दलगत अवधारणा प्रस्तुत गर्नुभएको छ,' भट्टराईले भने, 'छलफलको समय अझै आवश्यक परेको हुँदा हाम्रो बैठक निरन्तर जारी रहन्छ। छलफल सकिएर सहमति या असहमतिको प्रतिवेदन तयार नभएसम्म बैठक जारी रहन्छ। कांग्रेस र एमालेको प्रस्तावमा पनि छलफल हुन्छ।'