काठमाडौं– संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले संविधान निर्माण जस्तो महत्वपूर्ण विषयमा हतार गर्न नहुने बताएका छन्। उनले सानो गल्तीलेसमेत द्वन्द्वको पुनरावृत्ति गर्न सक्ने चेतावनी दिएका छन्।मगलवार सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले संविधानसभाबाट संविधान बनाउने विषय विगतको द्वन्द्वको व्यवस्थापन गर्ने विषय पनि भएकाले हतारमा गलत निर्णय गरेर मुलुकमा पुन द्वन्द्वको पुनरावृत्ति गर्न नहुने बताए। 'हतार गर्नुसट्टा केही समय लिएर द्वन्द्वलाई स्थायीरुपले समाधान गनेतर्फ कोशिस गर्नुपर्छ, उनलेभने ।
संवाद समितिको बैठक निरन्तर चलिरहेको उल्लेख गर्दै छलफल नटुंगिएसम्म जारी रहने बताए। 'छलफल टुंगिएको छैन र यो निरन्तर जारी रहन्छ, उनले भने,'यसबीचमा शीर्ष नेताहरुसँग र संविधानसभाका अध्यक्षसँग पनि परामर्श गरेर यसलाई कसरी टुंग्याउने भन्ने विषयमा निर्णयमा पुग्छौं, उनले भने,' 'असाध्यै महत्वपूर्ण विषय भएको हुनाले हामीले केही समय लिएर भए पनि यो विषयलाई अन्ततः सुखद् ढंगले टुंग्याउनु पर्छ।'
सभापतिका रुपमा भट्टराईको भूमिका शंकास्पद भन्दै सत्तारुढ दल कांग्रेस एमाले भने रुष्ट बनेका छन्। १५ गते म्याद सकिएको संवाद समितिको बैठक सभापति भट्टराईले निरन्तर भन्दै लम्ब्याएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन्। उनीहरुले आफूहरुले पेश गरेको प्रस्तावलाई छलफलकालागि संविधानसभामा पठाउन र विवादित विषयमा प्रश्नावली तयार गर्न भट्टराईलाई आग्रह गरेपनि भट्टराईले नटेरेको सत्तारुढ दलले आरोप लगाएका छन्।