भट्टराईसँग कांग्रेस–एमाले सशंकित
१८ कार्तिक २०७१
•
९ मिनेट पाठ
भट्टराईसँग कांग्रेस–एमाले सशंकित
काठमाडौं-संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको जारी बैठक मंगलबार एकाएक ‘अर्को सूचना नभएसम्मका लागि' स्थगित गरिएपछि सत्तारुढ नेपाली कांग्रेस तथा नेकपा एमालेका नेता आक्रोशित बनेका छन्।मंगलबार करिब चार घन्टा बैठक बसेपछि संवाद समितिका सभापति बाबुराम भट्टराई ‘प्रमुख दलका नेता र संविधानसभा अध्यक्षसँग छलफल गर्नुपर्ने' भन्दै बैठक स्थगित गरेर बाहिरिएका थिए। लगत्तै कांग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाले उपाध्यक्ष विद्या भण्डारी, कानुनमन्त्री नरहरि आचार्य लगायत नेता सभापति भट्टराईको कार्यकक्षतिर बढे। भट्टराई भने कार्यकक्षमा भेटिएनन्।
त्यसपछि उनीहरू हान्निँदै संविधानसभा अध्यक्षको कार्यकक्ष पुगे। त्यहाँ पनि भट्टराईसँग भेट भएन। संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँगको छलफलमा कांग्रेस–एमाले नेताले संविधानसभाको बैठक डाकेर बाँकी विषय त्यहीँबाट टुंगो लगाउन माग गरे।
‘धेरै नतात्तिनुस्, तात्तिएर निर्णयमा पुगिँदैन,' छलफलमा सहभागी एक कांग्रेस नेताले अध्यक्ष नेम्वाङको भनाइ उद्धृत गर्दै भने, ‘पहिले सबै ठन्डा हुनुहोस्, त्यसपछि सल्लाह गर्नुहोस्। बिग्रेको नियम होइन, राजनीति हो। राजनीतिक तहबाटै निर्णय गर्नुपर्छ।'
कांग्रेस–एमाले नेतालाई साना दलका सभासदले साथ दिइरहेका थिए। उनीहरू भन्दै थिए, ‘संवाद समितिका सभापतिले जे गर्नुभयो, ठिक भएन।' 
कांग्रेस उपसभापति पौडेलले भट्टराईको नियत छलफल गर्ने नरहेको टिप्पणी गरेका छन्। ‘म उता बोल्दै थिएँ, उहाँ (बाबुराम भट्टराई) त एकाएक हिँड्नुभयो,' पौडेलले भने, ‘नेताहरूसँग सल्लाह गर्छु भनेर हिँड्नुभयो। म पनि पछि लागेर गएँ। उहाँ त फटाफट जानुभएछ, फेला पार्नै सकिएन। उहाँको छलफल गर्ने नियत छैन। अर्को बैठक तुरुन्त बोलाउने नियत पनि रहेनछ।'
सत्तारुढ कांग्रेस–एमाले नेतालाई सोमबार प्रस्तुत गरिएको आफ्नो संयुक्त प्रस्ताव अघि नबढाउन एकाएक बैठक स्थगित गरिएको आशंका छ। ‘जसरी पनि प्रक्रिया अघि बढ्न नदिने कुरा आइरहेको थियो,' पौडेलले भने, ‘त्यसमा सभापति प्रयोग हुनुभयो।' यसबारे दुई दलका नेता आन्तरिक रूपमा बसेर थप छलफल गर्ने उनले बताए।
‘हामी हाम्रा सदस्यसँग बसेर निर्णय गर्छौं,' उनले भने, ‘संविधानसभा अध्यक्षसँग पनि कुरा गर्छौं।' 
कात्तिक १६ देखि जारी संवाद समिति बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो। कांग्रेस, एमाले, राप्रपालगायत दलले समितिमा राखेको संयुक्त प्रस्ताव संविधानसभामा लैजाने कि नलैजाने भन्ने बहस मंगलबार पनि जारी थियो। समितिमा फरक–फरक धारणा आइरहेका थिए। कांग्रेस–एमालेलगायत दलले प्रस्ताव संविधानसभामा लगेर छलफल गराउनुपर्ने बताएका थिए। विपक्षमा रहेका दलले भने नियमअनुसार प्रस्ताव नआएकाले छलफल हुनै नसक्ने अडान राखेका थिए। केही सदस्यले त समिति बैठक स्थगित भएको भेउसमेत पाएनन्।
एमालेका प्रमुख सचेतक अग्नी खरेलले समितिमा मंगलबार भएको घटना परिकल्पना बाहिरको भएको प्रतिक्रिया दिए। ‘आज जे भयो त्यो परिकल्पनै गरिएको थिएन,' उनले भने, ‘सभापतिले आफ्नो गल्ती सच्याउँदै अविलम्ब बैठक बोलाउनुपर्छ।' उनले समितिको सभापति पद कुनै पार्टीविशेषको नभएकाले त्यसैअनुसार अघि बढ्नुपर्ने धारणा राखे।
‘समितिमा आएका कतिपय कुराले सभापतिलाई तनावमा पार्न सक्छ,' उनले भने, ‘तनाव भए पनि सभापतिले संविधान, नियम र कानुनअनुसार काम गर्नुपर्छ। भट्टराई र समितिका सभापति बेग्लाबेग्लै व्यक्ति हुन्, तर आज सभापतिको भूमिकालाई बाबुराम भट्टराईको भूमिकाले थिचेको देखियो।'
सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले समिति बैठकमा हालसम्मको छलफल कानुन र नियमावलीअनुसार नभएको बताए। ‘निर्क्योल भएका विषयवस्तुमा सहमति/असहमति गर्नुपर्नेमा अर्कै विषयमा छलफल हुन्छ,' उनले भने, ‘हामीलाई एउटा एजेन्डा बाँडिन्छ, छलफल अर्कै हुन्छ। छलफल विधिबाट हुनुपर्छ।'
समितिका सदस्य चित्रबहादुर केसीले पनि बैठकप्रति व्यंग्य गर्न छाडेनन्। ‘सहमतिका यतिधेरै कुरा सुनियो कि कानका जाली फुट्न थाले,' केसीले पत्रकारहरूसँग भने, ‘यो समिति पनि आँखामा पानी छउन्जेल चल्ने भयो। हामीले दैनिक दबाब दिएका छौं। आज पनि हामी १६ गतेकै बैठक बसिरहेका छौं, तपाईंहरू १८ गते भनेर झुक्किनुहोला।'
समितिका सभापति भट्टराईले भने संविधान निर्माणको कुरामा हतारहतार गलत निर्णय गरेर द्वन्द्व पुनरावृत्ति गर्न नहुने बताए। ‘संविधानसभाबाट संविधान बनाउनु विगतको द्वन्द्व व्यवस्थापन गर्नु पनि हो,' भट्टराईले भने, ‘हामीले हतारमा गलत निर्णय गरेर फेरि द्वन्द्व पुनरावृत्ति गर्नुसट्टा केही समय लिएर द्वन्द्वको स्थायी समाधान गर्ने कोसिस गर्नुपर्छ। विवादित विषय सुखद ढंगले टुंगो लगाउनुपर्छ।'
समितिको बैठक निरन्तर जारी रहने पनि उनले बताए। ‘छलफल टुंगिएको छैन, यो निरन्तर जारी रहन्छ,' उनले भने, ‘यसबीच शीर्ष नेता र संविधानसभाका अध्यक्षस“ग परामर्श गरेर कसरी टुंग्याउने भन्ने निर्णयमा पुग्छौं। असाध्यै महत्वपूर्ण विषय भएकाले केही समय लिएर भए पनि सुखद ढंगले टुंग्याउनुपर्छ।'




भट्टराईलाई समितिमा देखिएका पछिल्ला गतिविधिले थप अप्ठेरो पारेको नेताहरू बताउँछन्। समितिमा दुई तिहाइको संख्यामा रहेका सत्तारुढ दलले ल्याएको प्रस्ताव अघि बढाउने या नबढाउने भन्ने अप्ठेरो भट्टराईलाई परेको छ। उनले सत्तारुढ दलका नेतालाई प्रस्ताव मिलाएर अघि बढाउने आश्वासन दिएका छन्। उनकै पार्टी एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल भने कुनै पनि हालतमा उक्त प्रस्ताव संवाद समितिले लिन नहुने अडानमा छन्।
‘बाबुरामजी अप्ठेरो अवस्थामा पर्नुभयो,' एक नेताले भने, ‘तनावको अवस्थामा रहनुभन्दा राजीनामा दिनु उपयुक्त हुने कुरा गर्नुभएको थियो। हामीले त्यसो गर्न हुँदैन, सहमतिमै निकास निकाल्नुपर्छ भनेका छौं।' केही नेताले भने समितिको समय सकिएकाले आएका विषयजति संविधानसभामा पठाइदिए उसैले निर्णय गर्ने राय दिएका छन्।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस