काठमाडौं- 'आफ्नो कुरा राखेर तपाईं हिँड्न पाउनुहुन्न। तपाईंका कुरा हामीले सुन्यौं, हाम्रा कुरा पनि तपाईंले सुन्नुपर्छ।'
संसदको अर्थ समितिमा बुधबार लिखित मन्तव्य राखिसक्नेबित्तिकै बाहिरिन लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई रोक्दै एमाले नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सभापतिको ध्यान खिचे, 'उहाँ (कार्की) यसरी हाम्रो कुरा सुन्दै नसुनी निस्कन पाउनुहुन्न सभापतिज्यू।'
'जरुरी बैठक छ' भन्दै उम्किन खोजेका कार्कीलाई नेता पाण्डेले यसो भनेपछि अन्य सांसदले पनि 'हो' मा 'हो' मिलाए। लगत्तै पाण्डेले 'अख्तियार आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएको' भन्दै पछिल्लो समय अख्तियारले गरेका निर्णय र काम–कारबाहीबारे धाराप्रवाह टिप्पणी गरे।
कार्कीकै सामुन्ने सिटमा बसेका पाण्डेले उनीसँग सिधा आँखा जुधाउँदै भने, 'तपाईंले अख्तियार आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएको छैन भन्नुभयो। अख्तियारलाई के अधिकार दिइएको रहेछ भनेर मैले हेरेँ। कानुनले तपाईंहरूलाई अख्तियार दुरुपयोगको आरोप लागेका व्यक्ति वा सम्बद्ध तथ्यको जानकारी लिने भनेको छ। तपाईंले कावेली विद्युत आयोजनाका लागि दिएको निर्देशनमा कुन व्यक्तिले अख्तियार दुरुपयोग गरेको छ? तपाईंलाई यस्तो निर्देशन दिन कुन कानुनले अधिकार दिएको छ? केका आधारमा तपाईंले फैसला गरेर विविध आयोजनाको लाइसेन्स रद्द गर्न लगाउनुभयो?'
पाण्डेले कार्कीलाई प्रश्नको फोहरा हानी नै रहे, 'के आधारमा तपाईंले फाइल रोकेर कारबाही चलाउने? अख्तियारलाई कानुनले यस्तो अधिकार दिएकै छैन। कानुनले नै नदिएको काम तपाईंहरूले गर्न मिल्छ?'
पाण्डे अझै रोकिएनन्।
उनले विद्युत आयोजना निर्माण ट्रान्समिसन लाइनसँग जोडिएको बताउँदै सरकारी कमजोरीको भागीदार निर्माणकर्ता हुनु नपर्ने दाबी पनि कार्कीसमक्ष गरे। 'कावेली विद्युतको सन्दर्भमा फाइनान्सियल क्लोजर मात्र समस्या हो,' पाण्डेले भने, 'ट्रान्समिसन लाइन बन्दैन भने उसले विद्युत सडकमा फाल्ने? ट्रान्समिसन लाइन बनाउने काम सरकार र विद्युत प्राधिकरणको हो कि होइन? म अर्थमन्त्री भएरै आएको मान्छे हुँ। जुम्लामा कति वर्षमा ट्रान्समिसन लाइन बन्छ, त्यो पनि थाहा छ। ३० वर्षमा पनि बनाउने योजना छैन। लाइसेन्स अवधि दुई वर्ष मात्रै हुन्छ भने किन लाइसेन्स दिने?'
'अख्तियारले विमानस्थलमा बत्ती बाल भनेर निर्देशन दिएको सुन्छु। यो कार्यकारीको काम हो कि अख्तियारको? बत्ती नबाल्ने कर्मचारीलाई कारबाही गर भनेको भए एउटा कुरा हुन्थ्यो। अख्तियारले कार्यकारी काम गर्ने होइन। ट्वाइलेट सफा गर भनेर निर्देशन दिने होइन,' पाण्डेले आक्रोशित हुँदै भने, 'इट्स वाच डग, नट अ बाइटिङ डग।'
एमाले नेता पाण्डेले 'आइन्दा यस्ता विषयमा प्रवेश नगर्न' कार्कीलाई चेतावनी दिँदै थपे, 'अख्तियारले आफैं कार्यकारीझैं निर्देशन दिँदै हिँड्ने हो भने देश अघि जान सक्छ? मैले देख्दा तपाईं कानुनभन्दा बाहिर जानुभएको छ। यस्तो काममा अख्तियार प्रवेश गर्न पाउँदैन। आइन्दा यस्तो काममा हात नहाल्नुहोला।'
अख्तियारले कावेली जलविद्युत आयोजनालगायत अन्य विद्युत आयोजनाको दर्ता खोरज गर्न दिएको निर्देशनका सम्बन्धमा जानकारी लिन संसदको अर्थ समितिले अख्तियार प्रमुख कार्कीसहित अन्य पदाधिकारीलाई बुधबार समिति बैठकमा बोलाएको थियो। खचाखच भरिएको समितिको कार्यकक्ष कार्की र सांसदहरूबीचको सवाल–जवाफले निकैबेर तात्न पुग्यो।
सांसदहरूका तर्फबाट सुरुमै समिति सभापति प्रकाश ज्वालाले अख्तियारले क्षेत्राधिकार मिचेको, शासनै अख्तियारले गर्न लागेको, विभिन्न निकायमा कर्मचारी पठाउने आदेशसमेत अख्तियारले दिने गरेको आरोप लगाएका थिए। अख्तियारमा निजामती कर्मचारी हटाई प्रहरी बढाएर फौजी संरचना निर्माण गरेको, काठमाडौं महानगरपालिकाबाट तीन ट्रक फाइल कब्जामा लिएको, विश्वविद्यालय, उच्च मावि शिक्षा परिषदमा आतंक मच्याएको, कर्मचारी युनियनका होर्डिङ बोर्ड हेरेर फोटो खिची बोलाउने काम गरेको लगायत गुनासा आएको उनले बैठकको सुरुमै राखेका थिए।
संसदीय समितिमा दोस्रोपटक उपस्थित कार्की यसपटक भने खुला सवाल–जवाफमा ओर्लिए। अघिल्लोपटक पत्रकारलाई प्रवेशमा रोक लगाएको विषयमा सुशासन तथा अनुगमन समितिले अख्तियारको कामकारबाहीबारे बैठकमा बोलाएर जानकारी लिएको थियो।
बिहीबार अर्थ समितिको बैठकमा सांसदहरूलाई जवाफ दिने क्रममा कार्कीले कावेलीलगायत विद्युत आयोजनाको लाइसेन्स रद्द गर्न अख्तियारले निर्देशन नदिएको प्रस्ट पार्न पाण्डेका हरेक प्रश्नको एकेक गरी जवाफ दिएका थिए।
'अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यकारी होइन,' सांसद पाण्डेको प्रश्नको जवाफमा उनले भने, 'हामी वाच डग नै हौं, बाइटिङ डग होइनौं। तर हामी सरकारका गतिविधि, सार्वजनिक पदधारण गरेका व्यक्ति वा संस्थाका गतिविधि नियाल्ने निकाय पनि हौं। संविधान र कानुनले हामीलाई त्यो अधिकार दिएको छ।'
'हामीले विद्युत ऐन र निर्देशिकाका प्रावधानतर्फ ध्यानाकर्षण गराउँदै आवश्यक कारबाहीका लागि लेखी पठाएका मात्र हौं,' कार्कीले भने, 'लाइसेन्स रद्द गर्न निर्देशन दिएका छैनौं। लाइसेन्स दिने प्रक्रिया मलाई पनि थाहा छ। म पनि जलस्रोत सचिव भएर बसेको व्यक्ति हुँ।'
उनले अरुण तेस्रोका लागि विश्व बैंकले गरेको सहयोग राहुघाट र कावेलीमा खर्च गरिएको उल्लेख गर्दै भने, 'लगानीकर्ताले कानुन पालना गरेको छ कि छैन भनेर हेर्ने ऊर्जा मन्त्रालय नै हो। हामीले फाइल अध्ययन गर्दा र विद्युत विकास पदाधिकारीसँग छलफल गर्दा सर्तनामाअनुसार २०७० भदौ २० गतेभित्र फाइनान्सियल क्लोजर र पिपिए पूरा हुनेछ भनेर उल्लेख गरिएको रहेछ। पूरा नभएको देेखेर आवश्यक कारबाही गर्नू भनेर लेखी पठाएका हौं। अब के निर्णय गर्ने, ऊर्जा मन्त्रालयले गर्ने हो।'
यति मात्र होइन, मन्त्रिपरिषदले नै विवादित विषयमा निर्णय गर्ने गरेको उनले आरोप लगाए। 'अहिले त मन्त्रिपरिषदमा लगेर भटाभट निर्णय गर्ने प्रचलन छ,' उनले भने, 'हामीले बारम्बार मन्त्रिपरिषदलाई अनुरोध गरेका छौं। अहिले एक महिनाको अन्तरालमा पनि मन्त्रिपरिषदले तीनवटा यस्ता निर्णय गरेको छ। अख्तियारले मन्त्रिपरिषदको निर्णय हेर्न मिल्दैन भनेर यस्तो गरिएको हो।'
कार्कीले अख्तियार विकासविरोधी नभएको उल्लेख गर्दै लगानीमैत्री वातावरणका लागि सहयोगी हुने बताए। 'हामी पनि जिम्मेवार निकाय हौं,' कार्कीले भने, 'हामीले पनि आँखामा पट्टी बाँधेर गलत होस् भन्ने अभिप्राय राखेका छैनौं।'
आफूले समयमा निर्णय नगर्ने सरकारी अधिकारीलाई पनि भ्रष्टाचारीसरह कारबाही गर्न पाउने गरी ऐन संशेाधनको प्रस्ताव राखेको पनि उनले जानकारी दिए। 'निर्णय नगरेर राष्ट्रलाई घाटा पार्ने काम भ्रष्टाचारभन्दा कम होइन,' उनले भने।
समितिमा कांग्रेस सांसद चन्द्रकान्त भण्डारीले मुलुकमा सबै विधिको शासनमा प्रतिबद्ध हुनुपर्ने बताउँदै अख्तियारको कामले बाहिर थप आशंका जन्माएको बताएका थिए। 'विधिको शासनका लागि हामीले अख्तियार स्थापना गरेका हौं,' भण्डारीको भनाइ थियो, 'अख्तियार बनाउन सबभन्दा बढी पहल खुमबहादुर खड्का र चिरञ्जीवी वाग्लेले गर्नुभएको हो। उहाँहरू पहिलो कारबाहीमा पर्नुभयो। आफैं अन्यायमा पर्नुपरे पनि विधिबाट देशलाई लैजानुपर्छ भन्ने मान्यता हो। होइन भने कुनै पनि संस्था चल्न सक्दैन।'
अख्तियारले कारबाही गर्ला भनेर अन्य निकायले कामै गर्न छाड्ने स्थिति र आफ्नो क्षेत्राधिकारबारे स्पष्ट हुनुपर्ने उनले बताएका थिए।
जरुरी बैठकमा जानुपर्ने भन्दै समितिका सभापतिसँग पटक–पटक बिदा माग्दै गरेका कार्कीलाई तीन सांसदले मात्रै प्रश्न सोधेका थिए। एकीकृत नेकपा माओवादीका शक्तिबहादुर बस्नेतले करोडका अनियमितता भएको ठाउँमा अख्तियारले नहेरेको र २ हजारसम्मका अनियमितता हेरेर कर्मचारी तर्साएको आरोप लगाएका थिए।
'अख्तियारले कार्यकारीको भूमिका निर्वाह गर्योर कि?,' उनले प्रश्न गरे, 'जहाँ केन्द्रित हुनुपर्ने हो त्यहाँभन्दा बाहिर गएको गुनासो छ। कावेलीकै विषयमा जनता स्पष्ट हुनुपर्ने गरी काम गर्नुपर्छ।'
कावेलीका सम्बन्धमा जवाफ दिन लिखित मन्तव्य वितरण गरेका कार्कीलाई सुरुमै समितिका सभापतिले तेर्स्याएका प्रश्नको जवाफ दिनै हम्मे परेको थियो। उनलाई हरेक विषयमा प्रस्टीकरण दिन समस्या परेको थियो।
कार्कीले त्यसअघि सभापतिले राखेका जिज्ञासाको पनि जवाफ दिएका थिए। 'अख्तियारले आतंक मच्यायो भन्नु व्यक्तिको सोचाइ मात्र हो,' उनले भने, 'जो नियमबाहिर रहेर काम गर्न खोज्छ, उसले अख्तियारको आतंक देख्छ।' उनले अख्तियारले कुनै पनि व्यक्तिलाई नचिन्ने पनि प्रस्ट पारे। अनावश्यक दुःख दिने गरेको विषय पनि सही नभएको भन्दै आफू अख्तियार प्रमुख हुँदा ८ हजार मुद्दा रहे पनि अहिले २६ हजार नाघेको र यो वर्ष ३० हजार पुग्ने उनले जनाए।
कार्कीले आफ्नो लिखित मन्तव्यमा अख्तियार संसद नियमावलीमा सुशासन तथा अनुगमन समितिको क्षेत्राधिकारभित्र रहेको बताउँदै भनेका थिए, 'अब अख्तियारसँग सम्बन्धित विषय भए सुशासन समितिमार्फत मात्र बोलाइदिनुहोला।'