काठमाडौं- दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) ले क्षेत्रीय एकता र 'कनेक्टेभिटी' (सम्पर्क सञ्जाल) लाई प्राथमिकतामा राख्दै आए पनि सदस्य राष्ट्रहरूले एकअर्कामै उपस्थिति जनाउन सकेका छैनन्। सार्कको सचिवालय (मुख्यालय) रहेको नेपालमा समेत सबै सदस्य राष्ट्रले दूतावास खोल्न सकेका छैनन्।
स्थापना भएको २९ वर्षमा सार्क सचिवालय रहेको नेपालमा ८ सदस्य राष्ट्रमध्ये चारले मात्र दूतावास खोलेका छन्। अन्य तीन सदस्य राष्ट्रले भने भारतको नयाँ दिल्लीस्थित आफ्नो दूतावासमार्फत नेपाललाई हेर्ने गर्छन्। सार्क सदस्यमध्ये भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानको मात्र नेपालमा प्रत्यक्ष उपस्थिति (दूतावास) छ। भुटान, माल्दिभ्स र अफगानिस्तानले भने नयाँ दिल्लीबाट नेपाल हेर्ने गर्छन्। 'सार्कलाई बढी गतिशील बनाउन सदस्य राष्ट्रको उपस्थिति अन्य सबै सदस्य राष्ट्रमा हुनैपर्छ,' पूर्व परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेले भने, 'कम्तीमा पनि काठमाडौंमा सबैको उपस्थिति हुन जरुरी छ।'
सार्क सचिवालय राखेको नेपालले समेत सबै सदस्य राष्ट्रमा आफ्नो प्रत्यक्ष उपस्थिति जनाउन सकेको छैन। नेपालले भुटान, माल्दिभ्स र अफगानिस्तानमा दूतावास खोल्न सकेको छैन। नयाँ दिल्लीस्थित आफ्नो दूतावासमार्फत भुटान, श्रीलंकास्थित दूतावासमार्फत माल्दिभ्स र पाकिस्तानस्थित दूतावासमार्फत अफगानिस्तानलाई नेपालले हेर्दै आएको छ।
स्थापना भएको तीन दशक बित्न लाग्दा ८ सदस्यमध्ये भारतले मात्र सार्कका सबै सदस्य राष्ट्रमा दूतावास खोली आफ्नो प्रत्यक्ष उपस्थिति देखाएको छ। अन्य सदस्य राष्ट्र भने सबैमा प्रत्यक्ष उपस्थित हुन सकेका छैनन्। सबैभन्दा कम भुटानको दुई राष्ट्रमा मात्र दूतावास छ।
भुटानको सार्क सदस्य राष्ट्रमध्ये बंगलादेश र भारतमा मात्र दूतावास रहेको छ भने श्रीलंकामा वाणिज्य दूतावास छ। नेपाल, पाकिस्तान, माल्दिभ्स र अफगानिस्तानमा श्रीलंकाको प्रत्यक्ष उपस्थिति छैन। बंगलादेश र भारतमा मात्र सार्कका सबै सदस्य राष्ट्रका दूतावास छन्। 'सबै राष्ट्रमा सबैको दूतावास भए कुनै पनि कुरा सुरुआत गर्न सजिलो हुन्छ। सार्कले अपेक्षा गरेअनुसार गति लिन नसक्नुको कारणमध्ये एक यो पनि हो,' घिमिरेले भने।
सबैभन्दा बढी सार्क सदस्य राष्ट्रको अनुपस्थिति भुटान र अफगानिस्तानमा छ। त्यहाँ पाँच–पाँच सदस्य राष्ट्रका दूतावास छैनन्। नेपाल, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र अफगानिस्तानले भुटानमा दूतावास खोलेका छैनन् भने नेपाल, भुटान, बंगलादेश, श्रीलंका र माल्दिभ्सले अफगानिस्तानमा दूतावास खोलेका छैनन्।
सबै सदस्य राष्ट्रको दूतावास रहेको बंगलादेशले भने सार्कको सबैभन्दा कान्छो सदस्य राष्ट्र अफगानिस्तानमा मात्र प्रत्यक्ष उपस्थिति जनाउन बाँकी छ। पाकिस्तानले भुटान बाहेकका सबै सदस्य राष्ट्रमा दूतावास खोलेको छ। सार्क सदस्य राष्ट्रमध्ये भुटानको मात्र पाकिस्तानमा दूतावास छैन।
श्रीलंकाले अफगानिस्तान र भुटान बाहेकका सबै सदस्य राष्ट्रमा दूतावास स्थापना गरिसकेको छ भने भुटान र अफगानिस्तानबाहेक अन्यले श्रीलंकामा उपस्थिति जनाएका छन्। टापु राष्ट्र माल्दिभ्सले पनि सार्क सदस्यमध्ये भारत, श्रीलंका, बंगलादेश र पाकिस्तानमा दूतावास खोलिसकेको छ। माल्दिभ्सले उपस्थिति जनाउन नसकेको नेपाल, भुटान र अफगानिस्तानले पनि माल्दिभ्समा दूतावास खोल्न सकेका छैनन्। अफगानिस्तानले राष्ट्र भारत, बंगलादेश र पाकिस्तानमा मात्र दूतावास स्थापना गरेको छ।
'सार्क सदस्य राष्ट्र सबैको सबैमा उपस्थिति हुनुपर्छ भन्ने कुरा मेरो पालामा उठेको थियो। हामीले पनि सबै सदस्य राष्ट्रमा राख्ने र अन्य सदस्यलाई पनि काठमाडौंमा दूतावास खोल्न आग्रह गर्ने भन्ने बारेमा मन्त्रालयमा छलफल पनि भएको हो,' पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भने, 'तर, पछि यो कुरा कहाँ पुग्यो थाहा भएन।'
सार्कले आफ्ना घोषणापत्रमा कुनै न कुनै रूपमा क्षेत्रीय एकता र कनेक्टेभिटीलाई प्राथमिकतामा राख्दै आएको छ। तर, सबै सदस्य राष्ट्रमा सबैको उपस्थित हुनुपर्छ भन्नेमा भने ध्यान पुग्न सकेको छैन।
'सबै सदस्यले सबैमा दूतावास खोल्न सार्मथ्य र प्राथमिकता नहुन पनि सक्छ। तर, सार्कले गरेको प्रतिबद्धतालाई सदस्य राष्ट्रले आन्तरिक प्राथमिकतामा नपारेसम्म कनेक्टिभिटी बढ्दैन। राष्ट्रिय स्वार्थमा नपारेसम्म सार्क प्रतिबद्धता घोषणापत्रमै मात्र सीमित हुन्छ,' पूर्व परराष्ट्रमन्त्री भेषबहादुर थापाले भने।