काठमाडौं-नेकपा (एमाले)का सांसदहरुले पार्टीमा छलफल नै नगरी संविधानका विषयमा कांग्रेससँग सहमति गरेको भन्दै नेतृत्वप्रति आपत्ति जनाएका छन्।
एमाले संसदीय दलको बैठकमा सांसदहरुले पार्टी नेतृत्वले आफूहरुलाई ‘वाइपास’ गरेर अघि बढ्न खोजेको भन्दै शीर्ष नेताको ध्यानआकर्षण गराएका थिए। बैठकमा संसदीय दलका नेता तथा एमाले अध्यक्ष केपी ओलीले विपक्षी २२ दलीय गठबन्धनका कारण आफूहरु कांग्रेससँग सहमति गर्न बाध्य भएको बताएका थिए। उनले सबै पार्टीसँग सहमतिको सम्भावना कमजोर हुँदै गएकाले सत्तारुण दलले सहमतिको साझा प्रस्ताव तयार गर्नुपरेको सांसदहरुलाई जवाफ दिए।
एमाले र अन्य दलबीच भएका सहमतिबारे एमाले उपाध्यक्ष भीम रावलले सांसदहरुलाई जानकारी गराएका थिए।
त्यसैगरी, एमाले सांसद चुडामणि विक जंगलीले अझैपनि सहमति हुन्छ भने आठ प्रदेशसम्म जान नेतृत्वलाई सुझाव दिएको जानकारी दिए।