काठमाडौं- प्रमुख तीनदलका शीर्ष नेताले पछिल्लो समयमा देखिएको राजनीतिक गतिरोध सहमतिकै आधारमा अन्त्य गर्ने निष्कर्स निकालेका छन्। संविधानसभा भवनमा सभामुख सुवास नेम्वाङसहित बसेको तीनदलका शीर्ष नेताको बैठकमा दलहरुबीच देखिएको द्वन्द सहमतिकै आधारमा अन्त्य गर्ने विषयमा छलफल भएको एमाले नेता माधवकुमार नेपालले जानकारी दिए।नेता नेपालका अनुसार संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराई अस्वस्थ भएका कारणले बैठकमा अन्य विषयमा छलफल हुन सकेन। उनले बेलुका साढे ५ बजे तीनदलका शीर्ष नेताको बैठक बसेर गतिरोध अन्त्यका विषयमा छलफल गर्ने जानकारी दिए।
बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला, कांग्रेस उपाध्यक्ष रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता नेपाल, उपाध्यक्ष भीम रावललगायतका नेता सहभागि थिए।