काठमाडौं– भारतीय सेनाध्यक्ष दलवीर सिंहको नेपाल भ्रमण तय भएको छ। प्रधानसेनापति गौरवशमशेर जबराको निमन्त्रणामा सिंहले कात्तिक २६ गतेदेखि २९ सम्म नेपालको भ्रमण गर्ने भएका हुन्। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार नेपाल आएकै दिन उनले टुँडिखेलस्थित सैनिक मञ्चको 'वीर स्मारक' मा माल्यार्पण गर्नेछन्। त्यसपछि उनलाई जंगी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मानगारत अर्पण गर्नेछ।
सोही दिन उनले प्रधानसेनापति जबरासँग भेटवार्ता गर्नेछन्।
कात्तिक २७ गते सिंहले पाँचखालस्थित वीरेन्द शान्ति कार्य तालिम केन्द्र अवलोकन गरी अपराह्न सिंहदरबारमा प्रधानमन्त्री सुशील कोइरालासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । सोही दिन राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरिने विशेष समारोहमा राष्ट्रपति रामवरण यादवले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नेछन् ।
निर्देशनालयका अनुसार कात्तिक २८ गते भारतीय सेनाध्यक्ष सिंह मुस्ताङको जोमसोमस्थित सैनिक उच्च शिखर शिक्षालय भ्रमण गर्नेछन् । सोही दिन उनले पोखरास्थित भारतीय पेन्सन वितरण कार्यालय र नेपाली सेनाको पश्चिम पृतना मुख्यालय पनि भ्रमण गर्ने कार्यक्रम छ।