काठमाडौं- संविधानसभाका प्रमुख तीन राजनीतिक दल आगामी माघ ८ मै नयाँ संविधान जारी गर्न पुनः प्रतिबद्ध देखिएका छन्। संविधानका विवादित विषयमा दलगत अडानले दलहरुबीच बढेको दुरी घटाउँदै सहमतिमै संविधान जारी गर्नसमेत उनीहरु सहमत छन्।
संविधानसभा भवन, नयाँबानेश्वरमा बिहीबार भएको प्रमुख तीन दलका शीर्ष नेताबीच छलफललले संविधानसभाको 'आन्तरिक कार्यतालिका संशोधन गरेरै भए पनि माघ ८ मै संविधान जारी गर्ने गरी सहमतिसाथ अघि बढ्ने' समझदारी जुटाएको हो।
'यसरी जाने होइन, द्वन्द्वको दिशामा नजाउँ्क भन्ने कुरा भएको छ,' छलफलमा सहभागी एमाले नेता माधवकुमार नेपालले संवाददातासँग भने, 'सबैको सहमतिमा अघि बढ्ने सम्बन्धमा छलफल भयो।'
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले बिहीबार प्रमुख दलका शीर्ष नेताको बैठक डाकेका थिए। तर, अस्वस्थताले उनी अनुपस्थित रहेकाले संवाद समितिको बैठकबारे भने त्यहाँ कुनै कुनै छलफल हुन सकेन।
'हिजो संवाद समितिका सभापति बाबुराम भट्टराईको राजीनामा माग्नेहरु पनि सहमतिसाथ अघि बढ्न तयार हुनुहुन्छ,' स्रोतले भन्यो, 'सहमतिसाथ अघि बढ्ने, आन्तरिक कार्यतालिका संशोधन गरेर माघ ८ मै संविधान जारी गर्नेमा सबै दल एकमत देखिएका छन्।'
बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले सत्तारुढ दलको प्रस्तावले कसैलाई पाखा लगाउन नखोजेको बताउँदै थप छलफल गर्न तयार रहेको बताएका थिए। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि सहमतिसाथ अघि बढ्न आफूहरु तयार रहेको दोहोर्यातए।
'हामीले संवाद समितिको प्रक्रिया कसरी अघि बढाउने भन्ने छलफल गर्यौं ,' एमाले उपाध्यक्ष भीम रावलले भने, 'समितिका सभापति बाबुराम भट्टराईलाई बिसन्चो भएकाले उहाँ सन्चो भएपछि संवाद समितिको बैठक बोलाउने विषयमा पनि छलफल भयो।' सभापति भट्टराईलाई चिकित्सकले कम्तीमा दुई दिन आराम गर्न सुझाव दिएका छन्। भट्टराईले यसबारे टेलिफोन गरी नेताहरुलाई जानकारी गराएका थिए।
'संवाद समितिका सभापति अस्वस्थ भए पनि सहमतिका लागि अहिलेदेखि नै छलफल गर्ने निष्कर्ष निकालेका छौं,' स्रोतले भन्यो, 'आन्तरिक कार्यतालिका संशोधन गरेर भए पनि अघि जाने सल्लाह भएको छ।' सहमतिमै माघ ८ मा संविधान जारी गर्न सकिनेमा नेताहरु बिहीबारको बैठकपछि विश्वस्त देखिएका छन्।
बैठकमा एमाओवादी अध्यक्ष दाहालले कांग्रेस–एमालेले दुई तिहाइ पुर्या एर प्रस्ताव ल्याएकाले आशंका बढेको बताएका थिए। 'कांग्रेस–एमालेले दुई तिहाइ नै पुर्या्एर साझा प्रस्ताव ल्याएकाले आशंका बढाएको हो,' बैठकमा दाहालले यस्तो धारणा राख्नासाथ प्रधानमन्त्री कोइरालाले प्रस्ट पारेका थिए, 'कसैलाई पनि बाइपास गरेर जाँदैनौं, साझ प्रस्तावको उद्देश्य त्यस्तो होइन।'
संविधानसभा कार्यतालिकाअनुसार असोज मसान्तसम्म सबै विषयमा सहमति भई पहिलो मस्यौदा तयार भइसक्नुपर्ने थियो। तर अहिलेसम्म राज्यको पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणालीलगायत विषयमा सहमति हुन सकेको छैन।
कात्तिक मसान्तसम्म संविधानको पहिलो मस्यौदामाथि व्यापक सुनुवाइ गर्ने, गोष्ठी र अन्तर्त्रि्कया गर्ने, विभिन्न सुझाव संकलन र जनताको राय सुझाव लिने कार्यतालिकामा उल्लेख छ। तर माघ ८ मै संविधान जारी गर्ने भए जनताकहाँ लैजाने समय कम गर्न सकिने स्रोतको भनाइ छ।
विवादित विषयमा कांग्रेस, एमाले, राप्रपा, बहुजन शक्ति पार्टी र दुई स्वतन्त्र सभासदको संयुक्त प्रस्ताव आएपछि विपक्षमा रहेका दलहरु संशकित बनेका थिए। कात्तिक १५ देखि लगातार बसेको संवाद समितिको बैठक पनि मंगलबार एकाएक स्थगित भएको थियो।