काठमाडौं- युरोपेली युनियन (इयु), स्विट्जरल्यान्ड र नर्वेले माघ ८ गतेभित्रै संविधान जारी गर्न नेपाललाई आग्रह गरेका छन्।काठमाडौंस्थित तिनका राजदूतहरूले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै संविधान लेखनमा सहमति खोज्न दलहरूलाई पनि आग्रह गरेका छन्। 'बाँकी रहेका विवादित संवैधानिक विषयमा पार्टीहरूमाझ सहमति खोज्न जारी प्रयासको हामी प्रशंसा गर्छौं,' संयुक्त विज्ञप्तिमा उल्लेख छ, 'अबका महिनामा साझा विन्दु फेला पार्ने प्रयासलाई तीव्रता दिन र माघ ८ को उनीहरूको समयसीमाभित्रै नया“ संविधान लेख्न नेपालका राजनीतिक नेताहरूलाई हामी आग्रह गर्छौं।'
संविधान लेखनका लागि सबै दलको नेतृत्वमा उदारता र सम्झौता गर्ने इच्छाशक्ति आवश्यक पर्ने उनीहरूले बताएका छन्। उनीहरूले संविधानलाई नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्याशउने महत्वपूर्ण कार्यका रूपमा व्याख्या गरेका छन्। 'नेपालको संविधान कस्तो हुनुपर्छ हामीले भन्ने होइन। त्यसको जिम्मा नेपालको संविधानसभाको हो। तर, हामी ठान्छौं, नयाँ संविधान नेपालको शान्ति प्रक्रिया टुंगो लगाउने कामको महत्वपूर्ण भाग हो,' उनीहरूले विज्ञप्तिमा भनेका छन्।
नयाँ बन्ने संविधानले नागरिकका आधारभूत आवश्यकता मानवअधिकार, स्वतन्त्रता, समान पहुँचको सुनिश्चित गर्नुपर्ने समेत उनीहरूले बताएका छन्। नयाँ संविधानले जात, जाति, लिंग, यौन अभिमुखता वा धर्ममा आधारित कुनै पनि खाले भेदभावलाई प्रश्रय दिन नहुने भनाइ उनीहरूको छ।
राजदूतहरूले अबको दुई महिनालाई आधुनिक नेपालको इतिहासमा सबैभन्दा महत्वपूर्ण समय बताएका छन्। नया“ र टिकाउ राजनीतिक समझदारीले नै जनताले खोजेको आर्थिक वृद्धि र सामाजिक प्रगतिको ढोका खोल्ने विश्वास उनीहरूले लिएका छन्। विज्ञप्तिमा भनिएको छ, 'नेपालको भरपर्दो मित्रका रूपमा हामी नयाँ वर्षमा त्यस्तो लोकतान्ति्रक र समावेशी संविधानको स्वागत गर्न पाउने आशा गर्छौं।'