जनकपुर- संविधानसभाका निलम्बित सदस्य सञ्जय साहको मुद्दामा बिहीबार पुनरावेदन अदालत जनकपुरमा बहस भएको छ। जनकपुर बमकाण्डमा संलग्न रहेको अभियोगमा धनुषा प्रहरीले दायर गरेको मुद्दामा जिल्ला अदालतले गत जेठ पहिलो साता सातालाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको थियो। लगत्तै साहले जिल्ला अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै पुनरावेदन गरेका थिए। साह अहिले सिरहा कारागारमा छन्।साहले दायर गरेको १७ नम्बर मुद्दामा बिहीबार भएको पेसीमा वादी (साह) का तर्फबाट रमण श्रेष्ठ र प्रकाश घिमिरेले बहस गरेका थिए। पुनरावेदनमा वादीका तर्फबाट नौ र प्रतिवादी (नेपाल सरकार) का तर्फबाट पाँच जना वकिलले बहसका लागि नाम दर्ता गराएका छन्। बिहीबार वादीका तर्फबाट दुई जनाले बहस गर्दै समय सकिएपछि बाँकी वकिलको बहस सुन्न अर्को बिहीबारसम्मलाई इजलास स्थगित गरिएको छ।
जिल्ला अदालतको फैसलामा चित्त नबुझेपछि प्रतिवादी १७ नम्बरमा जाने गर्छन्। र, त्यस्तो मुद्दामा पुनरावेदन अदालतले पनि सकभर छिट्टै टुंगो लगाइदिने व्यवस्था हुन्छ। तर, साहको मुद्दा दर्ता भएको झन्डै ६ महिनापछि बल्ल बहस सुरु भएको हो।
समान्यतया सरकारवादी मुद्दामा सरकारतर्फबाट सरकारी वकिल मात्र बहस गर्ने भए पनि यो मुद्दामा प्रतिवादी अर्थात नेपाल सरकारका तर्फबाट पनि ज्याला लिएर काम गर्ने वकिलले पनि बहस गर्दैछन्।