काठमाडौं- व्यवस्थापिका संसद सार्वजनिक लेखा समिति बैठकमा आइतबार अधिकांश सांसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यशैलीप्रति आलोचना गर्दै संसदीय समितिलाई अख्तियारसँग सोधपुछ गर्ने अधिकार भएको बताएका छन्।काठमाडौं महानगरपालिकाले बनाउन लागेको 'काठमाडौं टावर' मा अख्तियारले दिएको निर्देशनबारे छलफलमा उनीहरूले अख्तियारले आफूलाई सबैभन्दा ठूलो निकाय सम्झने गरेको आरोप लगाएका थिए।
नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले अख्तियार अहिले 'जंगबहादुर' बनेको आरोप लगाए। 'अख्तियारमा पनि भ्रष्टाचार भएको छ। त्यो कसले हेर्ने? अख्तियारलाई बोलाएर उसले गरेका कामकारबाहीबारे समितिमा छलफल गर्नुपर्छ,' उनले भने।
यसअघि पनि संसदको अर्थ समिति, कृषि तथा जलस्रोत समिति र सुशासन समितिमा अख्तियारका कामकारबाहीबारे भएको छलफलमा यसैगरी आलोचना भएको थियो। अर्थ र सुशासन समितिले त अख्तियारका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई बोलाएर नै छलफल गरिसकेका छन्।
अर्थ समितिमा भएको छलफलमा अख्तियारका प्रमुख आयुक्त कार्कीले सुशासन तथा अनुगमन समितिमार्फत मात्र आफूलाई बोलाउन गरेको आग्रहबारे पनि आइतबार लेखा समिति बैठकमा छलफल भएको थियो। लेखा समितिले जुनसुकै क्षेत्रका व्यक्तिलाई बोलाउन सक्ने र यसअघि पनि प्रमुख आयुक्तलाई बोलाएको नजिर रहेको तर्क सभासदहरूले गरेका थिए।
कांग्रेस संासद धनराज गुरुङले अख्तियारले क्षेत्राधिकार निर्धारण गरेको विषयमा आपत्ति जनाए। 'अख्तियारले आफ्नो क्षेत्राधिकारबारे हामीलाई जानकारी गराउनुपर्दैन,' उनले भने, 'अख्तियारलाई बोलाएर छलफल गर्ने अधिकार हामीलाई छ। हामीले प्रधानमन्त्रीलाई पनि बोलाएर छलफल गरिसकेका छौं। त्यसो हो भने प्रधानमन्त्री पनि सुशासन समितिकै मातहत हुन्छन्।'
उनले अब बोलाउने कि नबोलाउने भन्नेबारे बहस गर्नुभन्दा तत्काल बोलाएर छलफल गर्ने विषयमा निर्णय गर्नुपर्ने बताए। कांग्रेसकै भरत साहले पनि संवैधानिक निकायको मानमर्दन गर्ने अधिकार आफूहरूको नभए पनि उसले गरेका गतिविधिबारे छलफल गर्न सकिने धारणा राखे।
'अख्तियार खुला राँगो होइन,' उनले भने, 'हामी पनि संसदको एउटा अंग हौं। हामीले नै बनाएको ऐन–नियमका आधारमा उसले काम गर्नुपर्छ। तर, हामीले ऊ (अख्तियार) सँग जुहारी खेल्न चाहेका होइनौं। निश्चित विषयमा छलफल गर्न मात्र चाहेको हो।'
नेकपा (एमाले) का पशुपति चौलागाईंले अख्तियारले ठूला निकायमा हात हाल्न नसकेको भन्दै आलोचना गरे। 'ठूल्ठूलामा अख्तियारको ध्यान गएन,' उनले भने, 'सुब्बा, खरिदार र पाले मात्र अख्तियारको टार्गेटमा छन्। अख्तियार चाहिनेभन्दा बढी छाडा भयो।' उनले एउटा सुब्बाको घरबाट लाखौं बरामद गरेको फोटो टेलिभिजनमा देखाएका भरमा मात्र अख्तियारको कामलाई मूल्यांकन गर्न नहुने धारणा राखे।
कांग्रेसका रामहरि खतिवडाले पनि अख्तियार शाही आयोगजस्तो नबनोस् भनेर आफूहरूले छलफल गर्न लागेको बताए। 'अख्तियार संवैधानिक आयोगजस्तो बनोस्। हामीले उसलाई कमजोर बनाउन खोजेको होइन, जिम्मेवार बनाउन खोजेको हो,' उनले भने।
राप्रपा नेपालका दिनेश श्रेष्ठले पनि खरिदार र सुब्बाभन्दा माथि उठ्न नसक्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे। 'भ्याटको विषय कहाँ पुगेर रोकियो?' श्रेष्ठको प्रश्न थियो, 'भ्याटमारालाई ज्यानमाराभन्दा बढी कारबाही हुनुपर्छ। तर, कहाँ पुगेर ल्यान्ड भयो?'
एमाओवादीका टेकबहादुर बस्नेतले पनि माघ ८ र अख्तियारको गतिविधिले नेपालको राजनीति तातेको उल्लेख गर्दै क्षेत्राधिकारबारे विचार गर्नैपर्ने धारणा राखे। अख्तियारले सदनप्रति दिएको टिप्पणीले दुरी बढेको उनको भनाइ थियो।
समितिले तत्कालै अख्तियार प्रमुख कार्कीलाई बोलाएर छलफल गर्ने सम्बन्धमा निर्णय नगरे पनि केही दिनपछि भने बोलाउने निष्कर्ष निकालेको छ। अर्थ समितिले अख्तियार प्रमुख कार्कीलाई बोलाएको पाँच दिन पनि नबितेकाले तत्कालै नबोलाउने र पछि मात्रै बोलाउने निष्कर्ष लेखाले निकालेको हो।