काठमाडौं- आसन्न सार्क शिखर सम्मेलन बेला नेपाल र भारतबीच दुईवटा सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ। सम्मेलनकै बीच राजधानीमा हुने नेपाल–भारत द्विपक्षीय बैठकमा सवारी साधन आवतजावत सम्झौता (मोटर भेहिकल एग्रिमेन्ट) र दुई देशका विभिन्न सहरबीच भगिनी सम्बन्ध स्थापित गर्ने सम्झौतापत्रमा हस्ताक्षर हुन लागेको हो।मंसिर १० र ११ गते काठमाडौंमा हुने १८औं सार्क शिखर सम्मेलन बेला सवारी साधन सम्झौतामा हस्ताक्षर भएपछि नेपाल र भारतबीच निर्वाध रूपमा भाडाका सवारी आवतजावत गर्न पाउनेछन्। हाल पयर्टक ओसारपसारका लागि रिजर्भ गरी केही गाडी आवतजावत हुने गरे पनि द्विपक्षीय सम्झौता हुन नसक्दा व्यावसायिक रूपमा गाडी चल्न सकेका छैनन्।
'अहिलेसम्म नेपाली गाडी भारतमा र भारतीय गाडी नेपालमा व्यावसायिक रूपमा यात्रु लिएर आवतजावत गर्न पाउँदैनन्। सवारी साधन सम्झौतामा हस्ताक्षर भएपछि दुवैतर्फका गाडीले व्यावसायिक रूपमा यात्रु बोकी आवतजावत गर्न पाउनेछन्,' परराष्ट्र मन्त्रालयका प्रवक्ता खगनाथ अधिकारीले आइतबार नागरिकसँग भने, 'दुवै देशसँग अनुमति लिएपछि गाडीहरू यात्रु लिएर एकअर्काको देशमा आवतजावत गर्न सक्नेछन्।'
सवारी साधन सम्झौता भएलगत्तै नेपाल र भारतबीच तीनवटा रुटमा सवारी साधन चल्नेछन्। हस्ताक्षरका लागि तयार पारिएको सम्झौतापत्रमा उल्लेख भएअनुसार काठमाडौंबाट भैरहवा, सुनौली, गोरखपुर, लखनउ हुँदै नयाँ दिल्ली, काठमाडौंबाट भैरहवा, सुनौली, अजामगढ हुँदै वाराणसी र पोखराबाट भैरहवा, सुनौली, गोरखपुर, लखनउ हुँदै नयाँ दिल्ली गरी तीन रुटमा नियमित बस सेवा सञ्चालन गरिनेछ।
खुला सीमा भए पनि दुई देशबीच हालसम्म व्यावसायिक रूपमा सवारी साधन आवतजावत हुन सकेको छैन। नेपाल पर्यटन बोर्डका अनुसार वार्षिक १ लाख ५० हजार भारतीय पर्यटक हवाइजहाजबाट नेपाल आउँछन्। सडकबाट आउनेको तथ्यांक यकिन छैन। चार वर्षअघि बोर्डले गरेको सर्वेक्षणमा वार्षिक ५ लाख भारतीय पर्यटक सडक मार्ग हुँदै नेपाल भित्रिने गरेको पाइएको थियो।
'सवारी साधन सम्झौता भए सडक मार्ग हुँदै नेपाल आउने भारतीय पर्यटक संख्या बढ्छ,' बोर्डका मिडिया सल्लाहकार शरद प्रधानले भने, 'यो हाम्रा लागि खुसीको कुरा हो।'
यही कात्तिक १३ गते काठमाडौंमा सम्पन्न नेपाल र भारतका सम्बन्धित मन्त्रालयका पदाधिकारीको बैठकले सवारी साधन सम्झौतालाई अन्तिम रूप दिएको हो। सम्झौताले भाडाका सवारीलाई मात्र होइन, निजी सवारीको सीमापार आवतजावत प्रक्रियालाई समेत सरलीकरण गर्ने जनाइएको छ।
सार्क सम्मेलनकै बेला प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा दुई देशका विभिन्न सहरबीच भगिनी सम्बन्ध स्थापित गर्ने सम्झौतापत्रमा समेत हस्ताक्षर गरिनेछ। हालसम्म भएको समझदारीअनुसार सीताको जन्मस्थल जनकपुर र रामको जन्मस्थल अयोध्याबीच भगिनी सम्बन्ध स्थापना गरिनेछ। त्यस्तै, पशुपतिनाथको सहर काठमाडौं र हिन्दु धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल बनारसबीच पनि भगिनी सम्बन्ध कायम गरिनेछ।
'सार्क सम्मेलन बेला हुने नेपाल–भारत द्विपक्षीय बैठकमा जनकपुर र अयोध्या तथा काठमाडौं र बनारसबीच भगिनी सम्बन्ध स्थापित गर्ने सम्झौतापत्रमा हस्ताक्षर हुनेछ,' परराष्ट्र प्रवक्ता अधिकारीले भने।
भारतीय प्रधानमन्त्री मोदी काठमाडौंमा हुने सार्क सम्मेलनमा सहभागी हुन आउँदा जनकपुर, लुम्बिनी र मुस्ताङ भ्रमण गर्नेछन्। उनी जनकपुर हुँदै काठमाडौं आउने कार्यक्रम छ। उनी भारतको पटनाबाट गाडी वा हेलिकप्टरमध्ये के मा जनकपुर आउने टुंगो लागिसकेको छैन। मोदी शिखर सम्मेलन सकिएपछि लुम्बिनी र मुस्ताङ जानेछन्। मुस्ताङमा उनले भारतीय सहयोगमा निर्माण गरिएको एक खानेपानी योजना उद्घाटन गर्ने कार्यक्रम छ।
त्यस्तै, काठमाडौंमा प्रधानमन्त्री कोइराला र उनका भारतीय समकक्षी मोदीले संयुक्त रूपमा ट्रमा सेन्टर उद्घाटन गर्नेछन्। भारतीय सहयोगमा निर्माण भएको ट्रमा सेन्टर उद्घाटनपछि मोदीले नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको प्रवक्ता अधिकारीले बताए। निर्माण सम्पन्न भएको वर्षौं बितिसक्दा पनि हस्तान्तरण हुन नसक्दा सेन्टर सञ्चालनमा आउन सकेको छैन। सार्क सम्मेलन बेला हस्तान्तरण गरेलगत्तै सेन्टर सञ्चालनमा आउने जनाइएको छ।
परराष्ट्र प्रवक्ता अधिकारीका अनुसार भारतीय प्रधानमन्त्री मोदीका अतिरिक्त श्रीलंकाका राष्ट्रपति महिन्द्रा राजापाक्षे र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेको पनि लुम्बिनी जाने कार्यक्रम छ। तीन देशका नेता छुट्टाछुट्टै समयमा लुम्बिनी पुग्नेछन्।
भुटानी प्रधानमन्त्री मंसिर ९ मा आउने
सार्कको १८ औं शिखर सम्मेलनमा सहभागी हुन भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे मंसिर ९ गते काठमाडौं आउने भएका छन्। सम्मेलनमा आउने सदस्यराष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखमध्ये मिति तय गर्ने उनी पहिलो भएका छन्।
अन्य सदस्य राष्ट्र भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र अफगानिस्तानका राष्ट्रप्रमुख तथा सरकारप्रमुखको नेपाल आउने मिति अझै तय भएको छैन।
सार्कमा दौरा, सुरुवाल र ढाका टोपी
सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलका सबै सदस्यले दौरा, सुरुवाल र ढाका टोपी लगाउनुपर्नेछ। पहिरनमा एकरुपता देखाउन पुरुष सहभागी सबैलाई दौरा, सुरुवाल र ढाका टोपी तथा महिलालाई साडीमा उपस्थित हुन भनिएको छ।
'सार्क औपचारिक राष्ट्रिय दिवस होइन। त्यसैले ठ्याक्कै यही पोशाक लगाउने भनेर औपचारिक निर्णय लिइएको पनि छैन, तर नेपाली प्रतिनिधिमण्डमा रहने सबैले दौरा, सुरुवाल र ढाका टोपी लगाउने सहमति भएको छ,' परराष्ट्र प्रवक्ता अधिकारीले भने।
संवेदनशील स्थलको रेकी
सम्मेलनमा सदस्य राष्ट्रका राष्ट्रप्रमुख तथा सरकारप्रमुख सहभागी हुने तथा भ्रमण गर्ने महत्वपूर्ण स्थलको सुरक्षा निकायले रेकी गरेका छन्। नेपाली सेनाका अनुसार हालसम्म विमानस्थल, आवासस्थल, रिटि्रटस्थल, सवारी मार्ग र अतिरिक्त कार्यक्रमस्थलको रेकी तथा समन्वय भइसकेको छ। आवासस्थल, रिटि्रटस्थल र समारोहस्थलको कार्ययोजना तयार भइसकेको सेनाले जनाएको छ।
सार्कको सुरक्षाका लागि उपप्रधान तथा गृहमन्त्रीको संयोजकत्वमा सुरक्षा परिवहन तथा यातायात व्यवस्था समिति र नेपाली सेनाका बलाधिकृत रथी पवनबहादुर पाण्डेको संयोजकत्वमा सुरक्षा परिवहन तथा यातायात नियन्त्रण समन्वय समिति गठन गरिएको छ। यी समितिअन्तर्गत आधा दर्जन सुरक्षासम्बन्धी उपसमिति गठन भएका छन्।
'आ–आफ्नो जिम्मेवारीअनुसार स्थानविशेषको सुरक्षा सुदृढीकरणका लागि रेकी गर्नुका साथै समिति र उपसमितिहरूबीच समन्वय भइरहेको छ,' सैनिक जनसम्पर्कद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ। सम्मेलनमा सहभागी हुने सबै राष्ट्रप्रमुख र सरकारप्रमुख सोल्टी होटलमा रहनेछन् भने उनीहरूलाई धुलिखेलस्थित द्वारिकाज रिसोर्टमा रिटि्रट दिने कार्यक्रम छ।