काठमाडौं-सत्तारुढ राजनीतिक दलले संविधानका विवाद समितिमा नअल्झाउन संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईलाई दबाब दिएका छन्।सहमति वा असहमति सबै विषय तत्काल संविधानसभामा पठाएर माघ ८ मै संविधान आउने सुनिश्चित गर्न उनीहरूको सुझाव छ। संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि छिटो सहमति गरेर या असहमतिकै प्रतिवेदन संविधानसभामा पठाएर माघ ८ मै संविधान जारी गर्ने वातावरण बनाउन भट्टराईलाई सुझाव दिएका छन्।
एक सातापछि मंगलबार दिउँसो बसेको समिति बैठक सभासदहरूबीच चर्काचर्की भएपछि १५ मिनेटका लागि स्थगित भएको थियो। लगत्तै अनौपचारिक छलफलमा जुटेका कांग्रेस–एमाले नेताले भट्टराईलाई आफ्नो साझा प्रस्तावसहित समितिको प्रतिवेदन तत्काल संविधानसभा पठाउन आग्रह गरेका थिए।
सभापति भट्टराईले भने विषय वा प्रक्रियामा सहमति नभएसम्म प्रतिवेदन संविधानसभामा पठाउन नसकिने जवाफ दोहोर्या ए। उनले अन्तर्वस्तु या प्रक्रियामा सहमति कायम गर्न संवाद समितिबाट छुट्टै संयन्त्र गठनको प्रस्ताव राखे पनि कांग्रेस नेताहरूले ठाडै अस्वीकार गरिदिए।
‘हामीले पेस गरेको प्रस्ताव पनि प्रश्नावलीकै रूपमा संविधानसभामा पठाउँ भनेका हौं,' कांग्रेस नेता अर्जुननरसिंह केसीले छलफलपछि भने, ‘प्रश्नावलीमा संविधानसभामै छलफल गर्न सकिन्छ। छलफल हुँदा पनि सहमति कायम गर्ने बाटो खुला रहन्छ भन्दा सभापतिले विषय वा प्रक्रियामा सहमति नभई पठाउन सक्दिनँ भन्नुभयो।'
सत्तारुढ दलका नेताले संवाद समिति मातहत अब कुनै पनि संयन्त्र बनाउन आवश्यक नरहेको भन्दै सबै विषय जस्ताको त्यस्तै संविधानसभामा पठाइदिन भट्टराईलाई जोड गरेका थिए।
सभापति भट्टराईले भने प्रक्रियामा जान पनि सहमति चाहिने भएकाले त्यसतर्फ लाग्न शीर्ष नेतासँग आग्रह गरे। ‘प्रक्रियामा जान पनि सहमति हुनुपर्योट,' भट्टराईले संवाददाताहरूसँग भने, ‘नियमावलीले सहमतिमार्फत निर्णय गर्ने अधिकार दिएको छ। विषयमा सहमति भएन भने प्रक्रियामा सहमति हुनैपर्छ। सहमति भएन भने निर्णय गर्न गाह्रो हुन्छ। शीर्ष नेता बसेर निर्णय गरिदिनुस् भनेर आग्रह गरेको हुँ।'
उनले अहिलेको राजनीतिक गतिरोध अन्त्य गर्न संवाद समितिमा रहेका शीर्ष नेता मात्र रहेको एउटा संयन्त्र बनाएर संविधानका अन्तर्वस्तु र प्रक्रियाका विषयमा सहमति खोज्ने प्रस्ताव गरेका थिए।
कांग्रेस नेताहरूले भने संयन्त्र नबनाई सबैका प्रस्ताव समेटिएको प्रतिवेदन तयार पारेर संविधानसभामा पठाउन सुझाव दिए।
संविधानसभा अध्यक्ष नेम्वाङले पनि समितिका सभापति भट्टराईलाई मंगलबारै छिटो निर्णय गरेर संविधानसभामा पठाउन आग्रह गरेका थिए। ‘तपाईं आफैं पनि शीर्ष नेताहरूसँग कुरा गर्नुस्,' नेम्वाङलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘अब विवादित विषय समितिमा नराख्नुस्। संवाद समितिमा अल्झाइराख्नु राम्रो होइन।'
संविधानसभामा प्रतिवेदन पठाउन ढिलो गरिए माघ ८ मा संविधान जारी हुन नसक्ने नेम्वाङको चिन्ता थियो। उनले मंगलबारै प्रधानमन्त्री सुशील कोइरालासँग पनि भेट गरी विपक्षी दलका नेतासँग छलफल गरेर छिटो निकास दिन आग्रह गरेका थिए।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने बुधबार थप छलफलपछि समितिको प्रतिवेदन संविधानसभामा पठाइने ठोकुवा गरे। ‘भोलि –बुधबार) छलफल गरेर संविधानसभामा पठाउने कुरा भएको छ,' पौडेलले भने, ‘संविधानसभामा नपठाएर अब सधैं यहीँ राखेर हुँदैन। संवाद समितिको छलफल सकेर संविधानसभामा सबै विषय पठाउनुपर्छ।'
सहमति कायम हुन बाँकी विषय र प्रतिवेदन पठाउनेबारे छलफलमा समितिका सदस्यले धारणा राख्ने क्रम जारी रहेकाले बुधबार पनि छलफल गरिने भट्टराईले जानकारी दिए।