काठमाडौं-सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनमा सहभागी हुन आउने विदेशी पाहुनालाई काठमाडौंका तीनवटा होटलमा राखिने भएको छ।
सबै पाहुना अट्ने एउटै होटल नभेटिएपछि सरकारले सार्कका पाहुनालाई काठमाडौं सोल्टीमोडस्थित होटल सोल्टी क्राउन प्लाजा, ग्रान्ड होटल र होटल प्लाटिनममा राख्ने तयारी गरेको हो। शिखर सम्मेलन आगामी मंसिर १० र ११ गते काठमाडौंमा हुँदैछ।‘ठूलो क्षमताको होटल नहुँदा सबै पाहुनालाई एउटै होटलमा राख्न नसकिने देखियो। त्यसैले पाहुनालाई तीनवटा होटलमा राख्ने तयारी गरेका छौं,' परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘शिखर सम्मेलनमा आउने सदस्य राष्ट्रका प्रतिनिधिमण्डल एउटै होटलमा बस्न चाहन्छन् र त्यो इच्छा पनि व्यक्त गरेका छन्। तर, सबैलाई एकै ठाउँमा राख्न मिल्ने त्यति ठूलो क्षमताको होटल छैन।'
काठमाडौंको सबैभन्दा ठूलो भनिएका होटल हायत रिजेन्सी २ सय ९०, सोल्टी क्राउन प्लाजा २ सय ८२, र्या डिसन २ सय ६० र याक एन्ड यती २ सय ४१ कोठा क्षमताका छन्।
एउटै होटलमा नअट्ने भएपछि पाहुना राख्न एकै ठाउँमा रहेका होटल सोल्टी, ग्रान्ड र प्लाटिनम छनोट गरिएको हो। सबै पाहुनालाई नजिक राख्दा सुरक्षाका दृष्टिले पनि सहज हुने मन्त्रालय स्रोतले जनाएको छ।
सार्कमा सहभागी हुन नेपालबाहेक अन्य सात सदस्य राष्ट्रबाट कति पाहुना आउँछन् भन्ने अन्तिम टुंगो लागिसकेको छैन। केही दिनअघि परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले अफगानिस्तान, भुटान र माल्दिभ्सबाट करिब २०–२० तथा श्रीलंका, बंगलादेश, पाकिस्तान र भारतबाट करिब ७० जनासम्मको प्रतिनिधिमण्डल सार्क सम्मेलनमा सहभागी हुन आउने प्रारम्भिक जानकारी आएको व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिलाई गराएका थिए। पछिल्लो पटक अफगानिस्तानले आफ्नो प्रतिनिधिमण्डलमा करिब ४० जना हुने जानकारी दिएको छ।
प्रारम्भिक तथ्यांकअनुसार नै सार्क शिखर सम्मेलनमा सहभागी हुन ३ सय ६० जना विदेशी पाहुना नेपाल आउने देखिन्छ। सम्मेलनमा सहभागी हुन आउने सबैको खर्च सरकारले बेहोर्नुपर्दैन। सार्कको नियमअनुसार सरकारले प्रत्येक देशको प्रतिनिधिमण्डलमा रहेकामध्ये राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसहित १३ जनाको मात्र सम्पूर्ण खर्च बेहोर्नुपर्छ।
यसका अलवा सार्क पर्यवेक्षक ९ राष्ट्र अस्ट्रेलिया, चीन, युरोपेली संघ, इरान, जापान, मौरिसस, म्यान्मार, दक्षिण कोरिया र अमेरिकाबाट सहभागी हुन आउने विदेशमन्त्री वा उच्चपदस्थ अधिकारीको समेत व्यवस्थापन सरकारले हेर्नुपर्छ। सम्मेलनमा सदस्य राष्ट्रका विदेश मन्त्रालयका सहसचिव, सचिव र विदेशमन्त्रीदेखि सञ्चारकर्मीसम्मक सहभागी हुनेछन्।
‘सदस्य राष्ट्रका प्रमुख तथा सरकार प्रमुख, विदेशमन्त्री तथा पर्यवेक्षक राष्ट्रबाट आउने मन्त्री र उच्चपदस्थ अधिकारीलाई होटल सोल्टीमा राखिनेछ। अन्य पाहुनालाई ग्रान्ड र प्लाटिनममा,' स्रोतले भन्यो।
सार्कको नियमअनुसार सम्मेलनमा सहभागी हुन आउने प्रत्येक देशका १३ जना पाहुनालाई १० वटा कोठा आयोजक राष्ट्रले उपलब्ध गराउनुपर्छ। तीनजना पाहुनाको श्रीमान–श्रीमती दुवैको सम्पूर्ण खर्च सरकारले बेहोर्ने भएकाले १३ जनालाई १० कोठा उपलब्ध गराइन्छ। आयोजक राष्ट्रले केहीको मात्र सम्पूर्ण खर्च बेहोर्ने भए पनि सम्बन्धित देशबाट सहभागी हुन आउने सम्पूर्ण प्रतिनिधमण्डल एउटै होटलमा बस्ने अभ्यास छ।
‘जतिसक्दो धेरै पाहुनालाई सोल्टीमा राख्ने प्रयास गर्दैछौं। लामो समयदेखि सोल्टीमा बसिरहेका पाहुनालाई पनि सार्कका बेला मिलेसम्म अन्यत्र सारी कोठा खाली गरिदिनसमेत आग्रह गरिएको छ,' स्रोतले भन्यो।