काठमाडौं-प्रधानमन्त्री सुशील कोइरालाले चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तयार नहुँदासम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिन शिक्षा मन्त्रालयलाई निर्देशन दिएका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले मंगलबार शिक्षा र स्वास्थ्य मन्त्रालयलाई पठाएको निर्देशनपत्रको दोस्रो बुँदामा ‘राष्ट्रिय नीति तयार नभएसम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिनू र सम्बन्धन दिने प्रक्रिया अघि बढाएको भए कार्यान्वयन नगरी यथास्थितिमा राख्नू' भनिएको छ।
पत्रको बोधार्थ त्रिभुवन विश्वविद्यालय तथा काठमाडौं विश्वविद्यालयका उपकुलपति र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिनलाई पनि पठाइएको छ।
मेडिकल कलेजहरूलाई ‘चोर बाटो' सम्बन्धन दिने प्रपञ्च र चिकित्सा क्षेत्रमा फस्टाएको ‘माफियातन्त्र' विरुद्ध भद्रअवज्ञा आन्दोलन छेडेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले पुराना सहमतिअनुसारका माग पूरा गर्न अल्टिमेटम दिएको पाँचौं दिन प्रधानमन्त्रीबाट यस्तो निर्देशन आएको हो।
डा. केसी पछिल्लोपटक अघिल्लो पुस–माघमा १४ दिन र माघ–फागुनमा ८ दिन अनशन बसेका थिए।
प्रधानमन्त्रीको निर्देशनलगत्तै मंगलबार बसेको आइओएम फ्याकल्टी बोर्ड बैठकले सम्बन्धन प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। यो निर्णयसँगै आइओएम फ्याकल्टी बोर्डमा सम्बन्धनका लागि प्रस्तावित मनमोहन मेडिकल कलेज, काठमाडौं नेसनल र पिपल्स मेडिकल तथा डेन्टल कलेजले तत्काल सम्बन्धन पाउनेछैनन्।
काठमाडौं विश्वविद्यालयअन्तर्गत विराट र देवदह मेडिकल कलेजलाई सम्बन्धन दिन गत वैशाखमा गरिएको निर्णयसमेत तत्काललाई कार्यान्वयन नहुने मुख्यसचिव लीलामणि पौडेलले बताए।
‘चिकित्सा क्षेत्रका विकृति, विसंगतिविरुद्ध अनशन थालेका डा. केसीसँग भएका सहमति कार्यान्वयन गर्नू भनी सरोकारवाला सबै निकायलाई निर्देशन दिइसकेका छौं,' मुख्यसचिव पौडेलले मंगलबार नागरिकसँग भने।
उनका अनुसार डा. केसीले उठान गरेका माग सम्बोधननिम्ति चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तयार गर्न एक उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय गरिएको छ।
पत्रमा डा. केसीको तेस्रो अनशन क्रममा सरकार र नेपाल चिकित्सक संघबीच भएका सम्झौता कार्यान्वयन गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिइएको उल्लेख छ। उक्त सम्झौतामा आइओएमलाई स्वायत्तता दिन २१ दिनभित्र विश्वविद्यालय सभा बोलाउने, त्रिवि पदाधिकारीसँग स्पष्टीकरण सोध्ने, सम्बन्धन प्रकरण छानबिन गर्न अख्तियारलाई पत्राचार गर्ने, चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति नबन्दासम्म सम्बन्धन बन्द गर्ने, वरिष्ठता र कार्यक्षमताका आधारमा डिन तथा त्रिवि पदाधिकारी नियुक्त गर्ने उल्लेख थियो। चिकित्सक दरबन्दी वृद्धि गर्ने, चिकित्सा क्षेत्रमा लगाइएको ५ प्रतिशत अतिरिक्त कर हटाउने पनि सम्झौतामा थियो।
प्रधानमन्त्रीले एमबिबिएस तथा बिडिएसतर्फका छात्रवृत्ति कोटामा उत्पन्न समस्या पनि सम्बोधन गरेका छन्। त्रिवि र काठमाडौं विश्वविद्यालयअन्तर्गतका शिक्षण संस्थानमा मेडिकल काउन्सिलले निर्धारण गरेको एमबिबिएस तथा बिडिएसतर्फ स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार स्थगित कोटा फुकुवा गरी शिक्षा मन्त्रालयबाट अविलम्ब छात्रवृत्तिमा मनोनयन व्यवस्था मिलाउन पनि पत्रमार्फत निर्देशन दिइएको छ। कोटा विवादका कारण कलेज टुंगो लाग्न नसक्दा छात्रवृत्ति पाइसकेका करिब २ सय विद्यार्थीले भर्ना पाएका छैनन्।
प्रधानमन्त्री कोइरालाले सोमबार साँझ आइओएम डिन डा. राकेश श्रीवास्तव, चिकित्सक संघका अध्यक्ष एवं अन्य वरिष्ठ चिकित्सकको उपस्थितिमा सम्बन्धित कार्यालय एवं मन्त्रालयका उच्च अधिकारीको बैठक डाकेका थिए। डा. केसीका माग कार्यान्वयनप्रति कोइराला निकै सकारात्मक रूपमा प्रस्तुत भएको बैठकमा सहभागी चिकित्सक संघका अध्यक्ष अञ्जनीकुमार झाले बताए।
‘शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापक अनियमितता छन्, यसलाई सम्बोधन गर्न उठान गरिएका माग जायज छन्,' प्रधानमन्त्री कोइरालालाई उद्धृत गर्दै झाले भने।
बैठकमा त्रिविका रेक्टर गुणनिधि न्यौपानेले काठमाडौं नेसनल कलेजको सम्बन्धन प्रसंग झिक्दै ‘सर्वोच्च अदालतले नै सम्बन्धन दिनू भन्ने आदेश दिएको' बताएका थिए। यसको प्रतिवाद गर्दै आइओएम डिन डा. श्रीवास्तवले भने, ‘अदालतले सम्बन्धन दिनू भनेको छैन, प्रक्रिया टुंग्याउनू मात्र भनेको छ।'
त्रिभुवन विश्वविद्यालयले मनमोहन मेडिकल र काठमाडौं नेसनलको सम्बन्धनसम्बन्धी निर्णय गर्न केही दिनअघि आइओएमलाई निर्देशन दिएको थियो। त्यही आधारमा मंगलबार फ्याकल्टी बैठक डाकिएको हो। बैठकमा पिपल्सको प्रस्तावसमेत पेस गरिएको थियो। मंगलबारको बैठक सुरु हुनासाथ सम्बन्धनबारे प्रधानमन्त्रीले दिएको निर्देशनको प्रतिलिपि बाँडिएको स्रोतले बतायो।
आइओएमले यसअघि नै सम्बन्धन बन्द गरिसकेको अवस्थामा पनि त्रिविको निर्देशनका आधारमा फ्याकल्टी बैठक डाकिएपछि प्रस्तावित मेडिकल कलेजहरूले सम्बन्धन पाउन चलखेल थालेका थिए।
३२ सदस्यीय फ्याकल्टी बोर्डमा १० जना मात्र सम्बन्धनका पक्षमा छन्। बहुमत सदस्य पूर्वाधार मापदण्ड पूरा नगर्दासम्म सम्बन्धन बन्दै राख्नुपर्ने अडानमा छन्। विपक्षमा रहेका सदस्यमध्ये सात जना अनुपस्थित भइदिए मेडिकल सम्बन्धनको उद्देश्य पूरा हुन्छ। ‘चलखेल' यही वातावरण बनाउन केन्द्रित रहेको स्रोतको दाबी छ।
यस्तो अवस्थामा सम्बन्धन रोक्न फ्याकल्टी बोर्ड असफल हुनसक्ने संकेत देखिएपछि आइओएमका वरिष्ठ चिकित्सकको अनुरोधमा सोमबार साँझै प्रधानमन्त्रीले बैठक डाकेर सम्बन्धन रोक्न सजिलो हुने गरी निर्देशन पठाएका थिए। प्रधानमन्त्रीको पत्रले फ्याकल्टी बोर्डको निर्णयमा हस्तक्षेप गर्न खोजेको भन्दै बोर्डका केही सदस्यले आपत्ति जनाएको स्रोतले बतायो। सम्बन्धन नदिने निर्णयलगतै आइओएममा कार्यरत एमाले समर्थित कर्मचारी संगठनका पदाधिकारी र सदस्यले डिन डा. श्रीवास्तवविरुद्ध नाराबाजी गरेका थिए।
फ्याकल्टी बोर्डमा सम्बन्धनको विषय निर्णयार्थ पेस गर्न आइओएमद्वारा गठित अनुगमन समितिले सम्बन्धन चाहने कलेजको अनुगमन गरेको प्रतिवेदन आवश्यक पर्छ। ‘चोर बाटो' सम्बन्धन दिन गत कात्तिकमा त्रिविले आफूअनुकूलका संयोजक र सदस्यलाई प्रस्तावित चार कलेजको अनुगमनमा खटाए पनि यसपटक आइओएमले भने अनुगमन नै गरेको छैन।
आइओएमका पदाधिकारीले समेत मेडिकल शिक्षामा देखिएको विकृतिका कारण थप कलेजलाई सम्बन्धन दिन नहुने तर्क गर्दै आएका छन्। त्यसका बाबजुद पनि त्रिविले गत वर्ष असोजमा सार्वजनिक सूचना जारी गरी आवेदन माग गरेको थियो। आइओएमका तत्कालीन डिन प्रकाश सायमीले कुनै हालतमा सम्बन्धन नदिने भन्दै त्रिविलाई नै चेतावनीयुक्त पत्र पठाएका थिए।
डा. सायमीको चेतावनीलाई समेत बेवास्ता गर्दै त्रिवि पदाधिकारीले आफूअनुकूल चिकित्सक राखेर ती कलेजको पूर्वाधार अनुगमन गर्न समिति बनाएका थिए। सम्बन्धन सिफारिस आइओएमबाट भएर आउनुपर्नेमा माथिबाट सुरु गरेपछि अख्तियारले हस्तक्षेप गरेर प्रक्रिया रोकेको थियो। पछि अख्तियारले समेत उक्त प्रक्रिया खुला गरिदियो। त्यही आधारमा कलेज सम्बन्धनका पक्षमा रहेकाहरूको नेतृत्वमा गठित अनुगमन समितिले रातारात तयार पारेको प्रतिवेदनलाई आधार बनाई पूर्वाधार पुगेको भन्दै कलेजहरूलाई सम्बन्धन दिन प्रयास गरिएको थियो।