काठमाडौं-संसदको विकास समितिले मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको गतिलाई बढाएर समयमा आयोजना सम्पन्न गर्न सहरी विकास मन्त्रालय र मेलम्ची खानेपानी विकास आयोजनालाई निर्देशन दिएको छ।
वुधबार विहान बसेको समितिको बैठकले अहिले काठमाडौंमा खानेपानीको माग प्रति दिन ३६ करोड लिटर रहेको र यो आयोजनाले १७ करोड लिटर मात्र पूर्ती गर्ने भएकाले वर्तमान आवस्यकता र भविष्यलाई हेरी संगै अन्य कार्ययोजनाहरु सुरु गर्न समेत निर्देशन दिएको समितिका सभापति रविन्द्र अधिकारीले जानकारी दिए।
मेलम्ची खानेपानी आयोजना पूरा भएपछि प्राप्त हुने पानीबाट काठमाडौं उपत्यका भित्रका भक्तपु, मध्यपुर ठिमि र किर्तिपूर नगरपालिका समेतका क्षेत्रहरुमा पानी वितरण गर्ने गरी कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ।