काठमाडौं– व्यवस्थापिका संसद अर्न्तगतको सुशासन तथा अनुगमन समितिले आगमी बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की लगायतका पदाधिकारीलाई बेलाउने निर्णय गरेको छ।
समितिको बुधवार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान अयोगलको पछिल्लो गतिविध र कार्य प्रगतिका विषयमा जानकारी लिन प्रमख आयुक्त सहित अन्य पदाधिकारीलाई समितिका बोलाउने निर्णय गरेको समितिका सभापति शेरधर राईले बताए।
समितिको बैठकले जनकपुर विष्फोटमा दोषी ठरह भएका निलम्बित सभासद संजय साहको मुद्दासँग जोडी परिवारका अन्य सदस्यको चल अचल सम्पत्ति रोक्का गरेकोले सोको छानविन गर्न पाँच सदस्यीय छानवीन समिति गठन गरेको छ। समितिमा रामचन्द्र यादव, नरसिंह चौधरी, अमनलाल मोदी, बहादुरसिंह लामा र मिलान कुमारी राजवंशी रहेका छन्।