काठमाडौं- सत्तारूढ दलका नेताहरूले संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा आएका सबै प्रस्ताव समेटेर प्रतिवेदन तयार पारी संविधानसभामा पेस गर्न समिति सभापति बाबुराम भट्टराईसँग आग्रह गरेका छन्। सभापति भट्टराईले भने संविधानका अन्तर्वस्तुमा सहमति कायम हुन नसकेर प्रक्रियामा जाने सहमति गरे आफू त्यसका लागि बाधक नबन्ने जवाफ दिएका छन्।प्रधानमन्त्री सुशील कोइरालासँगको छलफलपछि सत्तारूढ दलका नेताहरू बुधबार संवाद समितिका सभापति भट्टराईलाई भेट्न उनकै निवास सानेपा पुगेका थिए। कांग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाले नेता माधवकुमार नेपाल, नेकपा मालेका महासचिव सिपी मैनाली, राप्रपाका नेता दीपक बोहोरा लगायतका नेताहरू भट्टराई निवास सानेपा पुगेका हुन्।
उनीहरूले 'प्रधानमन्त्रीले सबै दलले पेस गरेका प्रस्ताव एकसाथ अघि बढाइदिन आग्रह गरेको' जानकारी भट्टराईलाई दिएका थिए। 'संवाद समितिले संविधानसभामा सबै विषय पठायो भने त्यहाँ पनि छलफल गरी सहमति कायम गर्न सकिन्छ,' प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै कांग्रेस उपसभापति पौडेलले पत्रकारसँग भने, 'त्यसपछि जनताको बीचमा लैजाँदा पनि सहमति हुन सक्छ। संवाद समितिले संविधानसभामा पठाउँदा सहमतिलाई अवरोध गर्दैन, बरु समयतालिक अनुसार संविधान निर्माण गर्न सहज बनाउँछ।'
सबैका प्रस्ताव संविधानसभामा पठाएर त्यहीँ छलफल गर्दै गर्दा पनि सहमति गर्न सकिने पौडेलले बताए। 'संवाद समितिले संविधानसभामा विवादित विषय पठाउँदैमा मतदानकै लागि हो भनेर बुझ्नु गलत हुनेछ,' प्रधानमन्त्रीको सन्देश सुनाउँदै नेताहरूले भनेका थिए, 'प्रधानमन्त्रीको जोड पनि यसैमा छ। संविधानसभामा पठाएपछि पनि सहमति कायम गर्न सकिन्छ। अब विवादित विषय संवाद समितिमा नराखौं।'
भट्टराईले बिहीबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल काठमाडौं फर्किने सम्भावना रहेको बताउँदै त्यसपछि बसेर अन्तर्वस्तुमा या प्रक्रियामा सहमति जुटाइदिन प्रमुख दलका शीर्ष नेताहरूसँग आग्रह गरेका थिए। समितिका सभापति भट्टराईले आफू प्रमुख दलहरूबीच हुने सहमतिअनुसार नै अघि बढ्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए। 'मैले अन्त्यसम्म पनि प्रमुख दलहरूसँग प्रक्रियाकै विषयमा भए पनि सहमति गर्नुहोस् र जे विषयमा तपाईंहरू सहमति गर्नुहुन्छ त्यहीअनुसार जान्छु भन्ने प्रतिबद्धता व्यक्त गरेको छु,' भट्टराईको भनाइ उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ।
सभापति भट्टराईले सहमतिको विकल्प नभएकाले अहिलेसम्मका सबै प्रतिवेदन संवाद समितिले सहमतिकै आधारमा संविधानसभामा पठाएको स्मरण गराएका थिए। 'प्रमुख राजनीतिक शक्तिहरूबीचमा विवाद अगाडि बढ्यो भने त्यसले देशको शान्ति र संविधान निर्माण प्रक्रियालाई पनि मद्दत गर्दैन,' भट्टराईको भनाइ थियो।
'उहाँहरूसँग मैले संविधानका अन्तर्वस्तुमा सहमति हुन बा“की रहेका विषयमा सकभर सहमति गर्ने र त्यसो हुन नसके संवाद समितिबाट असहमतिको प्रतिवेदन कसरी पठाउने भन्ने विषयमा प्रमुख दलहरूबीचमा सहमति गर्न आग्रह गरेको छु,' सभापति भट्टराईले सत्ता साझेदार दलका नेताहरूलाई बताएका थिए।
यसैबीच, एमाओवादी अध्यक्ष दाहाल, मधेसवादी दलका नेताहरूसहित बिहीबार बैठक बसेर प्रक्रियामा कसरी अघि बढ्ने भन्नेमा छलफल गरिने भएको छ। यसअघि सभापति भट्टराईले बुधबार नै बोलाइएको संवाद समिति बैठक शुक्रबारसम्म स्थगित गरेका थिए। सभापति भट्टराईलाई उच्च ज्वरो आएपछि बैठक स्थगित गरिएको उनको सचिवालयले जनाएको छ।
यसअघि रक्तपरीक्षण गर्दा टाइफाइड भएको थाहा भएपछि चिकित्सकले कम्तीमा १० दिन पूरै आराम गर्न सल्लाह दिएका थिए। भट्टराईले बुधबार नै एमाओवादी अध्यक्ष दाहाललाई टेलिफोन गरी भ्रमण छोट्याएर काठमाडौं फर्किन आग्रह गरेका थिए।