काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क शिखर सम्मेलनका लागि नेपाल आउने क्रममा जनकपुरमा सार्वजनिक सम्बोधन नगर्ने र साइकल पनि नबाँड्ने सरकारले जनाएको छ। संसदको राज्य व्यवस्था समिति बैठकमा सांसदहरूले मोदीले सार्क सम्मेलनमा आउने क्रममा जनकपुरमा ३ हजार साइकल बाँड्ने र सार्वजनिक सम्बोधन गर्ने कार्यक्रम तय भएको भन्दै विरोध जनाएपछि सरकारले बिहीबार प्रस्टीकरण दिएको हो। बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी, जनकपुर र मुक्तिनाथ जान्छु भन्दा भने हुँदैन भन्न नमिलेको बताए। 'भारतीय प्रधानमन्त्री धार्मिक हिसाबले लुम्बिनी, जनकपुर र मुक्तिनाथ जान्छु भन्दा हुँदैन भन्ने कुरा भएन,' प्रधानमन्त्री कोइरालाले भने, 'मुक्तिनाथ गएर उहाँले हिमाली क्षेत्र अवलोकन गर्नुहुन्छ। अरू कसैले जान्छु भन्यो भने पनि 'नो' भन्न सक्दैनौं। हामीले जान हुँदैन भनेर बन्देज गर्ने कुरा पनि भएन।'
प्रधानमन्त्री कोइरालाले सार्क शिखर सम्मेलन सफल हुनेमा विश्वस्त रहन आग्रह गरे। 'नेपाल सार्वभौम देश हो,' कोइरालाले भने, 'नेपाललाई होच्याउने किसिमले कुनै पनि सम्झौता हुँदैन। बराबरको हिसाबमा मात्रै सम्झौता हुन्छ।'
नेपालमा शान्ति, स्थायित्व र लोकतन्त्रका लागि पनि विकास अपरिहार्य रहेकाले त्यसको बाटो अहिले खुलेको धारणा प्रधानमन्त्री कोइरालाले राखे।
उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले मोदीले जनकपुरमा साइकल बाँड्ने र सम्बोधन गर्ने कार्यक्रम रहेको कुरा बाहिर आएपछि सरकारले जानकारी लिएको बताए। 'उहाँ (मोदी) ले त्यहाँ साइकल बाँड्ने पनि होइन। त्यहाँका केही व्यक्तिले यस्तो गरिदिए हुन्थ्यो भन्ने प्रस्ताव मात्र राखेका हुन्। उहाँले सार्वजनिक सम्बोधन गर्ने पनि होइन।'
गृहमन्त्री गौतमले मोदीलाई लुम्बिनी र जनकपुरमा नागरिक अभिनन्दन मात्र गरिने जानकारी गराए। 'लुम्बिनी र जनकपुरमा उहाँलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको हो,' गौतमले भने, 'त्यो हाम्रो देशमा प्रचलनमा पनि छ। पहिले–पहिले काठमाडौंमा हुने गर्थ्यो। तर, बाहिर पहिलोपटक होला। सबै राष्ट्रप्रमुखले त्यो चाहनुभयो भने हामी गराउन तयार छौं।'
गौतमले भारतीय प्रधानमन्त्री मोदी अहिले संसारभर चर्चामा रहेकाले पनि उनले जनकपुर, लुम्बिनी र मुक्तिनाथ भ्रमण गर्नु नेपालका लागि गौरवको कुरा भएको बताए।
व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिमा उपस्थित गृहमन्त्री गौतमले श्रीलंकाका राष्ट्रपति पनि लुम्बिनी जाने कार्यक्रम तय भएको जानकारी दिए। 'बाँकी अरू पाँचै राष्ट्रका प्रमुख र सरकारप्रमुखले भ्रमण गर्न चाहनुभयो भने हामी व्यवस्था मिलाउँछौं,' उनले भने, 'उहाँहरूले पनि भ्रमण गरे राम्रो हुन्थ्यो। सुरक्षा मिलाउन हामी तयार छौं। कुनै पनि राष्ट्र वा सरकार प्रमुख नेपालका ऐतिहासिक महत्व भएको स्थानमा जानु भनेको नेपालकै गौरवको कुरा हो। यसले नेपालको सार्वभौमसत्ता स्थापित गर्न मद्दत गर्छ।'
गौतमले देश मोदीमय नभई सार्कमय भएको बताए। 'सरकारले सार्क र उपस्थित पाहुनाका लागि सबै किसिमको सुरक्षा व्यवस्था मिलाएको छ,' गौतमले भने, 'हामीले त्यसका लागि अत्याधुनिक साधन पनि प्रयोग गर्ने तयारी गरेका छौं। हाम्रोतर्फबाट कुनै कमी नआओस् भनेर जानेसम्मका 'लुपहोल' टाल्ने योजना बनाएका छौं।' उपप्रधानमन्त्री गौतमले सार्क शिखर सम्मेलनका क्रममा कुनै पनि देशसँग द्विपक्षीय नभई दिँदै सर्वपक्षीय हितमा कुरा हुने बताए।
'नेपालको संक्रमणकालीन राजनीतिका कारण बेला–बेलामा सुरक्षाबारे चासो उठ्ने गरेकाले पनि सुरक्षा व्यवस्था मजबुता बनाएको सम्बन्धमा सबैलाई जानकारी गराइसकेका छौं,' उनले भने, 'देश संक्रमणकालीन अवस्थामा हुँदा पनि हामी सुरक्षा प्रबन्ध गर्न सक्छौं नै भन्नुपर्छ।'
गृहमन्त्री गौतमले सार्क सम्मेलन सधैंभर नहुने जनाउँदै नेपालमा आयोजना गरेका बेला सुरक्षा व्यवस्था र तयारी फितलो नहोस् भनेर दुई दिन सार्वजनिक बिदा दिइएको जानकारी दिए। 'सवारी साधन अस्तव्यस्त नहोस् भनेर पनि दुई दिन सार्वजनिक बिदा र पाँच दिन जोरबिजोर प्रणालीका आधारमा यातायात व्यवस्था मिलाइएको छ,' समितिमा गृहमन्त्री गौतमले भने, 'काठमाडौं, भक्तपुर र ललितपुरका विद्यार्थी एउटा जिल्लाबाट अर्कोमा जानुपर्ने भएकाले ट्राफिक समस्यामा नपरून् भनेर विद्यालय बन्द गर्ने भनिएको हो।'
समितिको बैठकमा सांसदहरूले सार्कको तयारी, सुरक्षा व्यवस्था, तयारीका क्रममा भएको भनिएको अनियमितता, मोदीको भ्रमण, त्यसले पार्ने प्रभाव लगायत विषयमा जिज्ञासा राखेका थिए।