एमालेमा ‘आफ्नालाई काखा अरूलाई पाखा’
२७ मंसिर २०७८
•
६ मिनेट पाठ
एमालेमा ‘आफ्नालाई काखा अरूलाई पाखा’
नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकबाट आफ्नालाई काखा र अरूलाई पाखा लगाउने काम भएको छ।कमिटीको बैठकबाट वरीयताक्रम निर्धारण, स्थायी कमिटी, पोलिटब्युरो गठन तथा १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन प्रकृयामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विगतमा आफूलाई साथ दिनेलाई काखी च्यापेका छन्।




पार्टीमा शक्तिशाली अध्यक्षको हैसियतबाट केन्द्रीय कमिटीको बैठकमा पेस गरेका नामहरूले ओलीले विगतमा आफूलाई साथ दिने नेताहरूलाई च्यापेको पुष्टि भएको छ। उनले केन्द्रीय सदस्यको मनोनयन तथा स्थायी कमिटी गठन र पोलिटब्युरो गठनमा विगतको जिम्मेवारीलाई समेत ध्यान नदिई नेताहरूलाई जिम्मेवारी दिइएको छ।

भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले ८० जना पोलिटब्युरो सदस्य प्रस्ताव गरेका थिए। एमालेको विधानमा ९९ सदस्यीय पोलिटब्युरो रहने व्यवस्था छ। अध्यक्ष ओलीसहित १९ जना पदाधिकारी स्वतः पोलिटब्युरोमा रहने भएकाले ८० जना प्रस्ताव गरेका हुन्।

नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकले १९ जना पदाधिकारीको मर्यादाक्रम तोकिएको छ। जसमा अध्यक्ष ओली पहिलो र सचिव पद्मा अर्याल १९ औं नम्बरमा परेका छन्। उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यपछि ओलीले रामबहादुर थापालाई तेस्रो मर्यादाक्रममा राखेका छन्।

त्यसपछि विष्णु पौडेल, सुवास नेम्वाङ र सुरेन्द्र पाण्डेको मर्यादाक्रम तोकेका छन्। सचिवको माथिल्लो वरीयतामा टोपबहादुर रायमाझीलाई राखिएको छ। उनीपछि लेखराज भट्टको मर्यादाक्रम तोएिको छ।

नवौं महाधिवेशनमा हारेका रघुवीर महासेठलाई अघिल्ला सचिवहरू गोकर्ण विष्ट र योगेश भट्टराईभन्दा अघि राखेका छन्। त्यस्तै छविलाल विश्वकर्मालाई पनि विष्ट र भट्टराईभन्दा अघिल्लो मर्यादाक्रम दिइएको छ।

यो सँगै नेताहरूको जिम्मेवारी पनि तोकिएको छ। अध्यक्ष ओलीले पार्टीको समग्र पक्ष हेर्ने गरी तोकिएको छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठान, उपाध्यक्ष युवराज ज्ञवालीलाई स्थानीय तह, प्रदेश र संघ,अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय, रामबहादुर थापालाई राष्ट्रिय सुरक्षा,विष्णु पौडेललाई पार्टी संगठन अनुगमन, सुवास नेम्वाङलाई संसदीय अनुगमन, सुरेन्द्र पाण्डेलाई राजकीय मामिलाको जिम्मेवारी,महासचिव शंकर पोखरेललाई समग्र पार्टी,प्रदीप ज्ञवालीलाई स्कुल विभाग, पृथ्वीसुब्बा गुरुङलाई प्रचार विभाग, विष्णु रिमाललाई आर्थिक लेखाको जिम्मेवारी दिइएको छ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुखमा योगेश भट्टराई र कार्यालय सचिवमा भीष्म अधिकारी र संगठन विभागमा खगराज अधिकारीलाई जिम्मेवारी दिइएको छ। सचिव रघुवीर महासेठलाई प्रदेश २ को इन्चार्ज दिइएको छ। स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीलाई वाग्मती प्रदेशको इन्चार्ज दिइएको छ। सचिव छविलाल विश्वकर्मालाई लुम्बिनी प्रदेश, लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज दिइएको छ।

स्थायी कमिटी सदस्य देवराज घिमिरे प्रदेश १ को इन्चार्ज बनेका छन्। त्यस्तै यमलाल कँडेललाई कर्णाली प्रदेश, पोलिटब्युरो सदस्य महेश बस्नेतलाई युवा इन्चार्ज बनाइएको छ। गण्डकी प्रदेशमा पद्मा अर्याललाई इन्चार्ज बनाइएको छ।

विधानअनुसार मनोनयन गरिनुपर्ने १० प्रतिशत केन्द्रीय सदस्यमा धेरै नेताहरू छुटेका छन्। चितवनका कृष्णभक्त पोखरेलदेखि शिव गुरुङ,सुरेन्द्र मानन्धर, दीपक भट्ट,सोभियत ढकाल, बुद्धिकुमार राजभण्डारी,नरेश खरेलसम्मका त्यागी नेताहरू छुटाइएको छ। उनीहरूको स्थानमा दुर्गा प्रसाईंजस्ता आगन्तुकलाई केन्द्रीय सदस्य बनाइएको छ।

पार्टी संगठन बनाउने नेतालाई केन्द्रीय सदस्य नबनाएका ओलीले आगन्तुकलाई केन्द्रीय सदस्य बनाएपछि एमालेको तल्लो तहमा निराशा छाएको छ। पार्टीको बैठकमा स्थायी कमिटी,पोलिटब्युरो गठन तथा कार्यविभाजन र मनोनयनको विषयलाई लिएर पार्टीका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले असहमति प्रकट गरेको भए पनि सुनुवाइ भएन।

त्यस्तै योगेश भट्टराईले भीम रावललाई मनोनयन गरेर स्थायी कमिटीमा ल्याउनुपर्ने भनी राखेको प्रस्तावको पनि सुनुवाइ भएन।

पदाधिकारी

अध्यक्ष

केपी शर्मा ओली

वरिष्ठ उपाध्यक्ष

ईश्वर पोखरेल

उपाध्यक्ष

युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे,

महासचिव 

शंकर पोखरेल

उपमहासचिव

प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ। विष्णु रिमाल

सचिव

टोपबहादुर रायमाझी, लेखराज भट्ट, रघुविर महासेठ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्याल

स्थायी कमिटी

घनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, मणिचन्द्र थापा,शेरधन राई,यमलाल कँडेल, राजन भट्टराई, सीता पौडेल, अग्नि खरेल, प्रभु साह, बिन्दा पाण्डे, गोरखबहादुर बोगटी, कर्ण थापा, राजेन्द्र गौतम, थममाया थापामगर, शेरबहादुर तामाङ, शिवमाया तुम्बाहाङ्फे, हिक्मत कार्की।

पोलिटब्युरो

गोकुल बाँस्कोटा, महेश बस्नेत, अरूण नेपाल, देवी ज्ञवाली, परशुराम मेघी गुरुङ, पुरुषोत्तम पौडेल,आनन्द पोखरेल, लिला गिरी, जगत विश्वकर्मा, कमल चौलागाईं, बालकृष्ण ढुंगेल, ईश्वरी रिजाल, जितबहादुर गौतम, विनोद श्रेष्ठ, सुमन प्याकुरेल, भैरवसुन्दर श्रेष्ठ, रामदयाल मण्डल, दलबहादुर राना, गोकुल घर्ती, वैजनाथ चौधरी, लिलानाथ श्रेष्ठ, खेममान खड्का, राजेन्द्रसिंह रावल, नारदमुनि राना, लिलबहादुर थापामगर, सुजिता शाक्य,ज्वालाकुमार साह, मोहन बानियाँ, मञ्जु चौधरी, विशाल भट्टराई, गणेशसिंह ठगुन्ना, खिमलाल भट्टराई, दधिरामा न्यौपाने, ठाकुर गैरे,तिलकुमार म्याङ्ब्यो, गौरी ओली, निरु पाल, विमला घिमिरे, लिलाकुमारी भण्डारी,शान्ता चौधरी, सीता गिरी ओली, कृष्ण राई, गुलाबजंग शाह, लक्ष्मी पोखरेल, सूर्य थापा, मनकुमारी केसी, सुशीला नेपाल, पार्वत गुरुङ।

मनोनीत केन्द्रीय सदस्य

दल फडेरा, मानवीर राई, ऐन महर, चन्द्रमोहन गौचन, रतननाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञबहादुर बोगटी, हरि घिमिरे, युवराज बास्कोटा, विशाल भट्टराई, उद्धव रेग्मी, बद्रि न्यौपाने, रूपनारायण श्रेष्ठ,प्रेम दंगाल, हरिकृष्ण व्यञ्जनकार, सुवास देवकोटा,भीम केसी, लालबाबु पण्डित, इन्दिरा गौतम, सरस्वती चौधरी, यमुना रोका, उमा कोइराला, कल्पना चापागाईं, आशा विक, नैनकला ओझा, मञ्जु गुरुङ, विमला अर्याल, इन्दिरा सञ्जेल, गीता कार्की, शान्ति अधिकारी, रुक्मिणी राना, सविता यादव, तारादेवी गुरुङ, विषमलाल अधिकारी, रेशम लामा, दुर्गा प्रसाइँ, गोविन्द दुवाल, सहदेव बोटी, बालसिंह काउछा, कृष्ण केसी, चन्द्रबहादुर विश्वकर्मा।

प्रदेशमा कसलाई के जिम्मेवारी?

प्रदेश १ मा तुलसी न्यौपाने अध्यक्ष, टीका चेम्जोङ उपाध्यक्ष, चिन्तन पाठक सचिव र दुई उपसचिवमा धन तामाङ र शैलेश लामा चयन भएका छन्। प्रदेश २ मा रामअवतार यादव अध्यक्ष,रेवती पन्त उपाध्यक्ष,डा. कृष्ण पौडेल सचिव, फर्मुद नदाव र आरती भण्डारी उपसचिव भएका छन्।

बागमती प्रदेश अध्यक्षमा केशवराज पाण्डे, उपाध्यक्षमा रामहरि सुवेदी, सचिवमा विजय सुवेदी, उपसचिवमा रत्ना गुरुङ र महेश बर्ताैला चयन भएका छन्। गण्डकी प्रदेशमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवमा क्रमशः नवराज शर्मा, मोहन रेग्मी, धनञ्जय दवाडी,मञ्जु अधिकारी र रश्मी आचार्य चयन भए। लुम्बिनी प्रदेशमा राधाकृष्ण कँडेल, भोजप्रसाद श्रेष्ठ, लक्ष्मण आचार्य, लीला राना र दुर्गा थारु चयन भएका छन्।

कर्णाली प्रदेश अध्यक्षमा विनोदकुमार शाह चयन हुँदा उपाध्यक्ष, सचिव र उपसचिवद्वयमा लालबहादुर महतरा, कमल शाही, रूपा शाही र टेकराज पछाई चयन भएका छन्।

सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी, उपाध्यक्ष कमल तिमिल्सिना, सचिव धर्मराज पाठक, सहसचिव बलदेव रेग्मी र भगिरथी योगी चयन भएका छन्।

यस्तै उपत्यका विशेष अध्यक्षमा प्रेमप्रसाद पराजुली चयन भएका छन्। उपाध्यक्षमा विदुर कार्की, सचिवमा समिर नेपाल, सहसचिवमा उर्मिला सुनुवार र चन्द्र रिजाल चयन भएका छन्।
अर्को समाचार
कर्णालीमा मन्त्रिपरिषद विस्तार हुँदै, माओवादीबाट परियार विनाविभागीय मन्त्री बन्दै
१२ वैशाख २०८१
•
१ मिनेट पाठ
कर्णालीमा मन्त्रिपरिषद विस्तार हुँदै, माओवादीबाट परियार विनाविभागीय मन्त्री बन्दै
दुई साताअघि कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका यामलाल कँडेलले आज पहिलो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्। उनले माओवादी केन्द्र र आफ्नो दल अर्थात् नेकपा एमालेबाट एक–एकजनालाई मन्त्री नियुक्त गर्न लागेका हुन्।




मन्त्रालय भागबण्डा नमिल्दा दुई सातासम्म मन्त्रिपरिषद् गठन नगर्न नसकेका कँडेलले माआवादी केन्द्रबाट रणसिंह परियार र एमालेबाट एकजनालाई मन्त्री नियुक्त गर्न लागेका हुन्। तर, एमालेबाट सरकारमा को जाने भन्ने नाम टुंगो लागिसकेको छैन।

माओवादी संसदीय दलको बुधवार बसेको बैठकले परियारलाई सरकारमा पठाउने निर्णय गरेको थियो। ‘अहिलेलाई उहाँ (रणसिंह परियार)लाई विना विभागीय मन्त्रीका रुपमा पठाउने निर्णय भएको छ,’ सांसद कृष्ण जिसीले भने, ‘बाँकीको नाम टुंगो लागेपछि एकै पटक मन्त्रालयको जिम्मेवारी दिइनेछ।’ परियार माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हुन् । उनी हुम्लाबाट निर्वाचित प्रदेश सांसद हुन्।

मंगलबार भएको दुई दलका शीर्ष नेताबीच मन्त्रालयको भागबण्डाको टुंगो लागेको थियो। आठ सदस्यीय मन्त्रिपरिषद्मा माओवादी केन्द्रले महत्वपूर्ण चार मन्त्रालय पाउने टुंगो लागेको छ। माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उर्जा जलस्रोत विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाउने सहमति दुई दलबीच भएको छ।

यस्तै एमालेले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय पाउनेछ। चैत २९ गते कँडेल मुख्यमन्त्री नियुक्त भएपनि मन्त्री नियुक्त गर्न नसक्दा अहिलेसम्म मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन्।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस