संवाद समितिमा दाहालको आक्रोश- 'सभापति हटाएर आफूखुसी लैजानुस्'
२८ कार्तिक २०७१
•
१२ मिनेट पाठ
संवाद समितिमा दाहालको आक्रोश- 'सभापति हटाएर आफूखुसी लैजानुस्'
काठमाडौं- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभामा बहुमतले संवाद समितिको सभापति हटाएर 'आफूखुसी' संविधान बनाउन सत्तारुढ दल कांग्रेस–एमालेलाई चुनौती दिएका छन्।
संविधानका विवादित विषयमा सहमतिका लागि समितिलाई थप पाँच दिन समय मागेका दाहालले सत्तारुढ दल त्यसमा सहमत नभएपछि आफूहरू कांग्रेस–एमालेको साझा प्रस्ताव संविधानसभामा पठाउन कुनै हालतमा तयार नहुने धारणा राख्दै यस्तो चेतावनी दिएका हुन्।'पाँच दिन संवाद समितिको बैठक रोकौं न त भन्दा नमानेपछि तपाईंहरूले भनेको विषय पनि हामी पठाउन सक्दैनौं,' दाहालले बैठकमा भनेका थिए, 'त्यो प्रस्ताव पठाउँदा देश द्वन्द्वमा जान्छ। हामीले देशलाई द्वन्द्वमा लैजान खोजेको होइन। हामीले भनेको तपाईंहरूले नमान्ने हो भने सभापति हटाउनुस् र आफ्नो सभापति बनाउनुस्।'
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति एवं एमाओवादी नेता बाबुराम भट्टराईले संविधानका विवादित विषयमा सहमति जुटाउन नसकेपछि कांग्रेस–एमालेले ७ प्रदेशको संघीय मोडलसहित साझा प्रस्ताव राखेका थिए। 
उक्त प्रस्ताव संविधानसभामा पठाउन ठाडै अस्वीकार गर्दै आएका दाहाल दलीय छलफल छाडेर रोल्पा पुगेका थिए। बिहीबार राजधानी फर्केका उनी शुक्रबार समितिको बैठकमा निकै आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए।
दाहालको आक्रोशलाई राजनीतिक विश्लेषक नीलाम्बर आचार्य भने 'घुर्की' का रूपमा लिन्छन्। दाहालले भनेझैं भट्टराई संवाद समितिबाट हट्न नसक्ने र स्वयं उनी पनि हटाउने पक्षमा नरहेको तर्क आचार्यको छ।
'माघ ८ सम्म संविधान बनेन भने मुलुकको स्थिति फेरिन सक्छ,' आचार्यले भने, 'एमाओवादी त्यही दिनसम्म अल्झाउन सकिए कांग्रेस–एमालेबीच र दुवै पार्टीभित्र पनि विवाद बढाउन सकिन्छ भन्ने आशामा देखिन्छ।' 
दाहालको घुर्की सत्तारुढ दललाई तर्साउन मात्र आएको संकेत गर्दै उनले भने, 'यो विषय (घुर्की) सत्तासँग जोडिएर आएको छ।'
बैठकमा बोल्दै दाहालले कांग्रेस–एमालेले सहमति भाँडेर द्वन्द्व निम्त्याउन चाहेको आरोप लगाउँदै उनीहरुको प्रस्ताव संविधानसभा पठाइए देश द्वन्द्वमा जाने बताएका थिए।
आचार्य भने एमाओवादी पहिल्यै द्वन्द्वमा गइसकेको तर्क गर्छन्। 'केही दिन पहिले पनि उनीहरू (माओवादी नेता) ले सिंहदरबार छाडिदिनुस् भनेर घुर्क्याएकै हुन्,' उनले भने, 'तपार्इंहरू सरकार बनाउनुस् भनेर प्रचण्डजीले मधेसमा गएर भन्नुभएकै हो। त्यसैले उहाँ त द्वन्द्वमा गइसक्नुभयो। उहाँले सिंहदरबार खाली गर्नुस् भनेर महाभारत सुरु गरिसक्नुभयो। कांग्रेस–एमालेले उहाँहरूलाई ह्यान्डल गर्न जानेनन्। माओवादीले के भन्छन् र के गर्छन् भन्ने जानेर ह्यान्डल गर्नुपर्थ्यो।'
शुक्रबारको संवाद समिति बैठकबाट बाहिरिँदै दाहालले संवाद समिति पनि डेडलकमा गएकाले देश अब द्वन्द्वतर्फ उन्मुख भएको बताएका थिए। 'संविधानको अन्तर्वस्तु र प्रक्रियामा पनि सहमति हुन सकेन,' दाहालले सञ्चारकर्मीसँग भने, 'संवाद समिति अब डेडलकमा गयो। देश ठूलो राजनीतिक द्वन्द्वमा जाने खतरा पैदा भएको छ। तीनै पार्टीबीच जति छलफल गर्दै गयो, त्यति शंका र दुरी बढ्दै जाने विचित्रको अवस्था आयो।'
सहमतिका लागि आफूले अन्तिम पाँच दिन मागेको तर कांग्रेस र एमाले त्यो समय पनि दिन नसकिने अवस्थामा पुगेर द्वन्द्व निम्त्याएको दाहालको आरोप छ।
कांग्रेस र एमालेले संवाद समितिमा पेस गरेको प्रस्ताव नियमावलीअनुसार पनि संविधानसभा पठाउन नमिल्ने सभापतिको विवेकले देखेको र संविधानसभाले दिएको निर्देशन बमोजिमको प्रतिवेदन पेस गर्न आफूले सुझाएको दाहालले प्रस्ट्याए।
'सहमति भएन भने प्रक्रिया नै रोक्ने कुरा हाम्रो होइन,' दाहालले भने, 'सहमति हुन सकेन भनेर नै प्रतिवेदन पठाऔं, उहाँहरू आफ्नो प्रस्ताव सँगै पठाउँ्क भन्नुहुन्छ। अंकगणित देखाएर जबर्जस्ती गर्न खोजेर बलमिच्याइँ गर्दा देश द्वन्द्वमा जान्छ भन्दा उहाँहरू मान्नुहुन्न।'
कांग्रेस उपसभापति रामचन्द्र पौडेल भने एमाओवादीले संविधान जारी नगरी माघ ८ टार्न खोजेको बताउँछन्।
'माघ ८ मा संविधान बनाउन उहाँहरू (माओवादी नेता) तयार हुनुभएन भन्ने पुष्टि भयो। पछि पनि बनाउनुहुन्छ कि हुन्न, भन्न सकिँदैन,' पौडेलले बैठकपछि सञ्चारकर्मीसँग भने, 'माघ ८ मा संविधान नबनोस्, एकपछि अर्को प्रस्ताव गर्दै माघ ८ कटाइदिने उहाँहरुको प्रपन्च हो।'
आफूहरु संवाद समितिको सभापति हटाउने पक्षमा नरहेको उनको धारणा छ। 'हामी सभापति हटाउन लागेका होइनौं,' पौडेलले भने, 'हामीले ल्याएको प्रस्ताव संविधानसभामा पठाउँ्क र त्यहीँ छलफल गरौं भन्ने हाम्रो माग हो।'
एमाओवादी नेताहरुसँग संविधानसभामा सबै प्रस्ताव पठाएर छलफल गरी फेरि पनि संवाद समितिमै बसेर सहमतिको प्रयास गर्न सकिने प्रस्तावसमेत राखेको उनले बताए। 'आएका प्रस्ताव एकपटक पठायौं भने वातावरण सहज हुन्छ,' पौडेलले नागरिकसँग भने, 'एकथरीले भनेको पूरै बाइपास गर्न मिल्दैन। प्रस्ताव पठाएर छलफल गर्दा फेरि हार्दिकता आउँछ। एकपटक विषयहरु अघि जानेबित्तिकै वातावरण सहज बन्छ।' 
पौडेलले संवाद समितिमा जति नै समय राखे पनि संविधानका अन्तर्वस्तुमा सहमति कायम हुन सक्ने सम्भावना नरहेको बताए।
'जति दिन बढाए पनि विषयहरु मिल्ने होइन,' उनले थपे, 'माघ ८ लाई आलटाल नगरौं भनेर हामीले प्रस्ताव लैजाने भनेका हौं।'
सधैं अन्तिम समयसम्म सहमति कायम हुने आशावादी रहेको बताउने संवाद समितिका सभापति भट्टराई पनि शुक्रबारको बैठकपछि गला अवरुद्ध पार्दै गहभरि आँसु लिएर स्थिति गम्भीर मोडमा पुगेको बताए। 
'स्थिति आजसम्म आइपुग्दा असाध्यै गम्भीर मोडमा पुग्यो,' भट्टराईले भावुक र गम्भीर हुँदै भने, 'दलहरुको बीचमा सहमति भन्दा असहमतिको खाडल झनै फराकिलो बन्दै गएको छ। बालुवाटारमा तीन दलका शीर्ष नेताका बीचमा पनि मैले १२ बुँदे सहमतिका सहयात्रीबीच सहमतिको विकल्प छैन भन्ने प्रस्ताव राखेँ। सहमति कायम नगर्ने हो भने फेरि द्वन्द्वको पुनरावृत्ति हुन्छ भनेर त्यसलाई रोक्न कम्तीमा पाँच दिनको समय दिनुहोस् र प्रयत्न गरौं भन्ने गरेको थिएँ। त्यहाँ शीर्ष नेताले त्यो कुरा सुन्नुभएन। हाँसिमजाकमा उडाउनुभयो। कसरी पाँच दिनमा कसरी गर्छस् भन्नुभयो।'
भट्टराईले संवाद समितिको बैठकमा पनि यही प्रस्ताव राखेपछि तीन दिनका लागि बैठक स्थगित गरी अन्तिम सहमतिको प्रयास गर्ने धारणा राखे।
'समितिमा पनि मैले यो कुरा राखें,' भट्टराईले भने, 'समितिमा पनि दलहरुकै कुराहरु प्रतिबिम्बित भयो। तीन दिनको समय दिनुस्, अन्तिम प्रयास गर्छु भनेको छु। अन्ततः महाभारत नै सुरु हुन्छ भने कमसेकम तीन दिन ढिला गर्नु बुद्धिमानी हुन्छ। द्वन्द्व रोकिन्छ भन्ने ग्यारेन्टी त लिन्नँ, तर तीन दिन प्रयास गर्छु।'
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले पाँच दिनको समय अन्तिम सहमतिका लागि दिन आफूले पनि आग्रह गरेको बताए। गच्छदारले कांग्रेस/एमालेले ल्याएको दुई तिहाइको प्रस्ताव उपयुक्त प्रयोगमा आउन नसकेको बताए।
'अन्तिमपटक सहमतिका लागि प्रयास गरौं,' गच्छदारले भने, 'पाँच दिनभित्र टुंगो लगाउने गरी गरौं। भएन भने प्रक्रियामा जान्छ। कांग्रेस/एमालेको दुई तिहाइ ब्रह्मास्त्रको प्रयोग उपयुक्त समयमा हुनुपर्थ्यो। त्यो प्रयोग गर्न जान्नुभएन। त्यसले गर्दा संवाद समिति विवादमा फसेको छ।'
शुक्रबारको बैठकमा एमाओवादीसहित विपक्षमा रहेका राजनीतिक दलले अन्तर्वस्तुमा सहमतिका लागि अन्तिम पाँच दिनको समय दिन आग्रह गरे पनि सत्तारुढ दलले नमानेपछि दुवै पक्ष निराश भएर बाहिरिएका थिए।


अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस