काठमाडौं- आसन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनले काठमाडौंलाई छोपेको छ। मंसिर १० र ११ गते हुने सम्मेलनमा सहभागी हुन सदस्य राष्ट्र भारत, भुटान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र अफगानिस्तानका राष्ट्र प्रमुख तथा सरकार प्रमुख मंसिर ९ गते काठमाडौंमा आउँदै छन्।
सन् २००२ मा दोस्रोपटक सार्क शिखर सम्मेलन आयोजना गरेपश्चात यति धेरै राष्ट्र प्रमुख तथा सरकार प्रमुख एकैपटक नेपालमा आउन लागेको यो पहिलोपटक हो। अझ भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकाका राष्ट्रपति महिन्द्रा राजपाक्षेबाहेक अन्य सदस्य राष्ट्रका प्रमुखले त पहिलोपटक नेपालको औपचारिक भ्रमण गर्न लागेका हुन्।
सात राष्ट्रका प्रमुख एकैदिन काठमाडौं आउने भएपछि अहिले सरकारले आफ्नो सम्पूर्ण ध्यान सार्क तयारीमा दिएको छ। रातारात सडक फराकिलो पारिएको छ, खाल्डाखुल्डी पुरेर चिल्लो पारिएको छ। सडक दायाँबायाँ सोलार बत्ती जडान गरिएको छ, स–साना बिरुवा रोपिएको छ।
धरहरादेखि सिंहदरबारसम्म नयाँ रंग पोतिएको छ। सडक वरपरका घरमा समेत सरकारले नै रंगरोगन गरेको छ। सडकछेउका रेलिङ रंगिएका छन्। दुई–तीन महिनाको अवधिमा सहरले काँचुली फेरेको छ। यो सबै तामझाम गर्न राज्यकोषबाट करिब दुई अर्ब रुपैयाँ खर्च भइसकेको छ। तर, कामको गुणस्तर र आर्थिक पारदर्शिताबारे खासै चासो दिइएको छैन।
'सबै काम रातारात भएका छन्। सार्कपछि अहिले भएका विकास–निर्माण टिक्छन्–टिक्दैनन् पत्तो छैन। यी कार्य विधिसम्मत भएको छ/छैन? पारदर्शिता अपनाइएको छ/छैन? संसदमा समेत प्रश्न उठेको छ, त्यसैले संसदको यो समितिको ध्यानाकर्षण भएको छ,' व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको शुक्रबार बिहान बसेको बैठकमा समिति अध्यक्ष शेरधन राईले भने।
समितिमा सभासदको जिज्ञासाको जवाफ दिन बोलाइएको थियो– मुख्यसचिव लीलामणि पौडेल, परराष्ट्र मन्त्रालयका कामु सचिव शंकरदास वैरागी, सहरी विकास मन्त्रालयका सचिव अर्जुन कार्की, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौला, गृह मन्त्रालयका निमित्त सचिव लक्ष्मीप्रसाद ढकाल र अर्थ मन्त्रालयका सहसचिव रामशरण पुडासैनी।
'मलाई लाग्छ सबै काम नीति–नियमअनुसार नै भएका छन्। जनताले तिरेको एक–एक पैसा सदुपयोग हुनुपर्छ भन्नेमा हामी सचेत छौं। अनियमितता गरेको भए कसैले पनि उन्मुक्ति पाउँदैन,' मुख्य सचिव पौडेलले समिति बैठकमा भने।
सार्कका बेला सदस्य राष्ट्रका प्रमुख त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोल्टी होटल (निवास), सोल्टीबाट राष्ट्रिय सभागृह, महाराजगन्जस्थित राष्ट्रपति भवन शीतलनिवास र प्रधानमन्त्री कार्यालय सिंहदरबार जाने छन्। सार्कको नाममा जे–जति विकास–निर्माण भएका छन्, सबै यिनै ठाउँमा केन्द्रित भएर गरिएको छ।
सम्मेलनस्थल राष्ट्रि सभागृहको सम्पूर्ण भवन मर्मत गरिएको छ। बस्ने कुर्ची फेरिएको छ। प्रत्येका देशका राष्ट्र प्रमुख वा सरकार प्रमुख र विदेशमन्त्री बस्ने छुट्टाछुट्टै कोठा (होल्डिङ रुम) तयार पारिएको छ। सिंहदरबारभित्रको ग्यालरी बैठक (पुरानो संसद भवन) रंगाइएको छ।
'सार्क शिखर सम्मेलन सम्पन्न गर्न दुई अर्ब रुपैयाँ लाग्ने देखिन्छ,' अर्थ मन्त्रालयका सहसचिव रामशरण पुडासैनीले भने, '७८ करोड खर्च भइसकेको छ, ८४ करोड थप निकासा भएको छ। विभिन्न निकायलाई ३५ करोड रुपैयाँ खर्च गर्न सहमति दिइएको छ।'
सार्क शिखर सम्मेलन काठमाडौं वा पोखरामा कहाँ गर्ने भन्ने निर्णय लिन नसक्दा पनि तयारीमा ढिलाइ हुन आएको भनाइ मुख्यसचिव पौडेलको थियो। पोखरालाई विश्वसामु विशेष रुपमा चिनाउन सार्क सम्मेलन पोखरामा गर्ने प्रयास सुरुका दिनमा भएको थियो। प्रधानमन्त्री सुशील कोइरालाको पहिलो रोजाइ पनि पोखरा थियो।
किन छानिएन पोखरा?
सबैको मन पोखरामा हुँदाहुँदै पनि सार्क सम्मेलन भने अन्तिममा मात्र काठमाडौंमा गर्ने निर्णय भएको थियो। थुप्रैपटक विशेष टोली पोखराको अध्ययन गर्न गएका थिए तर विविध कारणले पोखरा छनोटमा परेन।
'सुरक्षाबाहेक सबै कारणले पोखरा ठीक ठहरिएको थियो। त्यही एउटा कुरा भनेजस्तो नहुँदा सम्मेलन तेस्रोपटक पनि काठमाडौंमै गर्ने निर्णय लिनुपरेको हो,' मुख्य सचिव पौडेलले भने, 'पोखरामा ठूला विमान अवतरण गर्न नसक्नु, हामीसँग धेरै हेलिकप्टर नहुनु र बुलेटप्रुफ गाडीको प्रबन्ध मिलाउन नसक्नु जस्ता कारणले सम्मेलन काठमाडौंमै गर्नुपर्ने भएको हो।'
राष्ट्र प्रमुख तथा सरकार प्रमुख जाने ठाउँमा राति पनि विमान उड्नसक्ने विमानस्थल हुनुपर्छ। केही दुर्घटना भए उत्तिखेरै विमानमार्फत उद्धार गर्नुपर्ने हुन्छ। तर, पोखरा विमानस्थलमा न त राति विमान अवतरण गर्न सक्छ न उडान भर्नै। ‘काठमाडौंमा सम्मेलन गरे सातवटा बुलेटप्रुफ गाडीले पुग्थ्यो, पोखरामा गर्दा १४ वटा चाहिने भयो, जुन खरिद गर्न सम्भव भएन,' पौडेलले भने।
बुलेटफ्रुफ गाडी भारतबाट
बुलेटप्रुफ गाडी अर्डर गरेपछि निर्माण कम्पनीले बनाउन सुरु गर्छ। मर्सिडिज र बिएमडब्लु कम्पनीले मात्र यस्ता गाडी निर्माण गर्छन्। सार्क सम्मेलनको घोषित मितिभित्र नयाँ बुलेटप्रुफ गाडी बनाएर ल्याउन नसक्ने भएपछि सरकारले 'सेकेन्ड ह्यान्ड' किन्ने सोच बनाएको थियो। तर, सार्वजनिक खरिद ऐनअनुसार प्रयोग भइसकेको गाडी किनेर ल्याउन मिल्दैन।
'किन्न नमिल्ने भएपछि बुलेटप्रुफ गाडी भाडामा ल्याउने सोच बनाएका हौं। त्यसपछि हामीले बेलायत, जापान, भारत, बंगलादेश, श्रीलंकामा रहेका नेपाली दूतावासमार्फत ती देशबाट भाडामा ल्याउने प्रक्रियाबारे छलफल अघि बढाएका थियौं। अन्तमा 'गभर्मेन्ट टु गभर्मेन्ट' भारतबाट बुलेटप्रुफ गाडी ल्याउने निर्णय गरेका हौं,' मुख्य सचिव पौडेलले भने।
भारतले दिने ६ वटा बुलेटप्रुफ गाडी शनिबार काडमाडौं आइपुग्दैछन्। कार्गो विमानमार्फत ती गाडी ल्याइनेछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आवश्यक पर्ने दुईवटा बुलेटप्रुफ गाडी भने मंसिर ९ गते उनी नेपाल आउँदा सँगै ल्याइनेछ। यी सबै बुलेटप्रुफ गाडी सार्क सम्मेलन सकिएलगत्तै भारतलाई फिर्ता गरिनेछ। भारतले निःशुल्क उपलब्ध गराएको यी गाडी ल्याउँदा र पठाउँदा लाग्ने खर्च नेपाल सरकारले व्यहोर्नेछ।
'बुलेट प्रुफबाहेक हामीले सार्क सम्मेलनका लागि जम्मा १ सय ३२ सवारीसाधन मागेका थियौं। जसमध्ये २० वटा नयाँ गाडी किनिसकेका छौं। ७० वटा गाडी विभिन्न सरकारी निकायले उपलब्ध गराउने भएका छन् भने ३२ वटा गाडी भारतबाट भाडामा ल्याइनेछ,' कामु परराष्ट्र सचिव शंकरदास वैरागीले भने। भारतबाट भाडामा ल्याइने ३२ वटा गाडी सडकमार्ग हुँदै ल्याइनेछ।
'परराष्ट्रले अनुरोध गरेअनुसार भारतबाट ल्याइने गाडीलाई भन्सार र मूल्य अभिवृद्धि करमा छुट दिने व्यवस्था भइसकेको छ। यसका लागि मौखिक निर्देशन दिइसकिएको,' अर्थ मन्त्रालयका सहसचिव पुडासैनीले स्पष्ट पारे।
विकास निर्माणको गुणस्तरीयता
सार्कका नाममा ७० दिन लाग्ने टेन्डर प्रक्रिया सात दिनमा सकिएका छन्। सोझै खरिद गरिएको छ। आपतकालीन अवस्थामा मात्र प्रयोग गर्न मिल्ने सार्वजनिक खरिद ऐनका दफालाई सार्कका नाममा प्रयोग गरिएको छ। भवन मर्मत–सम्भार, रंगरोगनदेखि सडक निर्माणसम्मका काम केही दिनमै सकिएका छन्। सार्कसम्म त टिक्ला, त्यसपछि के गर्ला? अधिकांश सभासदको जिज्ञासा यसैमा अडेको थियो।
'हिजो भैंसी आहाल बस्ने जस्तो सडक आज एकाएक चिल्ला बनेका छन्। विदेशीलाई देखाउन टालटुले काम त गरिएको छैन?,' सुशासन तथा अनुगमन समितिको बैठकमा सभासद सुशीला नेपालले प्रश्न गरिन्।
भौतिक पूर्वाधार तथा यातायात सचिव तुलसी सिटौलाका अनुसार सार्कका लागि ४८ किलोमिटर सडक कालोपत्रे र ८० किलोमिटर रोड मार्किङ गर्ने काम आइतबारसम्म सम्पन्न हुनेछ। 'रोड पेन्टिङ र मार्किङ एक वर्ष टिक्छ,' उनले भने।
सार्वजनिक खरिद ऐनमा भएका सबै प्रक्रिया पूरा गर्ने र प्रक्रियाको अवधि छोट्याउने प्रावधानअनुसार नै काम भएको भनाइ सचिवहरुको थियो। कतिपय ठाउँमा विशेष परिस्थिति आए पनि अरु सबैमा सार्वजनिक खरिद ऐनको फलो गरिएको दाबी उनीहरुले गरे। 'राष्ट्रिय सभागृहमा आवश्यक पर्ने सोफा तथा पर्दा, सिंहदरबार मुख्यगेटको रंगरोगनजस्ता काम सोझै खरिद प्रक्रियाबाट गरिएको छ। सिंहदरबारभित्रका बाँकी सबै काम ठेक्का पट्टाबाटै भएको छ,' सहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार कार्कीले भने। उनले ग्यालरी बैठक र राष्ट्रिय सभागृह मंसिर १ गते परराष्ट्रलाई हस्तान्तरण गरिने जनाए।
चारवटा जामर ल्याइने
सार्क सम्मेलनको सुरक्षा एकीकृत सुरक्षा योजनाअनुसार सेनाको संयोजकत्वमा हुनेछ। पाहुनाको निवास, भ्रमणस्थलको छुट्टै सुरक्षा व्यवस्था गरिएको छ। सडक र मुख्य स्थानमा सिसीटिभी जडान गरिएको छ। सुरक्षा मजबुत बनाउन चारवटा जामर गाडी पनि खरिद गरिँदैछ।
सुरुमा जामर खरिद गर्ने सोच सरकारको थिएन। सार्कका दुई सदस्य राष्ट्रले जामर आफैं ल्याउने जानकारी गराएपछि बाँकी देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई पनि जामर गाडी उपलब्ध गराउने निर्णय सरकारले गरेको हो। स्विट्जरल्यान्डमा बनेको एउटा जामरलाई सात करोडसम्म पर्छ भने चीनमा बनेको जामर डेढ करोड रुपैयाँमा पनि आउँछ।
'दुई देशले आफैं जामर ल्याउँछु भनेपछि अन्य देशका पाहुनालाई पनि जामर उपलब्ध गराउने निर्णय भएको हो। यसका लागि बोलपत्र स्वीकृत भइसकेको छ,' गृह मन्त्रालयका निमित्त सचिव लक्ष्मीप्रसाद ढकालले भने। जामरले निश्चित दुरीभित्र मोबाइललगायत उपकरणलाई निस्त्रि्कय बनाउँछ। खासगरी बिस्फोटक पदार्थ र त्यो विस्फोट गर्ने रिमोटबीचको सम्बन्ध बिच्छेद होस् भनेर जामर प्रयोग गरिन्छ।
सार्कअघि कारबाही हुँदैन
सार्कको नाममा गरिने अनियमिततामा आममाफी दिन नहुने सभासदको मागलाई सार्कपछि मात्र कार्यान्वयन गर्न सकिने मुख्यसचिव पौडलको धारणा थियो। सार्कको नाममा जे पनि गर्न छुट छ भन्ने नजिर बस्न नदिन आफू चनाखो रहेको उनले बताए।
'सार्कको बहानामा सबै कुरा क्षम्य हुँदैन। कसैले गडबडी गरेको रहेछ भने त्यसमाथि कारबाही हुन्छ,' मुख्य सचिव पौडेलले भने, 'अहिले नै फाइल झिकाएर कारबाही गर्ने पक्षमा हामी छैनौं। सार्क सम्मेलनअघि यो गर्न सकिँदैन र गर्नु बुद्धिमानी पनि हुँदैन। त्यस्तो केही भएको रहेछ भने सार्कपछि छानबिन दायरामा ल्याउँछौं।'
भित्ता कोर्नेलाई कारबाही
सार्क सम्मेलनका दौरान रंगिएका सडकका भित्ता र पोलमा पेन्टिङ तथा पोस्टर टाँस्नेलाई कारबाही गरिने भएको छ। सार्क सम्मेलन सकिएपछि पनि भित्ता कोर्ने र पोस्टर टाँस्नेलाई कारबाही गरिने पौडेलले बताए। 'भित्तामा कसैले लेखे वा पोस्टर टाँसे मेट्न र उप्काउन लगाइनेछ। त्यसपछि भित्तालाई जस्ताको तस्तै बनाउन लगाई कानुनअनुसार दण्ड–सजाय गरिनेछ,' मुख्यसचिव पौडेलले भने, 'सत्तारुढ दलकै कार्यकर्ताबाट त्यस्तो कार्य भयो भने पनि कारबाही हुन्छ।'