डडेल्धुरा–राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख तीन दलको भागबन्डाका कारण संविधान निर्माण प्रक्रिया लम्बिरहेको बताएका छन्। थापाले तीन दलले संविधान निर्माण गर्दा भागवण्डा खोजिरहेका कारण समस्या भएको दाबी गरे।
तीन दलको संविधान प्रक्रियामा ध्यान नभएको उनको भनाई थियो। संविधान भन्दा पहिलो प्राथमिकता सत्तालाई राखेका कारण धेरै समस्या भएको उनले जनाए। अहिलेकै अवस्था कायम रहे माघ ८ पछि पनि संविधान निर्माण हुने आंशका रहेको जनाए।
राष्ट्रपति, उपराष्ट्रपति, सभामुख , प्रधानमन्त्री लगायतका बिषयमा मुख्य दलहरु बीच साझेदारी हुन नसक्दा माघ ८ को मिति घर्किँदै जानथालेको थापाले बताए। प्रदेश र शासकीय स्वरुप जस्ता बिषयमा धेरै असहमति दलहरुबीच नरहेको उनको भनाई थियो। उनले संविधानका विवादित विषयमा जनमत संग्रहमार्फत समाधान खोज्नुपर्ने जनाए। 'राष्ट्रकै सभ्यता र संस्कृतिको रक्षा गर्नु कुनै अपराध होइन,' उनले भने, 'विवादित विषयमा जनमत संग्रह गरेर समस्याको समाधान खोज्नुपर्छ।' उनले दुईचार दलले संबिधान सभामा गरेका निर्णयलाई आफुले स्वीकार नगर्ने बताए। 'जनता निर्णयले हामीले स्वीकार गर्छौं तर नेताहरुको सिन्डीकेटलाई मानिदैन, उनले भने।