काठमाडौं- संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले संविधानका विवाद (असहमति) मा प्रश्नावली बनाउने प्रक्रियामा प्रमुख दलबीच सहमति भए संविधानसभामा उक्त प्रस्ताव पठाउन आफू बाधक नबन्ने बताएका छन्।
शनिबार नागरिकसँग विशेष कुराकानी गर्दै सभापति भट्टराईले दलहरुबीच सहमति हुनै नसके पनि त्यसलाई संविधानसभामा कसरी प्रस्तुत गर्ने भन्नेमा सहमति बन्नुपर्ने प्रस्ट पारे। सहमतिको सम्भावना टुंगिएपछि प्रश्नावली बनाउनुपर्ने जनाउँदै उनले त्यसका लागि अहिलेसम्म कुनै दलले छलफलसम्म नगरेको पनि खुलासा गरे।
'सहमतिको समय टुंगियो भनेपछि विवादित विषयमा प्रश्नावली बनाउने हो,' भट्टराईले भने, 'अब सहमति हुँदैन प्रश्नावली बनाऊँ भनेर भन्न सक्नुपर्योि। तर, त्यसो भन्ने आँट कसैले गरेको छैन। उता (संविधानसभामा) गएर कसरी सहमति हुन्छ त? प्रश्नावली बनाए पनि यहीँ बनाउने हो।'
समितिमा आएका प्रस्ताव संविधानसभामा कसरी पठाउने भन्नेमा सहमति भए आफूले एकछिन पनि नरोक्ने दोहोर्याआउँदै भट्टराईले भने, 'मैले अब प्रश्नावली बनाउने हो त भनेर सोध्दा फेरि उहाँहरू (दलका नेताहरू) नै होइन भन्नुहुन्छ।' कांग्रेस–एमालेले ल्याएको साझा प्रस्ताव इंगित गर्दै उनले 'त्यो प्रस्ताव जस्ताको त्यस्तै पठाउँदा झनै ढिला हुने' पनि सुनाए।
सभापति भट्टराईले आफूलाई संवाद समितिको सभापति पद छाड्न नैतिक दबाब आइरहेको खुलासासमेत गरेका छन्। 'उहाँहरू (कांग्रेस–एमाले) ले नै हटाउने कुरा गर्नुभएको छ रे,' भट्टराईले भने, 'नैतिक रूपमा दबाब दिएर यसो गर भनेर अभियान चलाउने होइन। दुई तिहाइको हस्ताक्षर बुझाएपछि सभापतिले बाध्य भएर पद छाड्छ भन्ने होला। शुक्रबार नै बुझाउने भन्ने हल्ला थियो, तर बुझाउनुभएन।'
यता, कांग्रेस र एमालेका शीर्ष नेताहरूले भने सभापति हटाउने कुनै तयारी नभएको शुक्रबार नै स्पष्ट पारेका थिए। आफ्नै निवास सानेपामा शनिबार दिउँसो कुरा गर्दै भट्टराईले संविधानका अन्तर्वस्तुमा कांग्रेस र एमालेले पेस गरेको प्रस्तावलाई आधार मानेर छलफल गर्न सकिने पनि बताए। भट्टराईले प्रमुख दलहरूबीच सहमतिका आधारमा प्रस्ताव संविधानसभामा पठाएर छलफल गरी फेरि समितिमा ल्याएर छलफल गर्न सकिने धारणा राखे।
'दलहरूबीच अविश्वास बढ्यो,' भट्टराईले भने, 'त्यसैले अनौपचारिक भेटघाट र तीन दलको बैठक आयोजना गरिएको हो। तीन दिनमा सहमति नभए पनि विश्वासको वातावरण बनाएर प्रस्ताव पूर्ण बैठकमा पठाएर छलफल गरौं अनि फेरि समितिमा ल्याएर सहमति गरौं भन्न सकिन्छ।'
भट्टराईले कांग्रेस र एमालेको प्रस्तावमा सबैभन्दा बढी शासकीय स्वरूपका विषयमा जटिलता देखिएको औंल्याए। 'राज्य पुनःसंरचना गर्दा पहिचान र सामर्थ्यलाई आधार मान्दा १० वटा राज्य बन्छन्,' भट्टराईले भने, 'त्यसलाई जोड्ने हो भने सीमांकन त्यसरी नै गरेर मिलाउन सकिन्छ। सीमा मिलेपछि संख्या थपघट गर्न सकिन्छ। नाम प्रदेश सभाले नै राख्न सक्छ। यो मिल्न नसक्ने विषय पनि होइन। संख्या मात्र ठूलो कुरा होइन।'
निर्वाचन प्रणालीका सम्बन्धमा कांग्रेस र एमाले आफ्नो प्रस्तावमा अडिन नसक्ने उनले बताए। 'निर्वाचन प्रणाली समावेशी र समानुपातिक हुनुपर्योर भन्ने मान्यता हो,' उनले भने, 'प्रत्यक्षले सबैको प्रतिनिधित्व गराउन सक्दैन। त्यसैले मिश्रित प्रणाली अपनाइएको हो। कुनै न कुनै रूपमा मिश्रित व्यवस्था अपनाउनैपर्छ। यसमा उहाँहरू नै अडिनुहुन्न।'
शासकीय स्वरूपमा कांग्रेसको प्रस्तावमा एमाले सहमत हुँदा समस्या देखिएको उनको धारणा छ। 'कांग्रेस कुनै हालतमा संसदीय प्रणाली नछाड्ने अडानमा छ,' उनले भने, 'हाम्रा छरछिमेकले पनि संसदीय प्रणाली नै अपनाएका छन्, त्यही होस् भन्ने चाहन्छ। कांग्रेस र एमाले एकठाउँमा उभिएपछि शासकीय स्वरूप जटिल बनेको छ।'
भट्टराईले प्रस्ताव अघि राखेर छलफल गर्दा लेनदेन गर्न सकिने ठाउँ प्रशस्त रहेको बताए। उनले संविधानका मुख्य विवादित विषय राज्य पुनःसंरचना, शासकीय स्वरूप र निर्वाचन प्रणालीमा १२ बुँदे सहयात्री एकठाउँमा उभिने बेलामा कित्ताबन्दीमा गएपछि समस्या आएको बताए। 'कांग्रेस र एमाले एकापट्टि गएर एउटा प्रस्ताव ल्याउने, उता माओवादी–मधेसवादी दल अर्कोपट्टि हुँदा चिरा परेजस्तो भयो,' भट्टराईले भने, 'पार्टीभन्दा माथि उठे सहमति कायम हुन्छ, नभए हुँदैन।'
भट्टराईले आफू र आफ्नो पार्टी कुनै पनि हालतमा माघ ८ कटाउने पक्षमा नरहेको समेत दाबी गरे। 'कांग्रेस र एमालेका साथीहरू आफ्नो प्रस्ताव पठाऊँ मात्र भन्नुहुन्छ,' भट्टराईले भने, 'मलाई सहमतिमा पठाउन समस्या होइन। तर, त्यहाँ पुगेर कसरी सहमति हुन्छ? यहाँ माघ ८ कटाउने प्रपञ्च भनिएको छ। त्यो हुँदै होइन। छिटो सहमति गरेर पठाउँदा नै माघ ८ का लागि सहज हुन्छ।'
भट्टराईले अहिले विवाद संविधानसभामा पठाउँदा सहमति हुनै नसक्ने दाबी गरे। 'यहाँ चार/पाँच जनामा सहमति हुन नसकेको विषयमा ६ सयमा कसरी सहमति हुन्छ?,' उनले भने, 'प्रश्नावलीमा नै तानातान हुन्छ। भोटिङमा जाँदा मुख्य दलहरूबीच सहमति भएन भने त्यहीँ गतिरोध सिर्जना हुन्छ। १०/२० जना उठेर संसद अवरुद्ध गर्छन् भने त्यहाँ एक/डेढ सय उठेर होहल्ला गरे भने सहमति कसरी हुन्छ? मैले यो कुरा नेताहरूलाई बुझाउनै सकेको छैन।'