काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिमा उपस्थित हुन अस्वीकार गरेका छन्। कावेली जलविद्युतसहित १० वटा आयोजनाको लाइसेन्स खारेजी सम्बन्धमा जानकारी लिन कृषि तथा जलस्रोत समितिले आयोगका प्रमुख आयुक्त कार्कीलगायत पदाधिकारीलाई आइतबार समितिमा बोलाएको थियो।
अख्तियारले भने संसदको कार्यसञ्चालन नियमावली व्याख्या गर्दै आफ्ना काम–कारबाही सुशासन तथा अनुगमन समितिको क्षेत्राधिकारभित्र पर्ने हुँदा उपस्थित हुन नसकिने बेहोराको पत्र पठाउँदै समितिमा आउन इन्कार गरेको हो।
सभामुख सुवासचन्द्र नेम्वाङले 'संसदीय समितिले डाकेका बेला जोकोही उपस्थित हुनैपर्ने' बताएका छन्। 'समितिहरूबीच केही विवाद भए नियमवालीबमोजिम संसदले नै मिलाउँछ,' नेम्वाङले आइतबार संवाददाताहरूसँग भने, 'त्यो कुरा देखाएर कसैले पनि आउँदिनँ भन्न पाउँदैन। समितिले जसलाई बोलाएको हो, उनीहरू आफैं उपस्थित भएर आफ्नो कुरा राख्नुपर्छ।'
समितिका सभापति गगन थापाले अख्तियारको रवैयालाई 'संसदीय मर्यादाको उल्लंघन' बताएका छन्। यसले अख्तियार प्रमुख कार्कीको नियतमाथि नै प्रश्न खडा गरेको उनले टिप्पणी गरे।
'संसदको नियमावली व्याख्या गर्ने काम अख्तियारको होइन,' सभापति थापाले नागरिकसँग भने, 'समिति भनेको मिनी–संसद भएकाले अख्तियार कुन समितिको क्षेत्राधिकारभित्र पर्छ र कुनको पर्दैन भन्ने काम अख्तियार स्वयंको होइन, कसलाई बोलाउने र नबोलाउने भन्ने अधिकार संसदको विशेषाधिकार हो।'
अख्तियारले उद्धृत गरेको कार्यसञ्चालन नियमावली भनेको संसदमा समितिहरूका काम–कारबाही व्यवस्थित गर्ने कार्यविभाजन मात्र भएकाले त्यस आधारमा अख्तियारले क्षेत्राधिकारमाथि प्रश्न उठाउन नमिल्ने थापाको भनाइ छ।
'अख्तियारले सार्वभौम संसदको अनादर गरेको छ, अब यो कृषि तथा जलस्रोत समितिको मात्र चासोको विषय रहेन, आफ्नो मर्यादा उल्लंघन भएको विषयलाई संसदले नै सम्बोधन गर्नुपर्छ,' उनले भने, 'हामी सभामुखलाई यसबारे लिखित जानकारी गराउँछौं।'
'आयोगलाई हामीले वार्षिक प्रतिवेदन देऊ भनेर भनेको होइन, अख्तियारले गरेका काम र निर्णयबारे जानकारी लिन बोलाएका हौं। हामीले यसअघि ट्रान्समिसन लाइनका विषयमा छलफल गर्न नेपाली सेनालाई पनि बोलायौं। सेनाले सहजतापूर्वक आयो, तर अख्तियारले यसलाई थप जटिल बनाउने काम आफैं गर्योय,' उनले भने।
अख्तियार प्रमुख कार्कीले यसअघि संसदको अर्थसमितिमा उपस्थित भएर संसदको नियमावलीअनुसार सुशासन तथा अनुगमन समितिमार्फत मात्र डाक्न भनेका थिए। अर्थ समितिले कार्कीको उक्त भनाइप्रति आपत्ति जनाउँदै क्षेत्राधिकारको सम्बन्धमा व्याख्या गर्ने काम अख्तियारको नभएको निर्णय गरेको थियो। यसपालि फेरि कृषि तथा जलस्रोत समितिले बोलाउँदा अख्तियारले पुरानै अडान दोहोर्यारएको हो।
'व्यवस्थापिका कार्यसञ्चालन नियमावली २०७० को नियम ११० र ११५ अनुसार यस आयोगको काम–कारबाही सुशासन तथा अनुगमन समितिको कार्यक्षेत्रभित्र पर्ने हुँदा आयोगसँग सम्बन्धित विषय त्यही समितिमार्फत जानकारी गराउने व्यहोरा अर्थ समितिमा समेत जानकारी गराइसकेको हुँदा सोही व्यहोरा जानकारी लिनुहुन अनुरोध गर्दछु,' अख्तियारका कामुसचिव प्रेमकुमार राईले शुक्रबार समितिमा पठाएको पत्रमा उल्लेख छ।
अख्तियारबाट यस्तो बेहोराको पत्र प्राप्त भएपछि आइतबार बिहान बसेको कृषि तथा जलस्रोत समिति बैठकमा सदस्यहरूले तीव्र विरोध जनाएका थिए। प्रधानमन्त्रीसमेत संसदका विभिन्न समितिमा उपस्थित भएर सांसदहरूले सोधेका प्रश्नको जवाफ दिइरहेका बेला अख्तियार प्रमुखले आउन इन्कार गर्नु उचित नभएको उनीहरूले बताए।
समितिले अख्तियार प्रमुख कार्की छलफलमा नआएको सम्बन्धमा सभामुख नेम्वाङको ध्यानाकर्षण गराउँदै पत्र लेखिसकेको छ। पत्रमा भनिएको छ, 'व्यवस्थापिका–संसद (कार्यसञ्चालन नियमावली) २०७० को नियम १२७ र १६० तथा नेपालको अन्तरिम संविधान, २०६३ को धारा २ मा 'नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहनेछ' भन्ने उल्लेख भएको र त्यस्तो सार्वभौमसत्ता र राजकीयसत्ताको प्रयोग निर्वाचित जनप्रतिनिधिद्वारा हुने भएकैले नेपालको अन्तरिम संविधानको धारा ७७ मा जननिर्वाचित संस्था संविधानसभालाई विशेषाधिकार रहेको सन्दर्भसमेत मध्यनजर गर्दै सम्माननीय सभामुखज्यूलाई सम्पूर्ण वस्तुस्थिति खुलाई पत्रद्वारा अनुरोध गर्ने।'
संसदको नियमावलीअनुसार अख्तियारसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेत सुशासन तथा अनुगमन समितिको क्षेत्राधिकारभित्र पर्छ। तर, प्रधानमन्त्री सुशील कोइरालाले बिहीबार राज्यव्यवस्था समितिको बैठकमा आफैं उपस्थित भएर सार्क शिखर सम्मेलनको तयारी सम्बन्धमा जानकारी गराएका थिए।
राज्य व्यवस्था समिति मातहत पर्ने नेपाली सेनाले कृषि तथा जलस्रोत समितिमा गएर ट्रान्समिसन लाइनका सम्बन्धमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिइसकेको छ। कृषि तथा जलस्रोत समितिले नै राष्ट्र बैंकका गभर्नरलाई समेत बोलाएर कृषि अनुदान र सरकारको नीतिका सम्बन्धमा छलफल गरेको छ। संसदको नियमावलीअनुसार राष्ट्र बैंक अर्थ समितिअन्तर्गत पर्छ।
त्यस्तै, गृह मन्त्रालय राज्य व्यवस्था समितिअन्तर्गत परे पनि मुलुकका विभिन्न स्थानमा भइरहेका ठूला सडक दुर्घटनाका सम्बन्धमा विकास समितिले अघिल्लो साता गृहमन्त्री वामदेव गौतमलाई बोलाएर छलफल गरेको थियो।
संविधानविद नीलाम्बर आचार्य संसद र अख्तियारबीचको विवाद बाहिर देखिएजस्तो सरल नभएको बताउँछन्। 'संसद र आयोग दुवै संवैधानिक मर्यादाभित्र रहनुपर्छ,' उनले नागरिकसँग भने, 'संवैधानिक निकायले कार्यकारीले जस्तै निर्देशन दिने र आउँदिनँ भन्न मिल्दैन।'
समितिको आइतबार बिहान बसेको बैठकमा कांग्रेसका कमल पंगेनीले संसदलाई नै अपमान गर्नेगरी अख्तियारका पदाधिकारी नआउनु गम्भीर भएको बताएका थिए। एमालेका आनन्द पोखरेलले पनि अख्तियारले दिएको निर्देशनबारे जानकारी लिन बोलाउँदा क्षेत्राधिकारको कुरा उठाएर अनुपस्थित हुनु गम्भीर आपत्तिको विषय भएको बताए।