काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले ल्याएको सात प्रदेशको साझा अवधारणाप्रति थारु सभासद् असन्तुष्ट बनेका छन्। उनीहरुले प्रस्तावप्रति असन्तुष्टि जनाउँदै ९ बुँदे मागसमेत अघि सारेका छन्। संविधानसभा भित्र भएका विभिन्न दलका थारु सभासद्हरु एकीकृत भएर ९ बुँदे मागसहित हस्ताक्षर अभियान सुरु गरेका छन्। उनीहरुले सो मागपत्र आजै सभामुख सुवास नेम्वाङ र संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईलाई बुझाउनेछन्।उनीहरुले अघि सारेको मागपत्रमा भनिएको छ, 'पश्चिम कञ्चनपुर कैलालेदेखि सुर्खेत उपत्यका, दाङ देउखुरी, नवलपरासीको नवलपुर, चितवन उपत्यका, उदयपुर उपतयका हुँदै पूर्व झापासम्म चुरेसहित दक्षिण भूभागालाई मात्र समेटेर तराईमा पहिचान र समार्थ्यको आधारमा प्रदेशहरु निर्माण गर्नुपर्छ।'
त्यस्तै संघीय प्रतिनिधि सभा तथा प्रवेश सभाको सदस्यदेखि स्थानीय सरकारको तल्लो निकायका सदस्यको समेत वर्तमान निवार्चन आयोगले समेत सुझाएको विधि बहुसदस्य स्दस्यीय समानुपातिक निर्वाचन प्रणाली ब्यवस्था गर्नुपर्ने उल्लेख छ।
संघीय प्रतिनिधि सभामा जनसंख्याको अनुपातमा प्रदेशहरुबाट सिट संख्या निर्धारण हुनुपर्ने, न्यायाप्रणालीको ब्यवस्था गरिँदा तीन तह सर्वोच्च र उच्च र स्थानीय अदालतको व्यवस्था हुनुपर्ने लगायतका माग उनीहरुले अघि सारेका छन्।
नेपाल कांग्रेसका सभासद् तेजुलाल चौधरी, बुद्धिसागर चौधरी, एमालेका नागेन्द्र चौधरी, एमाओवादीका सन्तबहादुर चौधरी, फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरी, थरुहट तराई पार्टीका गोपाल दहित, थरुहट लोकतान्त्रिक मञ्चकी रुक्मिनी चौधरीलगायतले सो मागपत्रमा हस्ताक्षर गरेका छन्।
थरुहट तराई पार्टी नेपालका सभासद् गोपाल दहितले तराईका जिल्ला कुनै पनि हालतमा पहाडमा मिसाउन नहुने भन्दै मागपत्र अघि सारेको बताए। उनले यस अभियानमा संविधान सभाभित्रका सबै थारु सभासद्को समर्थन रहेको बताए।