राष्ट्रसंघीय सुरक्षा परिषदमा 'पी फोर'को पक्षमा नेपाल
०१ मंसिर २०७१
•
७ मिनेट पाठ
राष्ट्रसंघीय सुरक्षा परिषदमा 'पी फोर'को पक्षमा नेपाल
काठमाडौं— नेपालले संयुक्त राष्ट्रसंघ (युएन) को सुरक्षा परिषदमा भारत, जापान, जर्मनी र ब्राजिललाई स्थायी सदस्यता दिनुपर्ने पक्षमा धारणा राखेको छ। सुरक्षापरिषदको संरचनात्मक सुधार (रिफर्म) का पक्षमा उभिँदै आएको नेपाल 'वर्तमान विश्वको राजनीतिक वास्तविकता प्रतिबिम्बित गर्न' यी चार राष्ट्रलाई स्थायी सदस्यताका पक्षमा खुलेको हो ।अमेरिकाको न्युयोर्कस्थित युएन मुख्यालयमा जारी ६९औं महासभाको ४९ औं बैठकमा राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईले 'पी–फोर' नामले परिचित यी चार राष्ट्रलाई स्थायी सदस्यता दिनुपर्ने पक्षमा नेपालको धारणा अघि सारेका हुन्।




नेपालसँगै बेलायत र फ्रान्सले समेत बुधबारै भारत, जापान, जर्मनी र ब्राजिललाई सुरक्षापरिषद स्थायी सदस्यताका पक्षमा मुख खोले।

भट्टराईले अफ्रिकामाथि भएको 'ऐतिहासिक गल्ती' सच्याउन र सुरक्षापरिषदका स्थायी सदस्यलाई भिटो प्रयोग गर्न दिन नहुने मागसमेत बैठकमा अघि सारे ।

'सुरक्षापरिषद सुधारको बहस पारदर्शिता र वैधानिकताका लागि हो । परिषदको दुवैथरी सदस्यता (स्थायी र अस्थायी) विस्तार आवश्यक छ,' बैठकमा भट्टराईले प्रस्तुत गरेको नेपाल धारणा उद्धृत गर्दै राष्ट्रसंघले आफ्नो आधिकारिक वेबसाइटमा उल्लेख गरेको छ, 'अफ्रिकामाथि भएको ऐतिहासिक गल्ती सच्याउनुपर्छ र विकासोन्मुख राष्ट्रको प्रतिनिधित्व अनिवार्य गराइनुपर्छ ।'

'भारत, जापान, जर्मनी र ब्राजिललाई सुरक्षापरिषद स्थायी सदस्यता प्रदान गर्ने हो भने मात्र त्यसले वर्तमान वास्तविकताको प्रतिबिम्बित गर्छ,' वेबमा भट्टराईको धारणा राखिएको छ ।

सन् १९४५ मा युएन स्थापनासँगै गठित सुरक्षापरिषद स्थायी सदस्यमा पाँच राष्ट्र अमेरिका, चीन, रुस, फ्रान्स र बेलायत छन् । सुरक्षापरिषदमा १० राष्ट्र अस्थायी सदस्य रहन्छन् जसको समयावधि निश्चित हुन्छ । सुरक्षापरिषद स्थायी सदस्यराष्ट्रहरु 'पी–फाइभ' का नामले समेत परिचित छन् जससँग 'भिटो' प्रयोग गर्ने अधिकार रहन्छ । युएनमा पेस हुने प्रस्तावलाई भिटो प्रयोग गरी रोक्न सक्ने अधिकार स्थायी सदस्यराष्ट्रलाई दिइएको छ ।

स्थापना वर्ष ५१ राष्ट्र सदस्य रहेको युएनमा अहिले १ सय ९३ छन् । स्थापनाको दुई दशकसम्म सुरक्षापरिषद अस्थायी सदस्यको संख्या ६ मा सीमित थियो । सन् १९६५ मा सुरक्षापरिषदमा अस्थायी सदस्यको संख्या विस्तार गरी १० पु¥याइएको थियो । युएन महासभाले निर्वाचन प्रक्रियामार्फत दुई वर्षका लागि अस्थायी सदस्य छनोट गर्ने प्रावधान छ । प्रत्येक वर्ष पाँच अस्थायी सदस्य बाहिरिन्छन् भने पाँच भित्रन्छन् । सुरक्षापरिषदको स्थायी सदस्यमा दक्षिण अमेरिका र अफ्रिका महादेशबाट एउटा राष्ट्रलाई पनि समावेश गरिएको छैन ।

'सुरक्षापरिषद अस्थायी सदस्यमा सबै क्षेत्र र उपक्षेत्रबाट राष्ट्रहरुको उपस्थिति हुनुपर्छ । साना भूपेरिवेष्ठित राष्ट्रलाई पनि समेट्नु जरुरी छ । स्थायी सदस्यको भिटो प्रयोग गर्ने अधिकारको उपादेय जे–जस्तो भए पनि अब त्यो सकिएको छ र यसलाई खारेज गरिनुपर्छ,' भट्टराईले राष्ट्रसंघको महासभामा भनेका छन् ।

सुरक्षापरिषदमा स्थायी र अस्थायी गरी कम्तीमा पनि २४ राष्ट्र रहनुपर्ने सुझाव नेपालले बैठकमा प्रस्तुत गरेको थियो । नेपालले प्रत्येक सदस्यराष्ट्रलाई एकपटक भने पनि सदस्य हुने अवसरको सुनिश्चितता गर्न समेत आग्रह गरेको छ ।

युएनका ५० सदस्यराष्ट्रका प्रतिनिधि सहभागी रहेको बुधबारको महासभा बैठकमा अधिकांश राष्ट्रले सुरक्षापरिषदमा वर्तमान राजनीतिक वास्तविकता झल्किनुपर्ने बताएका थिए । राष्ट्रसंघका लागि बेलायतका स्थायी प्रतिनिधि मार्क भाल ग्रान्टले बैठकमा 'पी–फोर' राष्ट्रका पक्षमा आफ्नो राष्ट्र रहेको जनाउँदै सुरक्षापरिषदमा अफ्रिका महादेशबाट स्थायी प्रतिनिधित्वको मागसमेत गरेका थिए । बैठकमा फ्रान्सले पनि 'पी–फोर' राष्ट्रका पक्षमा आफू रहेको बताउँदै अफ्रिकी राष्ट्रको उपस्थिति पनि मजबुत बनाउनुपर्ने जनाएका थिए ।

सुरक्षापरिषद सुधारको बहस सन् १९९० को दशकबाट सुरु भएको हो । सन् २००५ को विश्व सम्मेलनमा विश्वका नेताले सुधार योजनालाई अघि बढाउने प्रतिबद्धता जनाएका थिए र त्यसपछि यो बहस चल्दै आएको छ । सुरक्षापरिषदमा बदलिएको राजनीतिक परिवेशअनुसार शक्तिराष्ट्रको उपस्थिति नभएको विकासोन्मुख र अतिकम विकसित राष्ट्रले उठाएपछि सुधार योजना कार्यान्वयन गर्नुपर्नेमा विश्व नेता सहमत भएका हुन् । नेपालले सुरक्षापरिषदका स्थायी र अस्थायी दुवै सदस्यको विस्तार हुनुपर्ने बताउँदै आएको छ ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस