काठमाडौं–समानुपातिक निर्वाचन प्रणालीमार्फत संविधानभसामा प्रतिनिधित्व भएका आठ वटा राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली आफूहरुको बटम लाइन भएको बताएका छन्। सोमवार बसेको साना ८ राजनीतिक दलको बैठकले कांग्रेस–एमाले लगायतका राजनीतिक दलले ल्याएको निर्वाचन प्रणालीले 'केही राजनीतिक दल' ले मात्र शासन गर्न खोजेको भन्दै उनीहरुले समानुपातिक निर्वाचन प्रणाली आफूहरुको बटम लाइन भएको निष्कर्ष निकालेको नेकपा संयुक्तका संसदीय दलका नेता जयदेव जोशीले बताए।
बैठकले कांग्रेस–एमालेले ल्याएको निर्वाचन प्रणाली बाहेको प्रस्ताव सकारात्मक भएपनि निर्वाचन प्रणालीलाई भने स्विकार गर्न नसकिने निष्कर्ष निकालेले जोशीले बताए। बैठकमा सरकारमा सहभागी दल नेकपा माले, नेकपा संयुक्त, नेपाल परिवार दल, नेपाली जनता दल, खुम्बुवान राष्ट्रिय मोर्चा, सद्भावना तथा संघीय सद्भावनाका नेताहरुको सहभागीता थियो। ती मध्ये सद्भावना र राष्ट्रिय खुम्बुवान भने एमाओवादी नेतृत्वको २२ दलीय मोर्चामा पनि सहभागी छन्। २२ दलीय मोर्चामा सहभागी दल सद्भावना र राष्ट्रिय खुम्बुवान राष्ट्रिय मोर्चा बाहेकका दलले भने निर्वाचन प्रणाली बाहेक कांग्रेस एमालेले ल्याएको सात प्रदेशको प्रस्ताव सकारात्मक भएको बताएका छन्। उनीहरुले निर्वाचन प्रणालीका विषयमा कांग्रेस–एमालेले आफ्नो प्रस्ताव सच्याए अन्य विषयमा भने उनीहरुको प्रस्तावलाई सहयोग गर्न सकिने निष्कर्ष निकालेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।